नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
लिमा, १३ डिसेम्बर (टेलिसुर) । जननिर्वाचित राष्ट्रपतिलाई बिना कुनै ठोस कारण महाअभियोगको नाममा अपदस्थ गर्ने कदमलाई ‘संसदीय सत्ताविद्रोह’ भन्दै दक्षिण अमेरिकी देश पेरुका जनताले प्रतिरोध आन्दोलन जारी राखेका छन् ।
अपदस्थ राष्ट्रपति पेड्रो कास्टियोका समर्थकहरूले राजधानी लिमालगायत देशभरका सहरहरूमा व्यापक विरोध प्रदर्शन जारी राखेका छन् । विरोध प्रदर्शनमाथि वर्तमान अन्तरिम राष्ट्रपति र संसद्को निर्देशनमा देशको सुरक्षा बलले क्रूर दमन गरिरहेको छ । प्रहरी दमनमा परी सोमबार लिमामा मात्र सात जना प्रदर्शनकारीको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबिच अपदस्थ राष्ट्रपति कास्टियोले सोमबार नै आफ्नो ट्विटर एकाउन्टमा एक सन्देश प्रेषित गर्दै आफूमाथि दुव्र्यवहार गरिएको, अपहरण गरिएको र अवैधरूपमा कैद गरिएको जनाउनुभएको छ । उहाँले संसदको कदम र वर्तमान अन्तरिम राष्ट्रपति अवैध र अनैतिक रहेको दाबी गर्दै राजनीतिको यो फोहोरी खेल अन्त्य गर्न संसद्को नयाँ निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएको छ ।
आफ्नो सन्देशमा अपदस्थ राष्ट्रपति कास्टियोले आफू नै देशको वैध राष्ट्रपति रहेको र संविधानले दिएको अधिकार आफूले कहिल्यै त्याग नगर्ने बताउँदै नयाँ संविधान निर्माणका लागि संविधानसभाको निर्वाचन अविलम्ब गर्नुपर्ने निष्कर्ष अगाडि सार्नुभएको छ ।
राष्ट्रपति कास्टियोमाथि हिंसात्मक विद्रोह उक्साएको आरोपमा हिरासतमा राखिएको छ । त्यहाँको अदालतले आइतबार कास्टियोको रिहाइ माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न अस्वीकार गरिदिएको थियो ।
Leave a Reply