भर्खरै :

प्रजग कोरियाद्वारा जापानको आक्रामक सुरक्षा रणनीतिको विरोध

प्रजग कोरियाद्वारा जापानको आक्रामक सुरक्षा रणनीतिको विरोध

प्योङयाङ, डिसेम्बर २० (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका विदेश मामिला मन्त्रालयका प्रवक्ताले एक प्रेस वक्तव्य जारी गरी जापानको आक्रामक सुरक्षा रणनीतिको विरोध गरेको छ ।
वक्तव्यमा अगाडि भनिएको छ – जापानले लागू गरेको नयाँ सुरक्षा रणनीति वास्तवमा अरू देशमाथि हमला गर्ने क्षमता हासिल गर्ने चाल हो । त्यसले कोरियाली प्रायःद्वीप र पूर्वी एसियामा गम्भीर सुरक्षा सङ्कट निम्त्याएको छ ।
किशिदा शासनले नयाँ राष्ट्रिय सुरक्षा रणनीति, राष्ट्रिय प्रतिरक्षा रणनीति र रक्षा क्षमता वृद्धि कार्यक्रमको नाममा जापानलाई आक्रामक सैनिक शक्ति बनाउन खोजिरहेको छ । जापानको यो कदम प्रजग कोरिया र अरू छिमेकी एसियाली देशहरू र क्षेत्रलाई गम्भीर चासो उत्पन्न गरेको छ ।
जापानले वकालत गरेको तथाकथित ‘प्रत्याक्रमण क्षमता’ को कुनै सार्वभौम राष्ट्रको आत्मरक्षा गर्न पाउने वैध अधिकारसित कुनै सम्बन्ध छैन र यो पूर्णतया अरू देशको भूभागमाथि तत्काल आक्रमण गर्ने क्षमता हासिल गर्ने चालमात्र हो ।
जापान एक युद्धअपराधी राज्य हो, जसले विगतमा कोरियाली जनतामाथि कैयौँ नभनिएका दुर्भाग्यपूर्ण कहर थापरेको थियो र त्यसले आफ्नो विगतको अपराधका लागि चित्तबुझ्दो क्षमायाचना पनि गरेको छैन । संयुक्त राष्ट्र सङ्घको बडापत्रमा जापानलाई शत्रु राज्य भनिएको छ । यस्तो राज्यले खुलारूपमा आफ्नो खतरनाक महत्वाकाङ्क्षा जाहेर गर्नुलाई कहिल्यै पनि स्वागत गर्न सकिँदैन ।
जापानको नयाँ आक्रामक रणनीतिको कार्यान्वयनले पूर्वी एसियाको सुरक्षा वातावरण तात्विक अन्तर ल्याएको छ । जापानको पुनःसशस्त्रीकरण संयुक्त राष्ट्र सङ्घको बडापत्रको खतरनाक उल्लङ्घन हो र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि गम्भीर चुनौती हो ।
हामीले यस तथ्यलाई बेवास्ता गर्न सक्दैनौँ कि संरा अमेरिकाले मात्र जापानको हतियारको लोभलाई टेवा दिइरहेको छ । संरा अमेरिकाले ‘साहसी र ऐतिहासिक कदम’ भनिरहेको कदमले सबैजसो एसियाली देशहरूमा गम्भीर असुरक्षाको भयत्रास उत्पन्न गर्नेछ ।
संरा अमेरिका जापानलाई पुनःसशस्त्रीकरण गर्ने पुनः कब्जा गर्ने र योजनालाई बढावा दिइरहेको छ । प्रजग कोरियाको आत्म रक्षाको अधिकार प्रयोग गर्ने वैध प्रयास र आफ्नो रक्षा क्षमता बलियो पार्ने कार्यलाई कहिल्यै न्यायोचित र योग्य मानिएन । जापानजस्तो आफ्नो कठपुतली राज्यको काँधमाथि बन्दुक राखेर संरा अमेरिका यस क्षेत्रको शान्ति र सुरक्षालाई ध्वस्त पारिरहेको छ ।
प्रजग कोरियाले आफ्नो आत्मरक्षाको अभ्यासलाई बहाना बनाएर जापान आफ्नो कालो मनको दुषित नियतका साथ यस क्षेत्रलाई पुनः कब्जा गर्ने रपुनःसशस्त्रीकरण गर्ने मूर्खतापूर्ण कदम चालेको छ ।
जापानको रणनीतिका कारण उत्पन्न भएको क्षेत्रीय सुरक्षाको जटिलतालाई दृष्टिगत गरी आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न दृढ एवम् निर्णायक सैन्य कदम चाल्न प्रजग कोरिया तयार छ । जापानले समयमै आफूलाई चिन्नुपर्छ र आफूले गरेको गलत र खतरनाक निर्णय सच्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *