राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
भक्तपुर, २६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको अर्थतन्त्र विकासको लागि बैङ्कले उपयोगी कदम चाल्नुपर्नेमा जोड दिँदै बैङ्क तथा वित्तीय संस्थाहरू देशको अर्थतन्त्र विकासको लागि शक्तिशाली हतियार हो भन्नुभयो ।
भक्तपुर नपा वडा नं. १० कमलविनायकमा अवस्थित लुम्बिनी विकास बैङ्कको शाखा कार्यालय उद्घाटन गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूले जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढङ्कले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समाज सञ्चालन र आर्थिक गतिविधिको लागि पनि बैङ्कको ठूलो भूमिका रहेको चर्चा गर्दै उहाँले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने ढङ्कले काम गर्नु आजको आवश्यकता हो भन्नुभयो ।
कोभिडको समयमा विश्वकै अर्थतन्त्रमा नराम्रो असर पुगेको बताउँदै उहाँले सङ्कटको समयमा सहयोग गर्ने भावनाले बैङ्क तथा वित्तीय संस्थाले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा १० वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले जनतालाई सहजरूपमा बैङ्किङ सेवा उपलब्ध गराउन लुम्बिनी बैङ्कले सहजीकरण भूमिका खेल्ने बताउनुभयो ।
त्यस्तै लुम्बिनी बैङ्कका सञ्चालक केशव अधिकारीले देशको ६० वटा जिल्लामा लुम्बिनी बैङ्कको शाखा सञ्चालनमा रहेको अवगत गराउनुभयो ।
उक्त कार्यक्रममा बैङ्कका शाखा अधिकृत चिन्तामणि भट्टराईले पनि बोल्नुभएको थियो ।
Leave a Reply