भर्खरै :

आमूल परिवर्तन गर्न बहुुमत जनता सचेत हुनु आवश्यक

नेपाल मजदुर किसान पार्टी शोषित पीडित जनतालाई राजनीतिक चेतना दिने कम्युनिस्ट पार्टी हो । बहुमत जनतालाई सचेत पारेरै देशमा आमूल परिवर्तन गर्नसक्छ भन्ने ठम्याइ नेमकिपाको हो । कामदार वर्गको प्रतिनिधित्व गरिरहेको नेमकिपाले सङ्गठन गर्दा होस् या निर्वाचनको बेला जहिल्यै सिद्धान्त र विचारको राजनीति गर्छ । नेमकिपाले कहिले पनि जनतामाझ झूटको राजनीति गर्दैन, गरिरहेको छैन । बहुमत जनताको समस्या समाधान नभइकन देशको समस्या समाधान हुँदैन । कामदार वर्गका जनतालाई सचेत र सङ्गठित गर्दै जनवाद हुँदै समाजवाद स्थापना गर्ने उद्देश्य नेमकिपाको हो ।
नेमकिपाले कहिले पनि हल्लाको राजनीति गर्दैन† जनतालाई बुझाएरै सङ्गठन गर्छ र निर्वाचनको बेला बुझाएरै मत लिन्छ । नेमकिपा देश जोगाउने र बनाउने अभियानमा छ । कुनै पनि विदेशी हस्तक्षेपको नेमकिपा विरोध गर्छ । नेपाललाई पराधीन या विदेशी शक्ति राष्ट्रको उठबसमा राख्ने, दबाबमा असमान सन्धि सम्झौता गर्ने विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको नेमकिपा विरोध गर्छ । नेपालका जलस्रोत नदीनालाहरू एकपछि अर्को कब्जा गर्ने, नेपालका सरकारी कल कारखानाहरू किन्ने भारतीय विस्तारवाद र बेच्ने नेपालका शासकहरूको पनि नेमकिपा विरोध गर्छ । त्यही कारण नेमकिपाले देशघाती एमसीसी सम्झौता र नेपाललाई स्वाधीन र सार्वभौम देशमाथि आँच पु¥याउने नागरिकता विधेयकको विरोध गरेको हो, संसद् भवन घेरा हालेको हो ।
शुक्रबार सल्लाघारी गणेशस्थानमा नेपालभाषा साहित्य तःमुंज्याको एक कार्यक्रम भयो । तःमुंज्यामा पुरस्कृत साहित्यकार, मूल्याङ्कन समितिका सदस्य तथा न्हू दँ ¥यालीमा सहभागी स्कूल, कलेज, सहकारी, सामाजिक सङ्घ–संस्था, डाफाभजन टोलीका प्रतिनिधिहरूलाई पुरस्कार र मायाको चिनो वितरण गरिएको सो कार्यक्रममा हजारौँ सहभागी थिए । हजारौँ सहभागी सो भेलालाई नेमकिपाले राजनीतिक कक्षा या प्रशिक्षणको रूपमा लियो । कार्यक्रममा सहभागी नेमकिपाका श्रद्धेय अध्यक्षलगायतका अन्य वक्ताहरूले देश बनाउने जिम्मा जनताले लिनुपर्ने विचार व्यक्त गरे ।
पहिले बहुमत प्राप्त गरेका दलहरूले यो निर्वाचनमा बहुमत प्राप्त गर्न सकेनन् । जनतामाझ झूटको खेती, देशघाती सम्झौता गरेर जनतालाई विश्वासघात गरेका कारण कुनै दलले बहुमत प्राप्त गर्न नसकेका हुन् । जनता राजनीतिक, सैद्धान्तिक, वैचारिक र सांस्कृतिकरूपले सचेत नहुँदा अहिले पनि जिल्ला जिल्लामा विभिन्न आपराधिक व्यक्तिहरू संसद्मा निर्वाचित भए । यसरी ठूला र शासक दलहरूले अनेक छलछाम गरेर जनताको मत लिने काम गरिरहेको हुँदा जनता गलत बाटोमा नलागून्, देश र जनताप्रति समर्पित, देश र जनताको सेवामा निःस्वार्थ र इमानदारीपूर्वक काम गर्ने व्यक्तिहरू स्थानीय तह र संसद्मा निर्वाचित होऊन् भन्ने ध्येयले नै नेमकिपाले जनजागरूक अभियान सञ्चालन गरिरहेको हो । शुक्रबार सल्लाघारी गणेशस्थानमा उपस्थित हजारौँ जनता सहभागी भएको कार्यक्रम यसको एउटा दृष्टान्त हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *