भर्खरै :

सभ्यता विविधता र विश्व मानवअधिकार व्यवस्थापनको अन्तर्राष्ट्रिय गोष्ठी पेइचिङमा

सभ्यता विविधता र विश्व मानवअधिकार व्यवस्थापनको अन्तर्राष्ट्रिय गोष्ठी पेइचिङमा

पेइचिङ, १४ डिसेम्बर । सभ्यता विविधता र विश्व मानवअधिकार व्यवस्थापनको अन्तर्राष्ट्रिय गोष्ठी डिसेम्बर १३ तारिख पेइचिङमा सुरू भएको छ । चीनको मानवअधिकार विकास कोष र चीनको अन्तर्राष्ट्रिय आदान–प्रदान प्रवद्र्धन सङ्घबाट आयोजित यो गोष्ठी अनलाइन–अफलाइन तरिकामार्फत् सञ्चालन भइरहेको छ ।
चीन, क्युबा, स्विट्जरल्यान्ड, पाकिस्तान, बेलायत, रुस, फ्रान्सलगायत मुलुकका मानवअधिकार अनुसन्धान सामाजिक सङ्गठन र विद्वानहरूले सभ्यता विविधता र विश्व मानवअधिकार व्यवस्थापन विषयबारे गहिरो रूपमा छलफल गर्दै छन् ।
चीनको अन्तर्राष्ट्रिय आदान–प्रदान प्रवद्र्धन सङ्घका उपाध्यक्ष ली च्युनले गोष्ठीलाई सम्बोधन गर्दै नयाँ युगमा सी चिनफिङ केन्द्रित सीपीसी केन्द्रीय समितिले मानव अधिकार सार्वभौमिकता र स्वदेशको वास्तविकता अनुकूल चिनियाँ विशेषतायुक्त समाजवादी मानव अधिकारको विकास बाटो हिँडेको भन्दै चीनले अन्तर्राष्ट्रिय मानव अधिकार मामिलामा सक्रियताका साथ संलग्न भएर मानव अधिकार सभ्यता विविधताबारे चिनियाँ योगदान गरेको उल्लेख गर्नुभयो ।
चीनका लागि क्युबाली दूतावासका मन्त्री सल्लाहकार मारियोले विश्वको मानव अधिकार कार्यसमक्ष कहिल्यै नदेखिएको चुनौतीको सामना गरेको भन्दै विश्व मानवअधिकार व्यवस्थापनको अझ न्यायिक, निष्पक्ष र उदारताको लागि प्रवद्र्धन गर्न अरू योगदान गर्न विभिन्न मुलुकका सम्बन्धित सङ्गठनहरूलाई आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *