भर्खरै :

महिला हिंसाविरुद्धको नारा र यथार्थ

महिला हिंसाविरुद्धको नारा र यथार्थ

पारिवारिक हिंसाको कुरा गर्दा नेपाली समाजमा महिला तथा बालबालिकाविरुद्ध भइरहेका हिंसा त्यसमा पर्ने गर्छन् । महिला हिंसाविरुद्ध शून्य सहिष्णुताको नीति रहेको भाषण जतिसुकै गरिए पनि बोक्सी तथा अनेक निहुँमा महिलामाथि हिंसा हुने क्रम रोकिएको छैन ।
नोभेम्बर २५ देखि डिसेम्बर ११ सम्म माहिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला पश्चिमी नेपालको बर्दिया जिल्लामा १६ वर्षिया किशोरी शिवा दासमीलाई जिउँदै अग्निदाह गरियो । विवाह गर्न नमानेको निहुँमा जीउमा पेट्रोल छर्केर तिनलाई जिउँदै आगो लगाइएको थियो । तिनीमाथि आगो लगाउने तिनका कथित प्रेमी हुन् वा निजकै परिवारका कोही हुन् निक्र्याेल भएको छैन । तर, त्यो घटना एउटी महिलाविरुद्धको जघन्य घटना हो । त्यस जघन्य अपराधमा संलग्न सबै जनालाई कडाभन्दा कडा कानुनी सजाय गरिनुपर्छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेलामा देशभर गरी ३ हजार १ सय ११ महिला हिंसाका घटना राष्ट्रिय महिला आयोग र प्रहरीमा दर्ता भएको समाचार आएका छन् । यसले नेपालमा महिलामाथि हुने हिंसाको अवस्था छर्लङ्ग पारिदिएको छ ।
हासमी अग्निदाह घटनाको चर्चा सेलाउन नपाउँदै वैदेशिक रोजगारबाट घर फिरेकी एक चेलीलाई सरकारी कर्मचारी र प्रहरीले नै बलात्कार र लुटपाट गरेको घटना सार्वजनिक भएको छ । साउदी अरबबाट घर फिरेकी झोजपुरकी एक युवतीलाई अध्यागमन विभागका कर्मचारी र प्रहरीको मिलेमतोमा पैसा लुट्ने तथा यौन दुव्र्यवहार गरिएको हो । देशको सरकारको प्रतिनिधित्व गर्ने सरकारी कर्मचारी र प्रहरीले नै त्यस्ता अपराध गर्छन्, महिलाहरूको कमजोरीको फाइदा उठाउन खोज्छन् भने महिलाहरूले आफ्नो सुरक्षाका निम्ति कसमा भरपर्ने ? प्रश्न उब्जाएको छ ।
नेपालले महिलाहिंसा र शोषणविरुद्धका धेरै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा हस्ताक्षर गरेको छ । कैयौँ अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी भई प्रतिबद्धता जनाएको छ । तर व्यवहारमा यस्ता घटना भइरहन्छन् र ती घटनाको अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्दैन र भए पनि देखावटीमात्र हुन्छ भने त्यस्ता सन्धि–सम्झौता र सम्मेलनको कुनै अर्थ हुँदैन । ती अन्तर्राष्ट्रिय सन्धि सम्झौता र देशको कानुन र प्रतिबद्धताहरूलाई व्यवहारमा पूर्णरूपमा लागू गर्न आवश्यक छ । महिला हिंसाका दोषीहरूमाथि कडाभन्दा कडा सजाय गर्नुका साथै समाजमा महिला हिंसाविरुद्ध प्रभावकारीरूपमा जनचेतना जगाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *