‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
मानव बेचबिखन पनि देशको अर्काे समस्या हो । मानव बेचबिखनमा विशेषगरी महिला र बालबालिका बढी पर्छ । महिला बेचबिखनमा म्यानपावर कम्पनीबाहेक त्यस कार्यमा अन्य अपराधीहरू पनि सक्रिय देखिएका छन् । गाउँ–ठाउँका चेलीबेटीलाई अनेकानेक लोभलालच देखाएर महिला बेचबिखनलाई कारोबार गर्ने व्यक्तिहरूले कहिले बेश्यालय पु¥याएका हुन्छन् त कहिले अङ्ग झिक्ने काम गरेका हुन्छन् । आम्दानी धेरै हुने, ऐश आरामपूर्वक जीवन बिताउन पाउने लालच बाँडेर ती अपराधीहरू चालै नपाइकन वर्षमा हजारौँ हजार मानव बेचबिखन गरिरहेका हुन्छन् । बालबालिका बेपत्ता पार्ने, अपहरण गर्ने र लाखौँ रकम दिए अपहृत बालबालिका छोड्ने या हत्या गरेर फाल्नेजस्ता आपराधिक काम नियन्त्रण या अन्त्य गर्नेतर्फ सरकारको ध्यान पुग्नुपर्छ ।
बहुमत प्राप्त दलहरूको काम सरकारको नेतृत्व गर्नुमात्र होइन । सरकारमा रहेर शासन गर्नुमात्र होइन । आदर्शाेन्मुख समाज स्थापना गर्न यहाँ भए गरेका कुनै पनि आपराधिक काम नियन्त्रण गर्नु पनि हो । हत्या हिंसाका घटना हुन नदिने, आपराधिक व्यक्तिहरूलाई उचित कारबाही गर्ने काममा सरकार चुक्नु हुँदैन । बेचबिखन, अपहरण, हत्या–हिंसा, बेपत्ता पार्ने कार्यमा नियन्त्रण भएको छैन भने देशमा जस्तोसुकै प्रजातान्त्रिक, गणतान्त्रिक सरकार आए पनि के अर्थ रह्यो ? भ्रष्टाचार नियन्त्रण गर्ने, दैनिकी काम सुचारु गर्ने, ढिलासुस्ती हटाउनेतर्फ पनि सरकारको ध्यान गएको देखिँदैन ।
सरकारको जिम्मेवारी बिनाभेदभाव या पक्षपात नगरिकन पूरा गर्ने हो । समानता र न्यायको निम्ति लड्ने हो । घुस्याहा, भ्रष्टाचारी, कमिसनखोरहरूलाई कडा कारबाही गर्नुपर्ने हो । जसले जस्तोसुकै आपराधिक काम गरे पनि सरकार मौन रहन्छ भने यहाँ एकपछि अर्काे आपराधिक सङ्ख्या बढ्नेछ । अपराधीहरूको सङ्ख्या बढ्दै गएपछि या उनीहरूले ठाउँ पाउँदै गएपछि भोलिको समाज के होला ? अपराधीहरूमाथि कारबाही नभएसम्म या आफ्नो दलको कार्यकर्ता, समर्थक भनी आपराधिक क्रियाकलाप गरे पनि टुलुटुलु हेरेर बस्छ भने यहाँ हत्या–हिंसाका घटनाहरू बरोबर दोहोरिरहनेमा शङ्का छैन । त्यहाँ अशान्तमात्र होइन असुरक्षित पनि हुन्छ ।
यहाँ चोरीचकारीको घटना पनि घटेको छैन । ठग्ने, लुट्ने, मारपिट गर्दै गहना, नगद, मोबाइल चोर्ने, घाइते पार्ने काम पनि यत्रतत्र भइरहेको देखिन्छ । सुशासन, विधिको शासनको कुरा फुक्ने सरकारले आपराधिक गतिविधिको नियन्त्रण गर्नेतर्फ कुनै चासो राखेको देखिँदैन । सत्तासीन दलहरू खालि भागबन्डा, सत्ता गठबन्धनमा अल्झेर देशमा कसरी सुशासन हुन्छ ? कसरी विधिको शासन हुन्छ ? गठबन्धनको सरकारले त झनै आपराधिक गतिविधि नियन्त्रण गर्न सक्दैन । सत्तासीन दलका नेता तथा कार्यकर्ताले गर्ने आपराधिक क्रियाकलाप छोप्नमात्रै सरकारी नेता, मन्त्री तथा सांसदहरूको समय खर्च भइरहेको हुन्छ । यस्तो स्थितिले सरकारले आफ्नो इज्जत जोगाउन सक्दैन ।
Leave a Reply