नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको हालै प्रकाशित पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ह्वाइट हाउसको अन्योल
सन् २०१६ नोभेम्बरमा ४५ औँ अमेरिकी राष्ट्रपति छनोट गर्नका लागि संरा अमेरिकामा निर्वाचन भयो । निर्वाचनबाट डोनाल्ड ट्रम्प सत्तामा आउलान् भनेर कसैले सोचेको थिएन । जोन बोल्टन तिनताका ‘फक्स न्युज’ समाचार संस्थामा काम गर्थे । निर्वाचनकै क्रममा सेप्टेम्बरमा रिपब्लिकन उम्मेदवार ट्रम्पसँग बोल्टनले भेटेका थिए । ट्रम्पले उनको र आफ्नो दृष्टिकोण धेरै हदसम्म मिल्ने बताएका थिए । ट्रम्पको विजयसँगै बोल्टनले प्रशासनमा पस्ने मन बनाए । यसअघि आठ वर्षको बाराक ओबामाको कार्यकालमा अमेरिकाले ठूलो क्षति व्यहोरेको र त्यसलाई सपार्न पनि सत्तामा पाउ राख्नुपर्ने उनको तर्क थियो ।
बोल्टनलाई रुस र चीनमा चासो थियो । इरान, उत्तर कोरिया र आणविक अस्त्र चाहिरहेका देशहरू, मध्यपूर्व (सिरिया, लेबनान, इराक र यमन) का इस्लामी ‘आतङ्कवादीहरू’ र अफगानिस्तानमा बोल्टनको रुचि थियो । उनी अमेरिकी विदेश नीतिका लागि क्युवा, भेनेजुयला र निकारागुआलाई ‘खतरा’ देखेका थिए । उनी आफ्नो यो दृष्टिकोणलाई ‘प्रो–अमेरिकी’ (वा अमेरिकापक्षीय) भन्छन् । उनी अर्थशास्त्रमा एडम स्मिथबाट, समाजमा एडमन्ड बुर्के, सरकारको कामकारबाहीमा ‘द फेडेरालिस्ट पेपर्स’ र राष्ट्रिय सुरक्षाका सन्दर्भमा डीन एचिसन र जोन फोस्टर डलेसबाट प्रभावित थिए । डीन एचिसन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रयुमेनका विदेशमन्त्री थिए र जोन फोस्टर डलेस सीआईएका जन्मदाताहरूमध्ये एक थिए ।
नोभेम्बर ९ मा निर्वाचनको नतिजा आयो । बोल्टनलाई सहकर्मीले ‘तिमी अमेरिकी विदेशमन्त्री बन्ने भयौ’ भन्यो । त्यसपछि बोल्टन यही दौडमा लागे । ट्रम्पको लहडी स्वभाव र उनका आसपासका मानिसहरूले उनलाई सजिलै प्रशासनमा पस्न दिएनन् । नोभेम्बर १७ मा ट्रम्पले बोल्टनलाई फोन गरे र केही दिनभित्र उनलाई कुनै जिम्मेवारी दिने बताए । भ्लादिमिर पुटिन र सी चिनफिङसँगको कुराकानीमा ट्रम्पले बोल्टनको खाँचो महसुस गरेको बताए ।
बिस्तारै ट्रम्पले आफ्ना उच्च अधिकारीहरू छनोट गर्दै गए । महान्यायाधिवक्तामा जेफ सेसन्स आए, राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक फ्लिन आए, माइक पोम्पेओ सीआईए प्रमुख बने । राष्ट्रसङ्घमा अमेरिकी राजदूतको रूपमा निक्की हेले गइन् । विदेशमन्त्रीको पदमा कोही आएन । इजरायल, क्युवा, भेनेजुयला, ताइवानका आप्रवासीहरू र दक्षिणपन्थी राजनीतिज्ञहरूबिच बोल्टनका धेरै समर्थकहरू थिए । उनीहरू बोल्टनलाई विदेशमन्त्री बनाउन दौडधुप गरिरहे । उपराष्ट्रपति माइक पेन्सले नोभेम्बर २९ मा बोल्टनलाई वासिङटन बोलाए । उनीहरूबिच विदेशनीतिबारे बातचित भयो । बोल्टनले कडा विदेशनीतिको पक्षमा तर्क राखे । पेन्स यसमा केही नरम थिए ।
ट्रम्पले प्रशासनमा ल्याउँछु भनेका केही मान्छेले कुनै जिम्मेवारी नपाएको देखेपछि बोल्टन पनि हच्किए । यस्तैमा डिसेम्बर १ मा जिम म्याटिसलाई रक्षामन्त्री बने । एक दिन बोल्टन विदेशमन्त्री पदको लागि ट्रम्पलाई भेट्न गएका थिए । त्यहाँ पहिले नै बिल गेट्स बसेका थिए । विदेशमन्त्रीमा रेक्स टेलरको सिफारिस लिएर गेट्स त्यहाँ पुगेका रहेछन् । ट्रम्प र बोल्टनबिच लामो कुराकानी भयो । बोल्टनले प्रशासनलाई सुचारु बनाउन ‘सांस्कृतिक क्रान्ति’ चाहिने बताए । बाराक ओबामालाई नै सघाएको कर्मचारीबाट काम लिन नसकिने उनको तर्क थियो । ट्रम्पलाई कुनै उपविदेशमन्त्रीको पद प्रस्ताव गरे । त्यस्तो पद लिए विदेशमन्त्रीले । ‘यसले मेरो भाग लिन खोजेको थियो’ भनी वैरभाव राख्नसक्ने भन्दै बोल्टनले अस्वीकार गरे ।

डिसेम्बर १३ मा रेक्स टिलरसन विदेशमन्त्रीमा नियुक्त भए । उनको नियुक्ति जनवरी २३ मा अनुमोदन भयो । टिलरसनले ४१ वर्ष एक्जोनमोबिलमा काम गरेका थिए । त्यसैले पुटिन र रुससँग उनी निकट थिए । रुससँग मिलेमतो गरेर उनले क्लिनटनलाई हराएको हल्ला बजारमा थियो । त्यसैले ‘पन्ध्र महिनामा विदेश मन्त्रालय पाउँछौँ’ भनेर बोल्टनलाई प्रशासनका मान्छेहरूले आश्वासन दिए । यसबिच ट्रम्पले विदेशी हस्तक्षेपलाई अस्वीकार गरिरहे । यता बोल्टन अमेरिकी राजनीतिमा रुस, चीन, इरान र उत्तर कोरियाको हस्तक्षेप भएको कुरालाई जोड दिँदै आफ्नो समाचार कक्षबाट बोलिरहेका थिए ।
गृह मन्त्रालयमा पनि समस्या थियो । जिम म्याटिसले डेमोक्रेट सांसद मिसेल फ्लोर्नीलाई उपसचिव बनाएका थिए । यी सबै तानातानाबिच बोल्टनलाई प्रशासनमा नपस्न शुभचिन्तकहरूको सुझाव आयो । उनलाई गुप्तचर निकायको निर्देशक बनाउन सक्ने सम्भावना थियो । त्यो पनि डान कोट्सले लगे । राष्ट्रिय गुप्तचर निकाय २००१ को ट्वीन टावर आक्रमणपछि स्थापना गरिएको थियो । ट्रम्प र सो निकायबिच खटपट थियो ।
संरा अमेरिकामा नयाँ राष्ट्रपति बन्ने सङ्क्रमणकालमा उथलपुथल हुने गर्छ । रोनाल्ड रेगनको पालामा (सन् १९८०–८१) मा जस्तै ट्रम्पको पालामा सङ्क्रमणकालमा अनिश्चयको वातावरण व्याप्त थियो । यो अन्योल ट्रम्पको आफूखुसी सोचको कारण जन्मिएको बोल्टनको ठहर छ । सांसद जोन म्याकेनले कुनै बेला बोल्टनलाई ‘आदर्शवादी’ भनेका थिए । आफ्नो सोही स्वभावका कारण प्रशासनमा छिट्टै पद नपाएको बोल्टन घुमाउरो दलिल दिन्छन् ।
त्यसो त अमेरिकी प्रशासनमा काम गर्नु चानचुने होइन । त्यहाँ प्रत्येकले अर्काको खुट्टा तान्ने प्रयास गरिरहेको हुन्छ । ह्वाइट हाउस भनेकै एउटाको घाँटी रेटी अर्को स्थापित हुने ठाउँ हो । त्यहाँ सधैँ अन्योल र अराजकता छाइरहेको हुन्छ । सूचना र अफवाहहरू एकसाथ मिसिएर लर्को लागिरहेका हुन्छन् । व्यक्तिगत मनमुटाव र खटपटको जालो अर्को हुन्छ । चाकडीबाजहरू सल्बलाइरहेका हुन्छन् । यी सबै छिचोलेर प्रशासनमा काम गर्नु तनाव लिन नसक्ने मान्छेको बर्कतले नभ्याउने जोखिमपूर्ण काम हो । यो कुरा बोल्टनले पुस्तकको पहिलो पृष्ठमै स्पष्ट पारेका छन् । त्यसैले उनी बरोबर आफ्ना राजनीतिक गुरु सांसद पाउल लासाल्टको भनाइ सम्झिन्छन्, “अमेरिकी राजनीतिमा कुनै पनि विचार निष्कलङ्क हुन्न ।”
ट्रम्पका सुरुआती निर्णयहरू
हेनरी किसिन्जरले फ्लिन एक वर्ष पनि नटिक्ने बताएका थिए । तर, नियुक्तिको एक महिनाभित्रै रुसी राजदूतसँग प्रशासनलाई नसोधी कुराकानी गरेको आरोपमा उनी विवादमा तानिए । फेब्रुअरीमा उनले राजीनामा दिए । पत्रकार सम्मेलनमा उनलाई ट्रम्पको पूर्ण समर्थन भनियो । खासमा उनी बलिको बोको बनेका थिए ।
ट्रम्पले अवैध आप्रवासीहरूलाई तह लगाउने अभियान चलाए । यसलाई बोल्टन गलत निर्णय मान्छन् किनभने त्यसबाट अनेक कानुनी झमेला जन्मिने उनको तर्क थियो । यस्तैमा रेक्स टिलरसनले बोल्टनलाई आफू मातहत भित्रभित्रै सक्रिय हुने व्यक्तिको रूपमा बोल्टनलाई काम गर्न प्रस्ताव गरे । त्यो भन्दा बोल्टनलाई ‘फक्स न्युज’ को चमकधमक नै प्यारो थियो । एक्जोनमोबिलमा काम गरेको टिलरसनको अनुभव विदेश मन्त्रालयमा अपुग थियो । किनभने, विदेश मन्त्रालयमा कर्मचारीहरू करियरिस्ट वा पेसामुखी थिए । उनीहरू मुनिकालाई बेसरी दबाउने र माथिकाको खुट्टा तान्ने कारिन्दा सोचमा लिप्त थिए । देशको पिरलोभन्दा कर्मचारी खेल उनीहरूलाई प्यारो थियो । त्यसैले कर्मचारीतन्त्रमा ठूलो हेरफेर नल्याई त्यसलाई कज्याउन नसकिने सुझाव बोल्टनले टिलरसनलाई दिए । साथमा अमेरिकी विदेशमन्त्री जेम्स बेकरले त्यसरी नै कर्मचारीतन्त्रलाई हातमा लिएको उदाहरण पनि बोल्टनले सुनाए । टिलरसनले आफ्नो राय नमानेको र बिस्तारै कर्मचारीतन्त्रबाट एक्लिएको बोल्टन लेख्छन् ।
फ्लिनको ठाउँमा लेफ्टिनेन्ट जनरल एचआर म्याकमास्टर नयाँ सुरक्षा सल्लाहकार बने । यसपालि पनि बोल्टनले केही पाएनन् । ट्रम्पले उनलाई ह्वाइटहाउसमा कुनै काम गर्न प्रस्ताव राखे । तर, उनी सामान्य पदमा चित्त बुझाउन चाहन्नथे । उनले हेनरी किसिन्जरको विचारलाई आत्मसात गरेका थिए । किसिन्जरले कुनै बेला भनेका थिए, “गुप्त पत्राचार गर्न नसकिने कुनै पनि सरकारी पद नखानू ।” यसपछि केही समयलाई बोल्टन ह्वाइट हाउसबाट तर्किरहे । यता ट्रम्प भने वैचारिकरूपमा बोल्टननिर आइरहेका थिए । जस्तो, रुसले आणविक शक्तिसम्बन्धी सन्धि आइएनएफ मिचेको बोल्टनको धारणा थियो । ट्रम्पले पनि सोही धारणा राख्दै थिए ।
ओबामाले ल्याएको स्वास्थ्य नीति ‘ओबामा केयर’ लाई ट्रम्पले हटाउन चाहे तर सकेनन् । यति नै बेला २०१७ को मार्चमा बोल्टनलाई पुनः ह्वाइट हाउसमा डाकियो । ट्रम्पले इराकको विषयमा बाहेक उनीसँग आफ्नो सबै विचार मिल्ने बताए । ओबामाले इराकबाट सेना फिर्ता गरेर स्थिति गिजोलेको विषयमा राष्ट्रपतिसँग आफ्नो कुरा मिल्ने बोल्टनले बताए । यो भेटमा पनि ट्रम्पले बोल्टनलाई उचित समयमा उपयुक्त पदमा प्रशासनमा ल्याउने बताए । विदेशमन्त्री वा सुरक्षा सल्लाहकारभन्दा तल्लो पदमा बोल्टनको रुचि थिएन ।
सन् २०१५ मा इरानसँग अमेरिकाले आणविक सन्धि गरेको थियो । इरानमाथिको नाकाबन्दी खुकुलो पारेर ओबामाले इरानलाई सघाएको बोल्टनको आरोप थियो । बोल्टन इरानलाई विश्व आतङ्कवादको केन्द्रीय बैङ्क मान्थे । इरानको कुद्स सैन्यदललाई त्यसको मूल जरो मान्थे । (इस्लामी क्रान्तिकारी दस्ता भनिने कुद्सका सदस्यहरू इराक, सिरिया, लेबनान, यमनजस्ता देशहरूमा छरिएका छन् ।) अमेरिकाले नाकाबन्दी खुकुलो पारेपछि इरानले विदेशमा राखेको १५० अर्ब डलर बराबरको रकम हात पारेको बोल्टन उल्लेख गर्छन् । ट्रम्प इरानसँग गरिएको सो सम्झौताबाट बाहिरिन चाहन्थे । तर, टिलरसन, म्याटिस र म्याकमास्टरले त्यसो नगर्न उनलाई मनाए । यसलाई बोल्टनले निको मानेनन् ।
मे २०१७ मा एफबीआई निर्देशकमा जेम्स कोमी आए । ट्रम्पका ज्वाइँको सल्लाहमा उनलाई ल्याइएको थियो । त्यो महिना बोल्टन इजरायलमा थिए । त्यहाँ उनले प्रम नेतान्याहुलाई भेटे र इरान नै मध्यपूर्वको प्रमुख खतरा भएको विषयमा छलफल गरे । इजरायल–प्यालेस्टाइन विवाद हेर्न ट्रम्पले ज्वाइँ कुस्नरलाई दिएकोमा नेतान्याहु छक्क परेका थिए । (कुस्नर ट्रम्पका मुख्य सल्लाहकार थिए ।) जून महिनामा बोल्टनले ट्रम्पलाई ह्वाइट हाउसमा भेटे र पेरिस जलवायु सम्झौताबाट हात झिकेकोमा ट्रम्पलाई बधाई दिए । विश्व जनमतलाई बेवास्ता गरेकोमा उनी खुसी थिए । (बोल्टन विश्व जनमतलाई ‘वल्र्ड गभर्नेन्स’ भन्छन् र त्यसलाई अमेरिकाले बेवास्ता गर्नुपर्ने बताउँछन् । त्यसरी मात्र अमेरिकी ‘सार्वभौमिकता’ जगेर्ना हुने उनको राय छ ।) ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिन खोजेका थिए, बोल्टनले त्यसको पनि समर्थन गरे । उनले इरानविरुद्ध सैन्य कारबाही गर्नु नै अन्तिम समाधान भएको बताए । ट्रम्पले जवाफमा भने, “नेता न्याहुले इरानमाथि हमला गर्छन् भने मैले साथ दिनेछु ।”
ट्रम्पले अनुदारवादीहरू नील गोर्सेच र ब्रेट क्याभेनफलाई सर्वोच्च अदालतमा प्रमुख न्यायाधीशमा नियुक्त गरे । सो निर्णयलाई रिपब्लिकन पार्टीले ठूलो जीतको रूपमा लियो । यसबिच बोल्टनलाई सानातिना पदको प्रस्ताव आइरह्यो । तर, उनी ठूलो दाउमा थिए ।
Leave a Reply