भर्खरै :

डलरमा नभई स्वर्ण मुद्रामा तेल किन्दै घाना

डलरमा नभई स्वर्ण मुद्रामा तेल किन्दै घाना

घानाको सरकारले अमेरिकी डलरमा नभई स्वर्ण मुद्रामा पेट्रोलियम पदार्थ किन्ने घोषणा गरेको छ । विश्व तेल बजारमा अमेरिकी डलरलाई चल्तीको मुद्रा मानिँदै आएकोमा घानाले नयाँ निर्णय गरेको हो ।
रोयटर्स लेख्छ :
“घाना सरकारले पेट्रोलियम पदार्थ किन्न नयाँ नीति बनाउँदै छ । उसले अमेरिकी डलर सञ्चितिको प्रयोग नगरी स्वर्ण मुद्रामा तेल किन्दै छ ।” उपराष्ट्रपति महमुदु बाविमियाले बिहीबार आफ्नो फेसबुक वालमा लेखे ।
“विदेशी मुद्रा सञ्चिति रित्तिँदै गर्दा तेल निर्यातकर्ताहरूले डलरको माग गरेकोमा उनीहरू चिन्तित छन् । त्यसो गरे देशमा महँगी बढ्ने निश्चित छ ।
विनिमय दरले इन्धन वा अन्य अत्यावश्यक सामग्रीहरूको मूल्यमा प्रत्यक्ष प्रभाव पार्छ । स्वर्ण मुद्रा प्रयोग गरे सो प्रभावलाई मत्थर पार्न सहज हुनेछ । किनभने, स्थानीय व्यापारीहरूले पेट्रोलियम पदार्थ खरिद गर्न विदेशी सञ्चिती प्रयोग गर्नुपर्ने छैन ।”
पेट्रोलियम पदार्थ किनबेचमा प्रयोग हुने पेट्रोडलरका कारण नै विश्वमा संरा अमेरिका महाशक्ति बनिरहेको छ । घानाभन्दा शक्तिशाली देशहरूमा समेत पेट्रोडलरको दबदबा लागू गर्न अमेरिकाले ठूला युद्ध गर्दै आएको छ ।
लिबियाका राष्ट्रपति मुअझर गद्दाफीले एक दशकअघि घानाकै जस्तो योजना लागू गर्न खोजेका थिए । अहिले उनी चिहानमा छन् । उनको देश असफल राज्यको भासमा गाडिएको छ । त्यहाँ दास व्यापार भइरहेको समाचार छ ।
अमेरिकाले नेतृत्व गरेको र फ्रान्सले सहयोग गरेको लिबियाको त्यो विध्वंसको खास कारण के थियो ?

कर्णेल मुअम्मर गद्दाफी

द इकोलोजिस्ट लेख्छ :
“सन् २०११ अघि लिबियाले आर्थिक स्वतन्त्रता हासिल गरेको थियो । खाद्यान्न, पानी, तेल, मुद्रा र राज्यसञ्चालित बैङ्क गरी ऊ हरेक क्षेत्रमा आत्मनिर्भर थियो । गद्दाफीको नेतृत्वमा एउटा गरिब मुलुक अफ्रिकाकै सबैभन्दा धनी देशमा उकासिएको थियो ।”
मानव अधिकार र प्रजातन्त्र प्रबद्र्धन गर्न गद्दाफीको सत्ता उल्ट्याइएको भन्ने गरिन्छ । खासमा हिलारी क्लिन्टनको गुप्त पत्राचारले अर्कै कारण उजागर गरेको छ । यो सूचना बाहिर ल्याउन पत्रकार जुलियन असान्जले ठूलो मूल्य चुकाएका छन् । क्लिन्टनको पत्रमा सत्तापलटको उद्देश्य मौलिक र वस्तुनिष्ठ थियो ।
सिड्नी ब्लुमेन्थल क्लिन्टनकी लामो समयदेखिकी सल्लाहकार र समर्थक हुन् । उनको निजी सर्भरमा रहेको सो पत्र २०११ अप्रिल २ मा लेखिएको हो । पत्रमा यस्तो लेखिएको छ ः
“गद्दाफी सरकारसँग १४३ टन सुन छ र त्यति नै मात्रामा चाँदी छ ।.. यो सुन वर्तमान विद्रोह सुरु हुनुभन्दा पहिलेको हो । लिबियाली स्वर्ण दिनार बनाएर त्यसमा आधारित अखिल अफ्रिकी मुद्रा बनाउनका लागि यो धनराशिको प्रयोग गर्ने योजना छ । अफ्रिकास्थित फ्रान्सका पूर्व उपनिवेशहरू वा फ्राङ्कोफोन अफ्रिकामा मुद्राको रुपमा फ्रेन्च फ्राङ्क (सीएफए) चल्तीमा छ । गद्दाफी सरकारले त्यसको विकल्पको रुपमा लिबियाली स्वर्ण दिनारले विस्थापित गर्ने योजना बनाएको छ ।”

