भर्खरै :

कामदार वर्गको पक्षमा निरन्तर राजनीति

कैलाली, २६ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा जानकी गाउँ पालिकाको वडा नं २ परागीपुरमा सोमबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले प्रतिनिधिसभाको निर्वाचन भनेको नियम कानुन बनाउने थलो भएकोले कामदार जनताको हितमा नियम कानुन बनाउन नेमकिपाका प्रतिनिधिहरूले आवाज बुलन्द गर्ने बताउनुभयो ।
नेमकिपाले हामीले चुनाव जित्नेभन्दा पनि निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “बहुमत कामदार जनतालाई राजनैतिकरूपमा सचेत र सङ्कठित पार्ने काम नेमकिपाले गरिरहेको छ ।”
उहाँले राजनीति वर्गीय हुने भएकोले नेमकिपाले कामदार वर्गको निम्ति निरन्तर राजनीति गरिरहने प्रस्ट पार्नुभयो ।
कार्यक्रमा पार्टी जिल्ला सचिव गगनबहादुर थापामगर र पार्टी जिल्ला सदस्य लक्ष्मीदेवी मगरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *