कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २८ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको भेला बुधबार भनपा सभाकक्षमा भयो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले गरेको काम देशकै लागि उदाहरणीय र चर्चाको विषय बनेको बताउँदै हिजोको अनुभवबाट आज काम गर्ने र आजको कामबाट भोलिको लागि विकास गर्ने सोचका साथ अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले हरेक काममा सम्बन्धित विषयविज्ञको सल्लाहबमोजिम अगाडि बढ्दै गएको बताउँदै भक्तपुरका विद्यार्थीहरूको शैक्षिक स्तर वृद्धि गर्न विद्यालयहरूले थप मेहनत गर्नु आवश्यक भएको बताउनुभयो ।
समाजलाई राम्रो बनाउन कठिन परिस्थितिको सामना गर्ने सामथ्र्य जुटाउनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरमा सामुदायिक विद्यालयको शिक्षाको स्तर निकै माथि उठेको बताउनुभयो ।
त्यस्तै भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर शैक्षिक गन्तव्यस्थल बन्दै गर्दा धेरै चुनौतीहरू पनि थपिएको बताउँदै प्रि–एसईईको आधारमा विद्यार्थीहरूलाई एसईई परीक्षा सामेल गराउन सके शैक्षिक गुणस्तर बढ्ने बताउनुभयो ।
भक्तपुर नपा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नपाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षा सञ्चालन गरी करिब ३० लाखभन्दा बढीको छात्रवृत्ति वितरण गरेको जानकारी गराउँदै भक्तपुर नपाले स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।
कार्यक्रममा गणेश मावि भार्वाचोका प्रअ एवम् संयुक्त परीक्षा समितिका प्रतिनिधि गणेशराम थुसा, मेधा माविका प्रअ गंगाधर हाडा, इसानका प्रतिनिधि कृष्णराम त्वानाबासु, प्याब्सनका प्रतिनिधि शिवकुमार कोजु, एनब्याब्सनका शिवकृष्ण कवां, आधारभूत परीक्षा समितिका दीपक माकलगायतले रचनात्मक सुझावहरू दिनुभएको थियो ।
Leave a Reply