भर्खरै :

भारतीय जनताले बुझ्नुपर्ने कुरा

पत्रकार गौरी लंकेशको हत्याले सबै पत्रकारलाई स्तब्ध बनाएको छ । हिन्दू अतिवादी र राज्यसत्ताको आलोचनामा आफ्नो कलम चलाउने लंकेशलाई गोली हानी हत्या गरेका सञ्चारले जनाएको छ ।
पत्रकार भनेकै निःस्वार्थ भावनाले काम गर्ने व्यक्ति हो । सबैको समस्यालाई बुझेर सत्य र तथ्य बुझेर लेख्नु उसको धर्म हो । यो एउटा हतारको काम हो । कहीँ कतै केही भयो भने दौडिहाल्नुपर्छ । कसैमाथि अन्याय भयो भने लेख्नुपर्छ । कसैले केही गलत काम ग¥यो त्यसको अनुगमन गर्ने भावनाले लेख्नुपर्छ । त्यसैले त गलत काम गर्ने ठूलाबडा मान्छेहरू पत्रकारलाई मन पराउँदैन ।
गौरी लंकेशको प्रकरणमा पनि उनले कसैको विरोधमा लेखिन् । त्यसैले ठूलाबडा मान्छेहरूले उनलाई मन पराएनन् र उनको आफ्नै घर अगाडि गोली हानेर मारियो ।
भारतका अन्यायी मान्छेहरूले देश चलाइरहेका छन् । तिनीहरू देशको परिवर्तनको लागि भाषण छाँट्छन् । यिनीहरूको बाहिरी रुप त राम्रो छ । तर भित्र यिनीहरू नराम्रा र भ्रष्टाचारी छन् । यस्तै गलत कामको विपरीतमा पत्रकारहरू कलम चलाउँछन् । यसको विरोधमा कलम चलाउने काम इमानदार पत्रकारको हो । यस्तै पत्रकारहरूले अकालमा आफ्नो ज्यान गुमाउँछन् । देश जोगाउनेहरूकै हत्या निर्मम हुन्छ । यस्ता व्यक्तिहरूकै हत्या गरेपछि देश कसरी बन्ला त ? भारतीय जनताले बुझ्नुपर्छ ।
–हिना सुुवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *