आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
कैलाली, ५ पुस । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा मङ्गलबार लम्कीचुहा ५, बघौरामा जिल्लास्तरीय कार्यकर्ता भेला भयो । मङ्सिर ४ को निर्वाचनमा सहयोग गर्ने मतदाताहरूलाई धन्यवाद दिन आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाले निर्वाचनलाई जनताबिच समाजवादी प्रचारको मञ्चको रूपमा प्रयोग गरेको चर्चा गर्दै सर्वसाधारण जनतालाई पुँजीवादका घृणित कृयाकलापको विरुद्ध सङ्गठित आवाज बुलन्द गर्दै समाजवादप्रति आकर्षण बढाउन चुनावको उपयोग गरेको बताउनुभयो ।
उहाँले निर्वाचनपछि पनि शासक दलहरूबाट निरन्तर देश र जनताविरोधी षड्यन्त्रहरू हुनसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शासक दलहरू प्रधानमन्त्री र राष्ट्रपति पदका लागि झगडा गर्दै छन्, उनीहरूलाई निर्वाचनको बेला जनतालाई दिएको वाचाको कुनै मतलब छैन”, उहाँले भन्नुभयो, “देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयक पारित गर्ने दलहरू नै चुनावमा जितेको हुँदा फेरि पनि देशघाती काम हुने सम्भावना छ ।”
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पैसाले जनताको मत किनेको हुँदा शासक दलहरू जनताको आधारभूत समस्याबारे मतलब गर्दैनन् भन्नुभयो । देश र जनताको पक्षमा नेमकिपाले निरन्तर सङ्घर्ष गरेकै कारण देशभरिका कामदार जनताले मादललाई माया गरेको उल्लेख गर्दै उहाँले जनमतलाई कदर गर्दै कामदार जनताकै बिचमा पार्टी गतिविधिलाई अगाडि बढाउने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका जङ्गबहादुर तारामीले नेमकिपालाई साथ र समर्थन गर्ने जनतालाई पार्टीको विचार र सिद्धान्त बुझाउने गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्का शिक्षक गुप्तबहादुर शाहीले पुँजीवादी राजनीतिमा चुनावमा अर्बौँ खर्च भए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नआउने बताउनुभयो ।
पार्टी जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अग्रज कार्यकर्ता ज्योति बडुवाल र गजबहादुर दर्लामी मगरले निर्वाचनको क्रममा जनताको घरदैलोमा पुगेर समाजवादको महत्वबारे बुझाउने अवसर मिलेको बताउनुभयो ।
Leave a Reply