आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
समाजवादी समाजमा श्रमिक जनताका सङ्गठनहरू भन्नु विभिन्न वर्ग र तहका समाजका सदस्यहरू रहेको राजनैतिक सङ्गठनहरू हुन्† तिनीहरूको आधारभूत कर्तव्य आफ्ना सदस्यहरूलाई विचारधारात्मक शिक्षा दिने हो । पुँजीवादी समाजमा शोषण र उत्पीडन व्याप्त हुन्छन् र विभिन्न वर्ग र तहहरूको स्वार्थमा अन्तद्र्वन्द्व हुन्छ र त्यस समाजमा आम जन सङ्गठनहरूको आधारभूत कर्तव्य आफ्नै वर्ग र तहहरूको स्वार्थको लागि लड्ने हो । यसको उल्टो, समाजवादी समाजमा वर्गीय अन्तर्विरोध निर्मूल भइसकेको हुन्छ र त्यस समाजमा श्रमिक जनताका सङ्गठनहरूको पुनित लक्ष्य र कर्तव्य आधारभूतरूपले नै पुँजीवादी समाजको भन्दा भिन्न हुन्छ । समाजवादी समाजमा जनता राज्य र समाजका मालिक भएको हुनाले जनताका विभिन्न अंशहरूको साझा स्वार्थ हुन्छ, समाजका विभिन्न तहका मानिसहरूको आफ्नो स्वार्थ भन्नु नै राज्यको स्वार्थ र सार्वजनिक स्वार्थबाट आएको हुन्छ, उनीहरूको सुख भन्नु नै साझा सामाजिक समृद्धिबाट आएको हुन्छ । यसकारण, समाजवादी समाजमा श्रमिक जनताका सङ्गठनहरूको आधारभूत पुनित लक्ष्य आफ्ना सदस्यहरूलाई राज्य र समाजका मालिकका रूपमा उनीहरूको जिम्मेदारी र भूमिका पूरा गर्न लगाउन शिक्षा दिनु र नेतृत्व दिनु हो ।
समाजवादी समाजमा श्रमिक जनताका सङ्गठनहरूले, पुँजीवादी समाजमा झैँ, आफ्नै सदस्यहरूको ‘स्वार्थ’ को मात्र दाबी गर्न थाले भने ती सङ्गठनहरूले एउटा खास वर्ग वा तहको ‘स्वार्थ’ लाई पार्टीको राज्यको र सार्वजनिक हितको विरूद्ध उभ्याउने छन् । यस्ता सङ्गठनहरू राज्य र समाजवादको विरूद्ध जानेछन् । पहिले समाजवादको निर्माण गरिरहेका केही मुलुकहरूका पार्टीहरूले आम जनताका व्यापक समूहहरूलाई आफ्नो पछाडि एकत्रित गर्न नसक्नु र प्रतिक्रान्तिको सामना गर्दा पराजय भोग्नुको मुख्य कारण के थियो भने ती पार्टीहरू श्रमिक जनताका सङ्गठनहरूलाई निर्देशन दिने काममा सक्षम हुनु सकेनन् । मजदुर वर्गीय पार्टीले श्रमिक जनताका सङ्गठनहरूलाई सही बाटोमा लग्नुपर्दछ र ती सङ्गठनहरूले आफ्ना सदस्यहरूलाई उनीहरूको पुनित लक्ष्य र विशिष्टता सुहाउने गरी सही ढङ्गले शिक्षा दिएर उनीहरुलाई पार्टीको पछाडि घनिष्टरूपले एकत्रित पार्ने र समाजवादी निर्माण कार्यमा पूर्णरूपले परिचालन गर्ने कुरा पक्का पार्नुपर्दछ । मजदुर वर्गीय पार्टीले युवक सङ्गठनहरूलाई आफ्नो भूमिका ठीकसित खेल्न प्रोत्साहित पार्ने कुरामा खास ध्यान दिनुपर्दछ । क्रान्ति र समाजवादको भविष्य नयाँ पुस्तालाई कसरी तयार पारिएको छ भन्ने कुरामा निर्भर गर्दछ । समाजवादी समाजमा मजदुर वर्गीय पार्टीको राजनैतिक जगेडाको रूपमा युवक सङ्गठनले, युवाहरूलाई समाजवादी हेतुका भरपर्दा उत्तराधिकारी बन्ने गरी पूरै तयार गर्ने सम्मानित कर्तव्य बोकेको हुन्छ । युवक सङ्गठनहरूले आफ्ना प्रयत्नहरू पूरै आफ्नै कर्तव्यमा लगाउनुको सट्टा विविध प्रशासनिक र व्यावहारिक कार्यमा लागिरह्यो भने तिनीहरूले युवा पुस्तालाई समाजवादी विचारधारामा शिक्षा दिन सक्दैनन् । ती सङ्गठनहरूले विचारधारात्मक कार्यलाई कमजोर पारे भने, युवा पुस्ताले पार्टी र क्रान्तिको निम्ति, मुलुक र जनताको निम्ति लगनशील प्रयत्न गर्नुको बदला आफ्नै सुविस्तामात्र खोज्ने छन् र बाहिरबाट बहेर भित्र घुस्ने पुँजीवादी उदारवादको हावाको खराब प्रभावमा पर्न सक्दछन् । मजदुर वर्गीय पार्टीले युवक सङ्गठनहरूमाथि आफ्नो नेतृत्व सृदृढ पार्नुपर्दछ । यसो भए ती सङ्गठनहरूले आफ्नै कर्तव्यसित र युवाहरूको विशेषतासित मिल्ने गरी विचारधारात्मक शिक्षाको लागि कडा मेहनत गर्ने छन् र उनीहरू सबैलाई क्रान्तिका उत्तराधिकारीका रूपमा निकै राम्ररी तालिम दिने छन् ।
समाजवादी समाजमा शिक्षण संस्थानहरूले जनताको निम्ति, युवाहरूको निम्ति विचारधारात्मक शिक्षा दिने कुरामा ठूलो प्रयत्न लगाउनुपर्दछ । समाजवादी समाजमा युवाहरू एउटा खास शैक्षिक व्यवस्थामा नाम दर्ता भएका हुनाले, शिक्षण संस्थानहरूको युवाहरूलाई शिक्षा र तालिम दिने कर्तव्य निकै ग¥हौँ छ । समाजवादी शिक्षा भनेको खालि ज्ञान र प्रविधि ज्ञान सिकाउने व्यावहारिक कार्यमात्र होइन, बरू क्रान्तिकारीहरूलाई तालिम दिने महत्वपूर्ण कार्य पनि हो । समाजवादी समाजमा शिक्षण संस्थानहरूले युवाहरूलाई उन्नत विज्ञान र प्रविधि–ज्ञान सिकाउनुपर्दछ । उनीहरूलाई समाजवादी शिक्षा शास्त्रका सिद्धान्तहरूसित मिल्ने गरी ज्ञान दिनुपर्दछ । साथै ती संस्थानहरूले विचारधारात्मक शिक्षा तीव्र पार्नुपर्दछ र युवाहरूलाई समाजवादी हेतुप्रति बफादार अडिग क्रान्तिकारीहरू बन्ने गरी हुर्काउनुपर्दछ ।
समाजवादी समाजमा सबै क्षेत्र र सबै एकाइहरूका कर्मचारीहरूले विचारधारात्मक कार्य, राजनैतिक कार्य सञ्चालन गर्नुपर्दछ ।
राजनैतिक कार्य सबै कामहरूमा पहिलो प्रक्रिया हो । जनतालाई शिक्षा दिने र कार्यमा उतार्ने उद्देश्य भएको राजनैतिक कार्य सक्षम भएका मात्र आम जनताको क्रान्तिकारी उत्साह र सिर्जनात्मकता जगाएर आफ्नो सामु रहेको क्रान्तिकारी अभिभारामा सफल हुन सकिन्छ ।
राजनैतिक कार्य भनेको पार्टी कार्यकर्ताको र विचारधारात्मक कार्यको जिम्मा लिएका कर्मचारीहरूको मात्र चासोको कुरा होइन । समाजवादी समाजमा जुनसुकै क्षेत्रका वा जुनसुकै एकाइमा काम गरिरहेका भए तापनि र जस्तो काम गरिरहेका भए तापनि सबै कर्मचारीहरूले राजनैतिक कार्य गर्नै पर्दछ । राजनैतिक, आर्थिक, सांस्कृतिक, सैनिक र अरू सबै क्षेत्रका सबै कर्मचारीहरूले राजनैतिक कार्य, जनतासितको कार्यलाई आफ्नो महत्वपूर्ण क्रान्तिकारी कर्तव्य, आफ्नो क्रान्तिकारी अभिभाराको पहिलो प्रक्रिया ठान्नुपर्दछ र उत्साहसाथ यो काम सञ्चालन गर्नुपर्दछ ।
आज हाम्रो मुलुकमा सबै पार्टी सङ्गठनहरू, राज्यका अङ्गहरू, विचारधारात्मक र सांस्कृतिक निकायहरू, श्रमिक जनताका सङ्गठनहरू र शिक्षण संस्थानहरूले पार्टी सदस्यहरू , अरू श्रमिकहरूलाई र युवा तथा केटाकेटीहरूलाई उनीहरूको पुनित लक्ष्य र कर्तव्यसित मिल्ने गरी समाजवादी विचारधारा सिकाएर उनीहरूलाई बदलिरहेका छन् र सबै क्षेत्रहरू तथा सबै एकाइहरूका कर्मचारीहरूले राजनैतिक कार्यलाई प्राथमिकता दिएर आफ्ना क्रान्तिकारी अभिभारा सफलतासाथ पूरा गरिरहेका छन् । भविष्यमा पनि हामीहरूले विचारधारात्मक कार्यलाई तमाम पार्टी, राज्य र समाजको चासोको कुरा ठानेर पार्टीको नेतृत्वमा विचारधारात्मक कार्यलाई शक्तिशालीरूपले अगाडि बढाउनुपर्दछ ।
समाजवादी समाजमा जनतालाई शिक्षा दिने र बदल्ने काम आम जनताकै चासोको विषय बनाउनुपर्दछ ।
विचारधारात्मकरूपले बदल्ने काम आम जनताको भलाइको निम्ति हो र आम जनताद्वारा नै सञ्चालित हुनुपर्दछ । आम जनता आफ्नो भाग्यको मालिक भएकोले उनीहरूले नै आफ्नो विचारधारा बदल्नुपर्दछ र मालिकको हैसियतले विचारधारात्मक रूपान्तरको कामको जिम्मा लिनुपर्दछ । विचारधारात्मक रूपान्तरको काम त्यही बेला मात्र सफल हुन सक्दछ, जव यो काम आम जनताकै चासोको कुरा बन्दछ र जब आम जनताको व्यापक समूहले यसमा सक्रिय भाग लिन्छन् ।
विचारधारात्मक रूपान्तरको कार्यलाई आम जनताकै कार्यमा बदल्नको निम्ति विभिन्न प्रकारका आम जन विचारधारात्मक रूपान्तर अभियानलाई शक्तिशालीरूपले अगाडि बढाउनु निकै जरूरी छ । यो अभियान पारस्परिक शिक्षाको निम्ति आम जनताका व्यापक समूहहरूको अभियान हो ।
Leave a Reply