नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
देशको जिम्मा बोकेको सरकारले गलत काम गर्नुहुँदैन† गलत काम गर्नेको समर्थन गर्नुहुँदैन । गलत कामको विरोध गरेर सचेत पार्नुपर्ने सरकार आफैँले गलत काम गर्ने अभियुक्तहरूलाई छुट दिँदै जान्छ भने भोलि हाम्रो समाज के अपराधीहरूको हुँदैन ? सरकारले नै फौजदारी अभियोग लागेका, अदालतले दोषी ठहरेका नेताहरूलाई माफी दिएपछि के हाम्रो समाज अपराधमुक्त र भ्रष्टाचारमुक्त समाज बन्छ ? के हाम्रो समाज न्यायिक समाज बन्छ ? के देश समृद्ध बन्छ ? होइन भने अपराधीहरूलाई मलजल गरेर हतारमा किन अध्यादेश ल्याउनुप¥यो ?
सत्तासीन नेताहरू सरकार बनाउन र जोगाउन किन गलत धन्दा गर्छन् ? सत्तासीन दलका नेताहरू किन गलत कामलाई प्राथमिकता दिन्छन् ? विगतको कमी कमजोरी औँल्याएर सरकार सच्चिनुपर्ने हो । तर, सत्तासीन दलका नेताहरूमा सच्चिने लक्षण देखिएको छैन । ‘कामचलाउ’ सरकारले जनभावनाविपरीतको अध्यादेश ल्याउनु कुनै पनि मूल्य र मान्यताले मिल्दैन । गलत काम गरेर, गलत कामलाई समर्थन गरेर सरकारको बहुमत पु¥याउने गलत दृष्टिकोणले जनतामा गलत सन्देश जानेछ । सरकारको यस्तै गलत गतिविधिले गर्दा नै सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका उच्चपदस्थ पदाधिकारी, मन्त्री, सांसद र जनप्रतिनिधिहरूले पदको दुरुपयोग गरी भ्रष्टाचार गर्न थाले, कमिसन खान थाले र अकुत सम्पत्ति कमाए ।
सत्तासीन दलका नेताहरू एकातिर विधि र विधानमा चल्ने र चलिरहेको फुक्छन् भने अर्काेतिर विधि विधान तोडेर सुशासनमा आँच पु¥याउने व्यक्तिहरूलाई दलभित्र हुलेर, समर्थन गरेर भ्रष्टहरूको समर्थन गर्छन् र पक्ष लिन्छन् । देशको विकास नहुनु, देशमा सङ्कट थप्दै जानुका अनेक कारणमध्ये सत्तासीन दलका नेताहरू देश र जनताप्रति जिम्मेवार नहुनु हो, सरकार किंकर्तव्यविमूढ हुनु हो । देश विकासको लागि देशमै रोजगारीको व्यवस्था गरेर जनताको जीवनस्तर उठाउन अघि सर्नुपर्ने नेता र मन्त्रीहरू आफ्नो इज्जत, प्रतिष्ठा र छविमा आँच पु¥याउने काममा साथ दिँदैछन् । भर्खरै सम्पन्न निर्वाचनको परिणामले सत्तासीन दलहरूप्रति अविश्वास गरेको देखाउँछ । सरकारप्रति जनताको आक्रोशले एमाले र माओवादी केन्द्रको मत र सीट कम आएको कसरी होइन भन्ने !
सरकारले कहिले अध्यादेश ल्याएर पार्टी फुटाउने, कहिले देशघाती एमसीसी सम्झौता ल्याएर देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने त कहिले नागरिकता विधेयक ल्याएर देशलाई नव–उपनिवेश बनाउँदै पराधीन बनाउने जाल बुनिरहेको छ । सरकारको यस्ता कुनै पनि जनविरोधी र देशविरोधी निर्णय र कदमको देशभक्त दल र जनताले विरोध गर्नुपर्छ, खबरदारी गर्नुपर्छ ।
Leave a Reply