क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
अछाम, २६ मङ्सिर । नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिले सोमबार गैरीटाँडमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले पुँजीवादी निर्वाचनमा पुँजीवादी शासक दलहरूले साम, दाम, दण्ड र भेदको नीति अख्तियार गरी व्यापक धाँधली गरेका छन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले शासक दलका उम्मेदवारहरूले करोडौँ करोड पैसा खर्च गरी चलखेल नगरेका भए प्रतिनिधिसभा र प्रदेशसभाहरूमा नेमकिपाका प्रतिनिधिहरू अझ बढी सङ्ख्यामा सहभागी हुने निश्चित थियो भन्नुभयो ।
नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाहीले निर्वाचनपछि पनि पार्टी कार्यकर्ताहरू सक्रिय भएर जनताको सेवामा समर्पित हुनुपर्छ भन्नुभयो ।
नेक्राविसङ्घका वीरेन्द्रबहादुर शाही र नेक्रायुसङ्घका राजेन्द्र शाहीले नेमकिपालाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य हरिसुन्दर वासीले समाजवादी व्यवस्थामा गाउँ र सहरको भेद अन्त्य हुने र सारा कामदार जनताका छोराछोरीले व्यक्तित्व विकासमा समान अवसर पाउने बताउनुभयो ।
सोमबार कमलबजार नगरको हात्तीमाझस्थित कात्यायनी मावि विद्यार्थी हित समितिद्वारा आयोजित विद्यार्थी भेलामा केन्द्रीय सदस्य वासीले समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाको अन्तरबारेमा प्रशिक्षण दिनुभयो ।
केन्द्रीय सदस्य वासीले समाजवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य निःशुल्क बन्दोबस्त हुने चर्चा गर्दै योग्यताअनुसार काम र कामअनुसारको ज्याला पाउने सुविधाको लागि समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव दिनेश खड्गीले विद्यार्थीहरूको पाठ्यक्रमभन्दा थप अध्ययन र सिर्जनात्मक गतिविधिको लागि नेक्राविसङ्घले सहयोग गरिरहेको उल्लेख गर्दै नेक्राविसङ्घ आफैमा एक वैचारिक विद्यालय हो भन्नुभयो ।
विद्यार्थीहरूले आफ्नो लक्ष्यअनुसार विषयमा सानैबेला तयारी गर्दै जानुपर्नेमा जोड दिंदै सचिव खड्गीले जुनसुकै विषयमा विज्ञता हासिल गरे पनि देश र जनताको हितमा योगदान पु¥याउनपर्छ भन्नुभयो ।
नेक्राविसङ्घ अछाम जिल्ला अध्यक्ष वीरेन्द्रबहादुर शाहीले अतिरिक्त गतिविधिमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्न सकिन्छ भन्नुभयो ।
Leave a Reply