जुलियन असान्जलाई पक्राउ गरिँदै

द इकोलोजिस्टको रिपोर्ट भन्छ :
“उक्त गुप्त इमेलमा थप यस्तो लेखिएको छ : जानकारहरूका अनुसार यो सुन र चाँदीको कुल मूल्य ७ अर्ब डलरभन्दा पनि बढी हुन आउँछ । फ्रान्सेली गुप्तचर अधिकारीहरूले वर्तमान विद्रोह सुरु हुँदै गर्दा लिबियाली सरकारको सो योजनाको सुइँको पाएका थिए । फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीले लिबियामाथि हमला गर्ने निर्णय लिनुका पछाडि यो घटनाले पनि भूमिका खेलेको छ । लिबियामाथि हमला गर्ने सार्कोजीको योजनाका अन्य कारणहरू निम्न छन् :
१. लिबियाको तेल उत्पादनमा ठूलो भाग पाउन,
२. उत्तर अफ्रिकामा फ्रान्सेली प्रभाव बढाउन,
३. फ्रान्समा आफ्नो घरेलु राजनीतिक अवस्था सुधार्न
४. फ्रान्सेली सेनालाई विश्वमा आफ्नो स्थान पुनःस्थापना गर्ने मौका दिलाउन,
५. फ्राङ्कोफोन अफ्रिकामा फ्रान्सको दबदबा मत्थर पार्ने गद्दाफीको दीर्घकालीन योजनाको सुइँको पाएका आफ्ना सल्लाहकारहरूको चासो सम्बोधन गर्न ।”
यसरी लिबियामाथिको अवैध कब्जालाई मुक्तियुद्ध भनेर, अफ्रिकी जनतालाई दमनबाट मुक्त गर्न भनेर सर्वसाधरणको आँखामा भ्रमको पर्दा हालियो । भित्रभित्र त्यो युद्ध तेल, सुन र उदाउँदो भूराजनीतिक शक्तिसँग जोडिएको थियो ।
कसैसँग प्राकृतिक सम्पदा छ र त्यसलाई पेट्रोडलर कार्यक्रमसँग जोडिन्न भने अमेरिकी उदारवादीहरू चिढिन्छन् । फेरि तिनै डेमोक्रेटहरू ‘ब्ल्याक लात्स म्याटर’ जस्ता आन्दोलनमा गोहीका आँसु झार्छन् ।
लिबियामा भएको सैन्य विद्रोहकी मुख्य योजनाकार तथा तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टनले हाँस्दै भनेकी थिइन्, “हामी आयौँ, पर्दामा हे¥यौँ, ऊ म¥यो ।” यो कुरा उनले अमेरिकाको राष्ट्रिय टेलिभिजनमा भनेकी थिइन् । गद्दाफी मारिएकै समयमा उनलाई त्यसको जानकारी थियो । मृत्युले बाहेक अरु चीजले उनलाई उत्तेजित पार्दैन ।
यो सबै घटनाक्रम हेर्दा स्वाभाविक प्रश्न उठ्छ : के घानाले आगोसँग खेल्न खोजेको हो ? अमेरिकी उदारवादी वा डेमोक्रेटहरूले घानालाई कहिले लिबियालाई जस्तै ‘मुक्त’ पार्ने हुन् ?
(बेन बार्टी बैङ्ककमा बस्ने अमेरिकी पत्रकार हुन् । स्रोत : ग्लोबल रिसर्च)

Leave a Reply

Your email address will not be published. Required fields are marked *