भर्खरै :

चुनावबारे दैलेखी जनताको पत्र

चुनावबारे दैलेखी जनताको पत्र

यसपल्टको चुनाव पनि विगतभन्दा फरक हुन सकेन । चुनाव विशेषतः विचारको लडाइँ हो, वर्गीय लडाइँ हो । स्थानीत्र्न्दा सङ्घ र प्रदेशको चुनावमा वैचारिक छलफल र बहस हुनुपर्ने थियो । घोषणापत्रको आधारमा मतदातासँग मत माग्नुपथ्र्यो । अघिल्लो चुनावको घोषणापत्रअनुसार काम गरे कि गरेनन् भनेर मतदाताले खोज्नु आवश्यक छ । घोषणापत्र र प्रतिबद्धताअनुसार व्यवहार नगर्ने नेता तथा पार्टीलाई प्रश्न र कारबाही जनताले गर्नुपर्छ । चुनावमा घोषणापत्रबारे पार्टीका नेता तथा कार्यकर्ताले जनतालाई बुझाउन आवश्यक छ । समृद्धि र विकासको नारामात्र फलाकेर नेपालको विकास हुनसक्दैन । युवा पुस्तालाई सानै उमेरदेखि नै राजनीतिक संस्कार र देशभक्तिको भावना सिकाउनुपर्छ ।
दैलेख क्षेत्र नं. १ मा शासक दलका पुरानै नेता दोहोरिएका थिए । पटकपटकको परीक्षणमा असफल साबित भएकोले नै निरन्तरता पाए । पहिलेभन्दा सुध्रिएर आउलान् भन्ने आस जनतामा थियो । विडम्बना ¤ त्यस्तो देखिएन । उनीहरू संसदीय चुनावमा कानुनको बारेमा एक शब्द नबोली भौतिक विकास निर्माणको कुरा मात्र गरिरहेका थिए । त्यस्तो गर्नु जनतामा भ्रम सिर्जना गर्नुसिवाय केही होइन । ती नेताले पनि संसदीय चुनावको बारेमा नबुझेको हुनुपर्छ कि बुझेर नै जनता ठगेको हुनुपर्छ । पूर्वमन्त्री र सांसद भएकाहरू यो बाटो, त्यो पुल, खानेपानी आफ्नै खल्तीबाट खर्च गरी बनाएको जस्तो यो मैले बनाएको भनी सोझा जनतालाई गफ हाँक्दै थिए । एक पूर्व सांसदको संसद् विकास कोषबाट १० लाख रुपियाँ बाटो निर्माणका लागि छुट्याइएको रहेछ । ती सांसदले १० लाखमा २ लाख उपभोक्ता समितिका अध्यक्षसँग मागेका रहेछन् । समितिको बैठकमा ती अध्यक्षले सांसदलाई सबैका अगाडि पैसा दिँदा कुन पैसा भनेर यता र उता फालाफालको नाटक चलेछ । यस्ता व्यक्ति मन्त्री बने स्थिति के होला ? नेपाली जनताले बुुझ्न ढिला गर्र्नुहुन्न ।
एक उम्मेदवार राति चुनाव प्रचारका लागि एक गाउँमा पुगेका रहेछन् । पहिले आफू मन्त्री हुँदा यो गरेँ त्यो गरेँ र अहिले जिताउनु भए यस्तो गर्छु भनेछन् । यस्तो कानुन बनाउँछु भन्ने कुरै उठेनछ । केही युवाहरूले घोषणापत्र मागेछन् । अहिले आफूहरूसँग नभएको भनेछन् । घोषणापत्र नदिएर पनि चुनाव प्रचार हुन्छ भन्दा उनीहरूले हामी गरिब पार्टी छाप्न सकेनौँ भनेछन् । सो पार्टीले प्रचारमा आचारसंहिताविपरीत रङ्गीन फोटोसहितको पोस्टर जताततै टाँसेको उल्लेख गर्दा अक्क न बक्क भएछन् । देशघाती एमसीसी र नागरिकता विधेयक पास हुँदा तिम्रा सांसद कता लुकेभन्दा नाजवाफ भई त्यहाँबाट हिँडेछन् । यसरी नै सबै मतदाता सचेत भए भने उनीहरूको ठगीधन्दा हुँदैनथ्यो । नेपाली जनता सचेत र सङ्गठित भएर सबै ठाउँबाट उठे देशघातीहरू ठेगान लाग्नेछन् ।
शासक दलहरूले जनताको पनि बानी बिगारेको देखियो । जनता सधैँ दास र आफू मालिक बन्नुपर्ने प्रवृत्ति सरकारमा जाने दलका नेतामा देखियो । जनतालाई मगन्ते बनाइराख्ने सोच ठीक होइन । पैसा दिनेलाई भोट दिने, विकास आयोजना ल्याइदिनेलाई भोट दिने भनेर जनता हाँकाहाँकी भन्नु राम्रो कुरा होइन । व्यक्तिगत स्वार्थमा जनता विभाजित भएको पाइयो । शासकहरूले फुटाउ र राज गरको नीति अँगालेको स्पष्ट देखियो । जनता सामूहिक हितको भावनाभन्दा टाढा जानु हुँदैन । कम्युनिस्ट नामधारीले नै बहुजन हिताय भन्ने मर्म बिर्सेको देखियो । जनता सचेत भएका भए बहुमत जनताको हित हुने कानुन बनाउन दबाब दिन सक्थ्यो । देशको सार्वभौमिकताको विषयमा संसद्मा आवाज उठाउन जनताले दबाब दिन्थे । देशघाती नागरिकता विधेयक र एमसीसी सम्झौता खारेजीको माग राख्थे । तमाम छोरीचेलीको हितका लागि बलात्कारीलाई फाँसीको माग गर्थे । शिक्षा र स्वास्थ्य निःशुल्क हुुनुपर्छ भन्थे । युवाहरूलाई अरबको खाडीमा होइन स्वदेशमा नै रोजगारीको माग गर्थे ।
चुनावमा करोडौँ खर्च गरेको चर्चा चलेको छ । कुनै उम्मेदवारले सुर्खेतमा २.५ करोडमा घर बिक्री गरेको, हजारौँ मतदातालाई महँगो खर्च गरी विभिन्न सहरबाट ल्याएको, भोज खुवाएको, पैसा बाँडेको लगायत अनेकन चर्चा चलेको छ । के त्यसरी खर्च गरी जित्ने नेताहरूले देश र जनताको हितमा काम गर्लान् ? पूर्व सांसदले संसद्मा एक शब्द पनि नबोलेको, ठेकेदारसँग कमिसन खानमात्र लागिपरेको व्यापक जनगुनासो छ । कति ठाउँमा ठेकेदारहरू निर्वाचित भएका छन् । जनताले यसपटक पनि आफ्ना सच्चा प्रतिनिधि छान्न सकेनन् । अर्कोचोटि जनता पक्कै पनि सफल हुने कामना गरौँ ।
एक मतदाता
दैलेख क्षेत्र नं १

Leave a Reply

Your email address will not be published. Required fields are marked *