भर्खरै :

सुर्खेतमा नेक्राविसङ्घको जिल्ला कार्यकर्ता भेला

सुर्खेतमा नेक्राविसङ्घको जिल्ला कार्यकर्ता भेला

सुर्खेत, २८ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, सुर्खेत जिल्ला समितिको आयोजनामा मङ्गलबार वीरेन्द्रनगरमा विद्यार्थी भेला सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले सरकारले शिक्षा बजेट कम्तीमा २४ प्रतिशत नछुट्याएसम्म शिक्षामा ठूलो परिवर्तन नहुने धारणा राख्नुभयो । उहाँले व्यावहारिक, सीपमूलक तथा उत्पादनमुखी शिक्षा व्यवस्था लागू नभएसम्म बेरोजगारी समस्या समाधान हुने भन्दै नेक्राविसङ्घले लगाएको शिक्षामा उत्पादन श्रमसँग जोडिएको शिक्षाको नारा झन् सान्दर्भिक भएको तर्क गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले देशको सार्वभौमिकता सङ्कटमा रहेको भन्दै युवा विद्यार्थीको आन्दोलनले देशको स्वतन्त्रता तथा स्वाभीमानको रक्षा गर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले इमानदारीपूर्वक देश र जनताको सेवा गर्न राजनीतिक आन्दोलनमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
नेक्राविसङ्घ, सुर्खेत जिल्ला सम्मेलन तयारी समितिका संयोजक राजन विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासी, नेक्राविसङ्घका केन्द्रीय सचिव दिनेश खड्गी, नेक्राविसङ्घका उत्तम थापामगरलगायतले आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *