नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
संशोधनबाद भन्नु समाजवादका क्रान्तिकारी सिद्धान्तहरूलाई निस्तेज पार्ने प्रतिक्रान्तिकारी अवसरवादी विचारधारात्मक प्रवाह हो । संशोधनवादले गर्ने सबभन्दा ठूलो हानि के हो भने यसले क्रान्ति र निर्माणमा पार्टी र नेताको स्थान र भूमिकालाई अस्वीकार गर्दछ, समाजवादी सत्ताको कार्यक्षेत्रलाई कमजोर पार्दछ, पुँजीवादको बारेमा भ्रमहरू सिर्जना गर्दछ र जनतालाई विचारधारात्मकरूपले निरीह पार्दछ । आखिरमा संशोधनवादले समाजवादलाई त्याग्दछ र पुँजीवादमा पु¥याउँछ । हामीमा संशोधनवादको प्रतिक्रियावादी प्रकृति र यसको खतराको बारेमा स्पष्ट जानकारी हुनुपर्दछ र सब प्रकारका संशोधनवादी प्रवाहलाई विरोध गरी परित्याग गर्नुपर्दछ ।
बुर्जुवा विचारधारा र बुर्जुवा जीवन पद्धति जनतालाई मानसिकरूपले अपाङ्ग पार्ने विचारधारात्मक विष हुन् । साम्राज्यवादीहरूले अरू मुलुकहरूमा विचारधारात्मक र सांस्कृतिक घुसपैठद्वारा जनतालाई विचारधारात्मक रोगहरूद्वारा ग्रस्त पार्न, ती देशहरूलाई भित्र भित्रबाट तोड्न र अनि तिनीहरूलाई आफ्नो आधिपत्य र नियन्त्रणमा राख्न अथकरूपले काम गरिरहेका छन् । साम्राज्यवादीहरूका विचारधारात्मक र सांस्कृतिक घुसपैठ उनीहरूले ‘सहयोग’ र ‘आदान–प्रदान’ को भेषमा लागू गरेका आक्रमण र हस्तक्षेपका साधन हुन्, यो घुसपैठ प्रतिक्रियावादी बुर्जुवा विचारधारात्मक विषको माध्यमबाट जनताको स्वस्थ विचारधारात्मक चेतनालाई निष्क्रिय पारेर जनतालाई भ्रष्ट र पतन गर्ने अन्तध्वंशका कुटिल तरीका हुन् । समाजवादलाई रक्षा गरेर कायम गर्न तथा मुलुकको स्वाधीन विकास पक्का पार्नको निम्ति हामीले साम्राज्यवादको विचारधारात्मक र सांस्कृतिक घुसपैठको विरूद्ध लड्नुपर्दछ । साम्राज्यवादी र प्रतिक्रियावादीहरूले अहिले हाम्रो देशभित्र पुँजीवादी उदारवादको हावा बहन लगाउन स्थिररूपले षड्यन्त्र गर्दै छन् । हामीले बुर्जुवा विचारधारा र बुर्जुवा जीवनपद्धतिजस्ता सबै प्रकारका प्रतिक्रियावादी विचारहरूलाई बाहिरबाट घुसपैठ हुन नदिन सजग रहनुपर्दछ ।
संशोधनबाद भन्नु समाजवादका क्रान्तिकारी सिद्धान्तहरूलाई निस्तेज पार्ने प्रतिक्रान्तिकारी अवसरवादी विचारधारात्मक प्रवाह हो । संशोधनवादले गर्ने सबभन्दा ठूलो हानि के हो भने यसले क्रान्ति र निर्माणमा पार्टी र नेताको स्थान र भूमिकालाई अस्वीकार गर्दछ, समाजवादी सत्ताको कार्यक्षेत्रलाई कमजोर पार्दछ, पुँजीवादको बारेमा भ्रमहरू सिर्जना गर्दछ र जनतालाई विचारधारात्मकरूपले निरीह पार्दछ । आखिरमा संशोधनवादले समाजवादलाई त्याग्दछ र पुँजीवादमा पु¥याउँछ । हामीमा संशोधनवादको प्रतिक्रियावादी प्रकृति र यसको खतराको बारेमा स्पष्ट जानकारी हुनुपर्दछ र सब प्रकारका संशोधनवादी प्रवाहलाई विरोध गरी परित्याग गर्नुपर्दछ ।
३
वर्ग दुश्मनहरूका समाजवाद–विरोधी चालबाजीहरूलाई विफल पार्न र समाजवादी हेतु पूरा गर्नको निम्ति जनतालाई समाजवादी विचारधाराले दरोसित सुसज्जित पार्नु हो । पहिलेझैँ भविष्यमा पनि हामीले पार्टी सदस्य र श्रमिकहरूलाई समाजवादी विचारधाराद्वारा सुसज्जित पार्न जोडतोडले विचारधारात्मक शिक्षा सञ्चालन गर्नुपर्दछ ।
समाजवादी समाजमा विचारधारात्मक कार्यको सञ्चालन समाजवादका अन्तर्निहित आवश्यकताहरूसित मिल्ने सिद्धान्त र तरीकाबमोजिम गर्नुपर्दछ ।
विचारधारात्मक कार्यको अभिभारा र विषय–सार सही ढङ्गले किटान गरिसकेपछि यो कार्यको सफलता यसका सिद्धान्त र तरीकामा निर्भर गर्दछ । विचारधारात्मक कार्यको सञ्चालन समाजवादका अन्तर्निहित आवश्यकतासित मिल्ने सिद्धान्त र तरीकाबमोजिम गरिएमा मात्र समाजका सबै सदस्यहरूलाई समाजवादी विचारधारा सिकाएर उनीहरूलाई बदल्ने काम सफल हुन सक्दछ ।
समाजवादी समाजमा विचारधारात्मक कार्यलाई मजदुर वर्गीय पार्टीको नेतृत्वमुनि सम्पूर्ण पार्टी, सम्पूर्ण राज्य र सम्पूर्ण समाजको चासोको विषयको रूपमा जोडतोडले सञ्चालन गर्नुपर्दछ ।
हाम्रो विचारधारात्मक कार्य आम जनतालाई समाजवादी विचारधाराद्वारा ठोसरूपले सुसज्जित पारेर क्रान्ति र निर्माणका सबै क्षेत्रमा समाजवादी विचारधारात्मक किल्लालाई सुदृढ पार्ने र आम जनताको क्रान्तिकारी उत्साह र सिर्जनात्मकतालाई पूरा खेल्न दिने कार्य हो । त्यसकारण, पार्टी र राज्यका सबै अङ्गहरूले र श्रमिक जनताका सङ्गठन तथा अरू संस्थानहरूले आम जनतालाई समाजवादी विचारधाराद्वारा सुसज्जित पार्नको निम्ति आ–आफ्ना पुनित अभिभारा र कर्तव्यअनुरूप कडा मेहनत गर्नुपर्दछ र सबै क्षेत्रहरू तथा सबै एकाइहरूका कर्मचारीहरूले आम जनताको बिचमा विचारधारात्मक कार्य, राजनैतिक कार्य तीव्र पार्नुपर्दछ ।
विचाराधारात्मक कार्यमा मजदुर वर्गीय पार्टीको नेतृत्व दरोसित पक्का पार्नु विचारधारात्मक कार्यको सबभन्दा महत्वपूर्ण सिद्धान्त हो ।
मजदुर वर्गीय पार्टी क्रान्ति र निर्माणलाई नेतृत्व दिने सर्वोच्च राजनैतिक सङ्गठन हो । पार्टी नेतृत्व नभइकन, विचारधारात्मक कार्यलाई समाजवादी हेतुका आवश्यकतासित मिल्ने गरी एकीकृतरूपले सञ्चालन गर्न सकिँदैन । विचारधारात्मक कार्यमाथि पार्टीको नेतृत्व पूर्णरूपले पक्का पारिएमा मात्र, विविध प्रकारका नमिल्ने विचारहरूद्वारा विचारधारात्मक क्षेत्रभित्र घुसपैठ गर्नबाट रोक्न, विचारधारात्मक कार्यको क्रान्तिकारी र समाजवादी प्रकृतिको रक्षा गर्न र एउटै विचारधारा, समाजवादी विचारधारा सम्पूर्ण समाजमा व्याप्त हुन दिन सम्भव हुनेछ । मजदुर वर्गीय पार्टीले विचारधारात्मक कार्यमा अडिग रहनुपर्दछ र यो कार्यमाथि आफूले नेतृत्व दिने कुराबाट एक पाइला पनि पछि हट्नुहुँदैन । विचारधारात्मक क्षेत्रमा सम्झौता गर्नु र सहुलियत दिनु भनेको पतन र पराजय हो । विचारधारात्मक कार्यमा मजदुर–वर्गीय पार्टीको नेतृत्वलाई कमजोर पार्नु वा अस्वीकार गर्नु त समाजवादी विचारधारात्मक किल्लालाई नष्ट पारेर प्रतिक्रियावादी बुर्जुवा विचारधारा भित्याउनु र प्रचार गर्नु हो ।
मजदुर वर्गीय पार्टीले विचारधारात्मक कार्यमाथि आफ्नो नेतृत्वलाई अस्वीकार गर्न खोज्ने सबै षड्यन्त्रहरूलाई किटानीसाथ विरोध गर्नुपर्दछ, अस्वीकार गर्नुपर्दछ र सबै विचारधारात्मक कार्यमाथि एकीकृत नियन्त्रण र एकात्मक निर्देशन कायम गर्नुपर्दछ । मजदुर वर्गीय पार्टीले सबै तहका पार्टी सङ्गठनहरूमार्फत आफैले विचारधारात्मक कार्यको सङ्गठन र सञ्चालन गर्नुपर्दछ । फेरि यो पार्टीले आम सञ्चार, साहित्य र कलाजस्ता विचारधारात्मक र सांस्कृतिक क्षेत्रहरूका साथै राज्यका अङ्गहरू, श्रमिक जनताका सङ्गठनहरू तथा शैक्षिक संस्थानहरूलाई रेखदेख गर्नुपर्दछ र तिनीहरूले आफ्नो पुनित अभिभारा र कर्तव्यअनुरूप आम जनतालाई शिक्षा दिने काम सक्षमतासाथ गर्न सक्ने पार्नुपर्दछ ।
आम सञ्चार र साहित्य तथा कला आम जनतालाई शिक्षा दिने, सङ्गठन गर्ने र परिचालन गर्ने शक्तिशाली विचारधारात्मक हतियार हो ।
समाजवादी समाजमा आम सञ्चार, साहित्य र कला तथा अरू सबै विचारधारात्मक र सांस्कृतिक साधनहरूले पार्टीको नेतृत्वअन्तर्गत आम जनताका स्वाधीनताका इच्छालाई पूरा गर्नको निम्ति समाजवादी हेतुलाई रक्षा गर्ने र अगाडि बढाउने उद्देश्यको पूरै सेवा गर्नुपर्दछ । समाजवादी समाजमा विचारधारात्मक र सांस्कृतिक साधनहरू मजदुर वर्गीय पार्टीको निर्देशन र नियन्त्रणबाट अलगिए भने ती साधनहरू प्रतिक्रान्तिका हतियारको रूपमा प्रयोग गरिने छन् । पहिले समाजवादको निर्माण गरिरहेका मुलुकहरूमा समाजवादका गद्दारहरूले र प्रतिक्रियावादीहरूले विचारधारात्मक र सांस्कृतिक साधनहरू आफ्नो हातमा लिएर तिनीहरूलाई समाजवादको विरूद्ध प्रयोग गरेको तथ्यबाट यो कुरा सिद्ध भइसकेको छ । मजदुर–वर्गीय पार्टीले आम सञ्चार, साहित्य र कला तथा अरू विचारधारात्मक तथा सांस्कृतिक साधनहरूलाई बलियोसित काबुमा राख्नुपर्दछ र स्थिररूपले तिनीहरूको भूमिका बढाउँदै जानुपर्दछ । यसरी ती सबैले समाजवादी विचारधारात्मक मोर्चामा उज्ज्वलतासाथ आफ्नो पुनित अभिभारा र कर्तव्य पूरा गर्न सक्ने पार्नुपर्दछ ।
समाजवादी राज्यले सामाजिक जीवनका सबै क्षेत्रहरू, खास गरी राजनीति, अर्थतन्त्र र संस्कृतिलाई एकीकृत ढङ्गले पथ–प्रदर्शन र सञ्चालन गर्दछ । विचारधारात्मक र सांस्कृतिक शिक्षाको सञ्चालकको हैसियतको समाजवादी राज्यको कार्य यसका मूलभूत कार्यहरूमध्ये एउटा हो ।
राज्य प्रशासन र आर्थिक प्रबन्धजस्ता सामाजिक जीवनका सबै क्षेत्रहरूको निर्देशन र सञ्चालन गर्दा समाजवादी राज्यले समाजवादी सिद्धान्तमा अडिग रहेर समाजवादको श्रेष्ठतालाई पूरा खेल्न दिनुपर्दछ । यसप्रकार समाजवादको आवश्यकता पूरा हुने गरी जनताको भौतिक जीवनको पूरा ग्यारन्टी दिनुपर्दछ । समाजवादी राज्यले जनताको निम्ति स्वस्थ र समृद्ध विचारधारात्मक र सांस्कृतिक जीवन पूर्णरूपले उपभोग गर्न पाउने अवस्थाहरू सिर्जना गरिदिनुपर्दछ । राज्यका अङ्गहरूले बडो ध्यान दिएर समाजवादी कानुन र नियमहरू बनाउनुपर्दछ र सबै क्षेत्रमा समाजवादी प्रशासनको सुसङ्गठित पद्धति स्थापना गर्नुपर्दछ । जनतालाई कानुन र प्रशासनिक आदेशहरू स्वेच्छाले पालन गर्न लगाउन निर्देशन दिनु र नियन्त्रण गर्नुपर्दछ । समाजवादी राज्यद्वारा समाजवादी सिद्धान्तअनुसार र समाजवादका आवश्यकताअनुरूप सामाजिक जीवनका सबै क्षेत्रमा निर्देशन दिनु र सञ्चालन गर्नु जनतालाई व्यवहारमा समाजवादी विचारधारा प्राप्त गर्न लगाउन र समाजवादी जीवनसित अभ्यस्त हुन लगाउनको निम्ति निकै सहायक छ । यस्तो गर्नु समाजवादी समाजमा पुराना काम नलाग्ने विचारहरू फेरि उठ्न नसक्ने र बाहिरबाट घुस्न नसक्ने पार्नको लागि पनि महत्वपूर्ण ग्यारन्टी हो ।
समाजवादी राज्यले विश्वभरिका विभिन्न मुलुकहरूसित समानता र पारस्परिक फाइदाका सिद्धान्तहरूका आधारमा आर्थिक र सांस्कृतिक आदानप्रदान विकास गर्न मेहनत गर्नुपर्दछ । यो कामको दौरानमा समाजवादी राज्यले प्रतिक्रियावादी बुर्जुवा विचारधारा र पतनोन्मुख पुँजीवादी संस्कृति र जीवन पद्धतिको घुसपैठको विरूद्ध सजग रहनुपर्दछ । राज्यका अङ्गहरूले अरू मुलुकहरूसितको आर्थिक र सांस्कृतिक आदान–प्रदानमा समाजवादी सिद्धान्तहरूलाई बिस्र्यो र आर्थिक तथा सांस्कृतिक आदान–प्रदान र सहयोगलाई राम्ररी ध्यान नपु¥याई सञ्चालन गर्यो भने यसले साम्राज्यवादी विचारधारा र संस्कृतिको घुसपैठको लागि ढोका खोल्दछ र समाजवादलाई खतरामा पार्न सक्दछ । समाजवादी राज्यले समाजवादी व्यवस्था र जनतालाई साम्राज्यवादी विचारधारा र संस्कृतिको घुसपैठबाट जोगाउन प्रशासनिक र कानुनी कदमहरू अपनाउनै पर्दछ ।
Leave a Reply