आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
भक्तपुर, ४ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्यकर्मीहरूलाई सामाजिक कार्यकर्ताको रूपमा समाजमा सहयोगी बन्न र असल व्यवहारबाट काम गर्न प्रेरित गर्नुभयो ।
सोमबार भक्तपुर नगरपालिकाको सभाकक्षमा नगरपालिकाका वडा नर्सहरूसँगको बैठकमा उहाँले वडा नर्सहरूलाई जनताको सेवामा समर्पित भावले लाग्न मार्गनिर्देशन गर्नुभयो ।
भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा सञ्चालन गर्नुको उद्देश्यमाथि प्रस्ट पार्दै उहाँले घरदैलो नर्सिङ सेवाबाट बटुलेको अनुभव लिपिबद्ध गर्न सके समाजको अवस्था चित्रण गर्न सहज हुने विषयमा स्वास्थ्यकर्मीहरूलाई उत्साहित गर्नुभयो ।
भक्तपुर नगरपालिकाको कामको मूल्याङ्कन देश विदेशबाट भइरहेको हुँदा अझ सचेत र सशक्त ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उहाँले अरूले भन्दा फरक शैली र गुनासो नआउने ढङ्गले काम गर्न जोड दिनुभयो ।
त्यस्तै ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले वडास्तरमा स्वास्थ्य शिक्षाबारे अभिमुखीकरण सञ्चालन गरी जनतालाई सचेत पार्ने काममा वडा नर्सहरूले आवश्यक भूमिका खेल्नुपर्ने र वडासँग समन्वय गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका व्यवस्थापक विश्वजित प्रजापतिले घरदैलो नर्सहरूबाट भइरहेको तथ्याङ्क सङ्कलनलाई अझ व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
उक्त बैठकमा ख्वप अस्पतालका घरदैलो गर्ने वडाका नर्सहरूले मङ्सिरको मासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Leave a Reply