भर्खरै :

कोभिड नियन्त्रणमा चीन सफल, अमेरिका असफल

कोभिड नियन्त्रणमा चीन सफल, अमेरिका असफल

कोभिड–१९ महामारीले संसारभरका सरकार र स्वास्थ्य प्रणालीसमक्ष पृथक र चुनौतीपूर्ण अवस्था तेर्साएको छ । एकातिर जनस्वास्थ्य सुरक्षाको लागि भाइरसको सङ्क्रमण नियन्त्रण गर्नुप¥यो भने अर्कोतिर महामारीका आर्थिक प्रभाव र आर्थिक वृद्धिको महत्वबारे विचार गर्नु पनि उत्तिकै आवश्यक थियो । कुनै पनि देशलाई यी दुवै समान महत्वका प्राथमिकतालाई सन्तुलित बनाउनु चुनौतीपूर्ण काम बन्यो । तर, चीनले कोभिड–१९ नियन्त्रण र आर्थिक वृद्धिबिच उचित सन्तुलन कायम राख्न कडा मिहिनेत गरेको देखियो । यसले प्राथमिकताका यी दुवै क्षेत्रमा सकारात्मक नतिजा दिएको छ ।
कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सबै देशलाई मिल्ने कुनै एउटै सूत्र छैन । देशको आफ्नै विशिष्ट परिस्थितिका साथै कोभिड–१९ सङ्क्रमणको लेखाजोखा गरेर सङ्क्रमण नियन्त्रणको उत्तम उपाय तर्जुमा गरिनुपर्छ । बितेका केही वर्षमा चीनले भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि उल्लेखनीय काम गर्नुका साथै चिनियाँ अर्थतन्त्रलाई गतिशील बनाउने प्रयास पनि गरिरह्यो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ को डिसेम्बर १६ सम्ममा संसारभर ६४ करोड ७० लाख मानिस कोभिड–१९ बाट सङ्क्रमित भए भने ६६ लाख ४० हजार मानिसको निधन भयो । संरा अमेरिकामा मात्र झन्डै १० करोड मानिस सङ्क्रमित भए र दस लाख मानिसले प्राण गुमाए । चीन पृथ्वीकै सबभन्दा बढी जनसङ्ख्या भएको देश हो । तथापि, संसारका सबै प्रमुख देशहरूमध्ये चीनमा कोभिड–१९ बाट सङ्क्रमित र मर्नेको सङ्ख्या सबभन्दा न्यून छ ।
यो अवस्थाले कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्ने चीनको प्रयासले देशभर भाइरसको प्रभावलाई सीमित गरेको देखाएको छ । भाइरस सङ्क्रमण नियन्त्रणको लागि प्रयासमा कडाइ गर्दा यातायात र व्यापारजस्ता क्षेत्रमा अवरोध हुँदा लागत बढे पनि भाइरस नियन्त्रित हुँदा लागत र लाभबिच सन्तुलन कायम भएको छ । कोभिड–१९ सङ्क्रमण र मृत्युको सङ्ख्यामा संसारकै सबभन्दा अघि परेको संरा अमेरिकाजस्ता देशहरूको अवस्थासँग चीनको परिणामलाई तुलना गर्दा दिन र रातको फरक देख्छौँ । यसले कोभिड–१९ जस्ता सङ्कट रोकथामको निम्ति कुनै पनि देशले गर्ने काम कसरी महत्वपूर्ण हुन्छ भन्ने कुरा छर्लङ्ग बनाउँछ ।
भाइरस सङ्क्रमण नियन्त्रणमा संरा अमेरिका मूलतः असफल भयो । संरा अमेरिकी सरकारले सुरुआतमा त महामारीको जोखिमलाई वास्ता पनि गरेको थिएन । सङ्क्रमणको गति नियन्त्रण गर्न उसले कुनै प्रयास गर्न मानेन । पछि टुक्राटुक्रामा गरिएका प्रयासले कुनै समन्वयात्मक काम गर्न कठिन बनायो । संरा अमेरिकामा महामारीलाई लिएर चर्को राजनीतीकरण भयो । त्यसले भाइरसबारे गलत सूचना र अन्योल फैलाउन टेवा पु¥यायो । नियन्त्रणको प्रयास भएको अवस्थामा पनि अपुग भयो । समन्वय नहुँदा भाइरस नियन्त्रणलाई ज्यादै कठिन बनायो ।

पश्चिमा सञ्चारमाध्यमले लामो समयदेखि चीनको बदनाम गर्दै आएका छन् । चीनका नकारात्मक पक्षलाई जोड दिएर सकारात्मक उपलब्धि उपेक्षा गर्दै खराब चित्रणमात्र गर्दै आएका छन् । चीनविरुद्ध यो पश्चिमाहरूको पूर्वाग्रह हो जसले त्यो देशबारे गलत बुझाइ बनाएको छ ।
चीनको कोभिड–१९ अवधारणाको सीमा नै नभएको होइन । तर, भाइरस सामना गर्न चीनले ठुलो उपलब्धि हासिल गरेको छ । यसले कोभिड–१९ नियन्त्रण र आर्थिक वृद्धिबिच सन्तुलन कायम गर्न अथक प्रयास गरेको छ । चीन यो लडाइँको नयाँ चरणमा प्रवेश गरेसँगै चीनले देशलाई अघि बढाउन कोभिड–१९ रोकथामका प्रयासलाई अधिकतम तहमा पु¥याउने कामलाई निरन्तरता दिनुपर्छ ।

महामारी नियन्त्रणमा संरा अमेरिकाको प्रयासलाई घातक घरेलु राजनीतिक अवस्थाको कारण ज्यादै न्यून, निकै ढिला र प्रायशः अपुग प्रयास भएको निष्कर्षमा पुग्न सक्छौँ । तर, चीनको प्रयास शीघ्र र प्रभावकारी भएको देख्छौँ । चीन सरकारले महामारीको जोखिमलाई बेवास्ता गर्ने, विज्ञानमाथि हमला गर्ने र आधारभूत प्रतिरक्षात्मक प्रयासको खिल्ली उडाएन । बरु चीनले भाइरस सङ्क्रमण रोकथाम गर्न तत्काल विभिन्न कदम चाल्यो । दुःखको कुरा, भाइरसविरुद्धको लडाइँमा चीनले हासिल गरेका उपलब्धिलाई पश्चिमा विश्वले मुख्यतः छायामै पा¥यो । चीनबारे पश्चिमा सञ्चारमाध्यममा पक्षपातपूर्ण थियो जसले कोभिड–१९ बारे चीनको अवधारणा धमिल्यायो । यसले चीनका प्रयासप्रति नै अविश्वास जगायो ।
सर्वसाधारण जनतालाई सही सूचना दिन सञ्चारमाध्यमको अहम् भूमिका हुन्छ । सञ्चारमाध्यमले जुनसुकै ठाउँमा लागु गरिएको भए पनि कोभिड–१९ नीतिहरूबारे सही समाचार सम्प्रेषण गर्नु महत्वपूर्ण हुन्छ । तथ्यको अपव्याख्याले गलत बुझाइतिर डो¥याउने गर्छ । पश्चिमा सञ्चारमाध्यमले चिनियाँ प्रयासका एकाध पक्षजस्तै बन्दाबन्दीको प्रयोगलाई मात्र जोड दिँदा भाइरस नियन्त्रण रोकथामबारे उसको समग्र अवधारणा र उपलब्धि ओझेलमा परेको छ । उनीहरूले महामारी नियन्त्रणबारे चिनियाँ पहलकदमीको एउटा पाटोमात्र उजागर गरेका हुन्छन् अथवा उनीहरूले आफूलाई अनुकूल निश्चित तथ्य तथ्याङ्कमात्र टिपेर समग्र अवस्थालाई बङ्गयाउने गरेका छन् ।
पश्चिमा सञ्चारमाध्यमले लामो समयदेखि चीनको बदनाम गर्दै आएका छन् । चीनका नकारात्मक पक्षलाई जोड दिएर सकारात्मक उपलब्धि उपेक्षा गर्दै खराब चित्रणमात्र गर्दै आएका छन् । चीनविरुद्ध यो पश्चिमाहरूको पूर्वाग्रह हो जसले त्यो देशबारे गलत बुझाइ बनाएको छ ।
चीनको कोभिड–१९ अवधारणाको सीमा नै नभएको होइन । तर, भाइरस सामना गर्न चीनले ठुलो उपलब्धि हासिल गरेको छ । यसले कोभिड–१९ नियन्त्रण र आर्थिक वृद्धिबिच सन्तुलन कायम गर्न अथक प्रयास गरेको छ । चीन यो लडाइँको नयाँ चरणमा प्रवेश गरेसँगै चीनले देशलाई अघि बढाउन कोभिड–१९ रोकथामका प्रयासलाई अधिकतम तहमा पु¥याउने कामलाई निरन्तरता दिनुपर्छ । सूचना सम्प्रेषणको आधारमा पश्चिमा विश्वले चीनलाई कसरी हेर्छ र बुझ्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । चीनबारे सूचना सम्प्रेषण गर्न पश्चिमा सञ्चारमाध्यम बढी सन्तुलित र वस्तुगत हुन आवश्यक छ । चीनले कस्तो जटिल अवस्थामा महामारीको सामना गरेको थियो भन्ने जेलिएको चुनौतीपूर्ण अवस्थालाई बुझेरमात्र उनीहरूले आफ्नो धारणा बनाउनु उपयुक्त हुन्छ ।


कुर्टिस स्टोन अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ र टिप्पणीकार हुन् ।
स्रोतः सीजीटीएन
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *