नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
नेपाली जनताको चीनप्रतिको सांस्कृतिक सद्भावको अनुपम उदाहरण पोखरा बागलुङको सडक निर्माणको बेला कवि एवं लेखक सरुभक्तद्वारा रचित एक नेपाली गीत – ‘नबोले नि माया लाग्ने …….चाइना कम्पनी…..’ आज पनि उत्तिकै नेपाली जनजिब्रोमा झुन्डिएकै छ ।
कुनैबेला नेपालमा चिनियाँ सामान भन्नासाथ हानथापको स्थिति हुन्थ्यो । अर्को शब्दमा भन्दा चिनियाँ सामानको इज्जत ठूलो थियो र साँच्चिकै बलियो र जब्बर हुन्थ्यो । नेशनल टे«डिङ भन्ने नेपाल सरकार मातहतको संस्था नै सायद चिनियाँ सामान नेपाल ल्याउने र बिक्री वितरण गर्ने एउटैमात्र आधिकारिक संस्था थियो । त्यतिबेला चीनमा भइरहेको विकासको बारेमा ‘चीन सचित्र’ भन्ने ठूलो आकारको विभिन्न चित्रसहितको पत्रिका हेरेर धेरै जानकारी लिन सकिन्थ्यो । काठमाडौँको राष्ट्रिय सभागृह र प्रज्ञाप्रतिष्ठानमा चिनियाँ आक्रोब्याटको टिकट किन्न मानिसहरू बिहान ५ बजेदेखि लाइन बस्थे । चिनियाँ, रुसी र नेपाली सांस्कृतिक टोलीबिच कार्यक्रमको आदानप्रदान हुन्थ्यो ।
नेपाल आत्मनिर्भर होस् भन्ने उद्देश्यले राजमार्गदेखि धेरै कलकारखानाको स्थापना गरेर चीनले एक सच्चा मित्रको कर्तव्य निभाएको थियो । नेपाल र चीनबिचको सम्बन्धको त्यो कालखण्ड स्वर्णिम नै थियो भन्दा फरक नपर्ला । नेपालमा ‘मेड इन चाइना’ सामानको क्रेज र नेपाली जनताको चीनप्रतिको सांस्कृतिक सद्भावको अनुपम उदाहरण पोखरा बागलुङको सडक निर्माणको बेला कवि एवं लेखक सरुभक्तद्वारा रचित एक नेपाली गीत – ‘नबोले नि माया लाग्ने …….चाइना कम्पनी…..’ आज पनि उत्तिकै नेपाली जनजिब्रोमा झुन्डिएकै छ । नेपाल–चीनबिचको यो मित्रताको कालखण्डको समयावधि होला विस २५ देखि ४२ ÷४३ सम्म । तर, यस्तो बेला पनि मित्रराष्ट्रले बनाइदिएका ती सबै कपडा, कागज, छालाजुत्ता, टायर, सिमेन्ट, चुरोट, कृषि औजार कारखाना, ट्रलिबस सेवालगायतका अन्य कलकारखाना र सेवालाई नियोजित रूपमा निकम्मा बनाएर निजी कम्पनीलाई बिक्री गर्ने अवस्थामा पु¥याइयो । नेपालमा मेड इन चाइना सामानको (क्रेज) प्रतिको चाहना र चिनियाँ र नेपाली जनताबिचको कसिँदै गएको मैत्री भावनालाई निस्तेज पार्न चिनियाँविरोधी षड्यन्त्रले बिस्तारै राजनैतिक र आर्थिक षड्यन्त्र गर्ने श्रृङ्खलाको सुरुआती ग¥यो । यो आजसम्म चालु छ । रूप फरक, तर सार उही ।
चिनियाँ जहाजको नयाँ किस्सा
चीन आज विश्वको कारखाना अथवा विश्वभरिका देशलाई आफ्नो देशमा उत्पादन हुने सियोदेखि हवाईजहाजसम्म, लता–कपडादेखि रोबोट र ५ जी को इन्टरनेटको सेवासम्म बिक्री वितरण र उत्पादन सेवा प्रदान गर्ने देशको रूपमा प्रख्यात भइसक्यो । सडकमात्र होइन विश्वभर बुलेट ट्रेनदेखि आणविक ऊर्जा केन्द्रको निर्माण गर्ने देशको रूपमा चीन अगाडि बढ्दै मानवसहितको अन्तरिक्षयान मङ्गलग्रहमा पु¥याउने अवस्थामा पुगिसक्यो । तर, अफसोच! नेपालमा चिनियाँ सामान र प्रविधिलाई कमसल र नीच देखाउने गिरोह नै खडा गरेर नियोजितरूपमा अनेक प्रपञ्च रची नियमित प्रहसनको कार्य गर्दै आएको देखिन्छ । यस्तो प्रहसनको पछिल्लो कडी नेपाल वायुसेवा निगमका ६ चिनियाँ जहाज बिक्री वा भाडामा दिने निर्णय हो । ती ६ वटा जहाजहरूमा ५६ सीटको एमए ६० (MA60) दुई जहाज र १७ सिटको वाई १२ ई (Y12e) ४ वटा जहाज पर्दछन् । यी जहाजहरू नेपाल वायूसेवा निगमले कुनै हालतमा उडाउन नसक्ने र अहिले नै २ अरब घाटामा गइसकेको भन्दै यो सेतो हात्ती भइसकेको ठहर निगमले गर्यो । (पढ्नुस् पुस २ को ‘अन्नपूर्ण पोष्ट’)
नेपाल वायुसेवा निगमले बदलिँदो राजनैतिक परिवर्तनसँगै आफ्नो नाम शानेवानि (शाही नेपाल वायुसेवा निगम) बाट नेवानि (नेपाल वायुसेवा निगम) मा फेर्दै चिनियाँ जहाज नेपालमा ल्याई निगमको कायापलट गर्ने योजना बुन्यो । नेवानिले चीनका विभिन्न निकायमा सम्पर्क गर्दै सन् २०११ नोभेम्बरमा नेपाली र बङ्गलादेशी दुई प्राविधिक टोलीले चीनको अध्ययन भ्रमण गरायो । नेपालको टीमले चिनियाँ जहाज नेपालको लागि अत्यन्तै उपयोगी हुने तर बङ्गलादेश टीमले चिनियाँ जहाज त्यहाँको लागि उपयुक्त नहुने ठहर गर्यो । बङ्गलादेशको किस्सा सकियो तर नेपालले चिनियाँ जहाजको लागि थप पहल गर्दै एक वर्षपछि चीनको उडड्यन उद्योग निगम, एभिक ( AVIC = Aviation Industry Corporation of China) सँग दुई एमए ६० र वाई १२ ई ४ वटाको सम्झौता ग¥यो । प्राविधिक टोलीले ५६ सिटको चिनियाँ जहाज एम ए ६० लाई अन्य चलन चल्तीको युरोपीय जहाज ए टी आर ७२ (ATR 72) सँग र १७ सिटको वाई १२ ई लाई क्यानाडाको प्रख्यात टुइनअटर (Twin Otter) सँग दाज्दै नेपालको लागि उपयुक्त हुने ठहर गरेको थियो । साधारणतया नेपालको उच्च पहाडी क्षेत्रमा बनेका हवाई धावनमार्गहरूलाई प्राविधिकरूपमा स्टोल रुट (STOL Route = Short take-off and Landing) भनिन्छ । यस्ता धावनमार्गको लागि विशेष क्षमताको जहाज बनाइएको हुन्छ जसले छोटो धावनमार्गबाट उडान भर्न सक्छ र लैन्ड पनि गर्न सक्छ । नेपालका लुक्ला, जोमजोम, डोल्पा, मनाङ, सिमीकोट, रारा र जुम्लाका विमानस्थलमा यस्तै स्टोल धावनमार्गहरू छन् । यी स्टोल रुटको लागि नेपालमा क्यानाडामा बनेका टुइन अटर विमान प्रख्यात छन् । त्यस्तै ठूलो जहाजलाई उडान भर्न र ल्याण्ड गर्नको लागि लामो धावन मार्गको आवश्यक हुन्छ जसलाई प्राविधिक रूपमा ट्रन्क रुट (TRUNK Route) भनिन्छ । नेपालगञ्ज, पोखरा, सिमरा, नारायणघाट, विराटनगर, धनगढीका धावनमार्गलाई ट्रन्क रुट मानिन्छ, जहाँ ठूला जहाजहरूले उडान भर्छन् । चिनियाँ जहाज एम ए ६० यस्ता धावनमार्ग भएका हवाई अड्डाको लागि उपयुक्त ठहर गरेको थियो ।
नेपाल सरकारले चिनियाँ सरकारसँग सम्झौता गर्नुपूर्व ती जहाजहरू अनुदानमा खोज्यो । चीनले अनुदानमा दिन नसकिने तर धेरै सङ्ख्यामा किन्दा दुईवटा अनुदानमा दिनसक्ने गरी ६ वटा किन्ने सम्झौता भयो । यस सम्झौताअनुसार एउटा एम ए ६० र एउटा वाई १२ ई नेपालले अनुदानमा पायो जुन करिब रु. तीन अरब बराबरको थियो र अन्य चारवटा जहाज करिब ४ अरब बराबरको थियो जसलाई चिनियाँ एक्जिम बैङ्कको नरम ऋणमा (१.५ प्रतिशत ब्याज दरमा) नेपाल सरकारको अर्थ मन्त्रालय जमानी बसेर उपलब्ध गराएको थियो । चिनियाँ सरकारले नेपाललाई ऋण तिर्न गा¥हो नहोस् भनेर सात वर्षको ग्रेस अवधि दिएको थियो, जसअनुसार सात वर्षसम्म पैसा तिर्नुपर्दैनथ्यो तर सबै ऋण २० वर्षमा चुक्ता गर्नुपथ्र्यो ।
यसरी नेपाल वायुसेवा निगमको कायापलट गर्ने योजना बनाएर ल्याइएको चिनियाँ जहाजलाई करिब दुई वर्षदेखि ‘भालुको कम्पत’ ठान्दै ह्याङ्गरमा थन्काइयो । निगमले यसको कारण दियो – जहाजको स्पेर्यस् पार्टस् ७५ प्रतिशतसम्म महँगो, आवश्यक प्राविधिक र पाइलटको व्यवस्था गर्न गाह्रो, प्राविधिकलाई तालिम दिन धेरै खर्चिलो, बीमाबापत तिर्नुपर्ने रकम अति महँगो, पाइलटहरू चिनियाँ जहाज उडाउन इच्छुक छैनन्, जहाजले सोचे जति परफरमेन्स दिन नसकेको आदि ।
फेक बिजिनेस प्लान, कमिसन र बेइमानीको गोलचक्कर
कुनै पनि निजी वा सरकारी कम्पनीले बिजनेस सुरु गर्नुअघि व्यापक गृहकार्य गरेर व्यवस्थापन तथा प्राविधिक व्यक्तिहरूको संलग्नतामा विस्तृत व्यवसायिक कार्ययोजना (बिजिनेस प्लान) तयार गरेर ऋण र ब्याज सबैको दायित्व हिसाब र रिस्क फ्याक्टरको विश्लेषण गरेरमात्र त्यस नयाँ भेन्चरमा लगानी गर्छ । यति गर्दागर्दै पनि प्राविधिक त्रुटी र कमजोरी, व्यवस्थापकीय अक्षमता, मानव संसाधनको सही परिचालन नहुने तथा अन्य प्राकृतिक प्रकोप वा आफ्नो बसभन्दा बाहिरका फ्याक्टरहरूको कारण पनि व्यवसाय असफल हुने गर्छन् । व्यवसाय असफल गर्ने अर्को कारण साबोटेज (Sabotage) कम्पनीभित्रकै कर्मचारीहरूबाट बेइमानी गरेको मानिन्छ । साथै, आफ्ना अरु प्रतिस्पर्धी कम्पनीहरूको व्यापारिक रणनैतिक चालबाजीले पनि बिजिनेस असफल बनाउने अर्को महत्वपूर्ण तत्व हुने गर्छ ।
प्राविधिकरूपमा स्टोल रुट (STOL Route = Short take-off and Landing) भनिन्छ । यस्ता धावनमार्गको लागि विशेष क्षमताको जहाज बनाइएको हुन्छ जसले छोटो धावनमार्गबाट उडान भर्न सक्छ र लैन्ड पनि गर्न सक्छ । नेपालका लुक्ला, जोमजोम, डोल्पा, मनाङ, सिमीकोट, रारा र जुम्लाका विमानस्थलमा यस्तै स्टोल धावनमार्गहरू छन् । यी स्टोल रुटको लागि नेपालमा क्यानाडामा बनेका टुइन अटर विमान प्रख्यात छन् । त्यस्तै ठूलो जहाजलाई उडान भर्न र ल्याण्ड गर्नको लागि लामो धावन मार्गको आवश्यक हुन्छ जसलाई प्राविधिक रूपमा ट्रन्क रुट (TRUNK Route) भनिन्छ । नेपालगञ्ज, पोखरा, सिमरा, नारायणघाट, विराटनगर, धनगढीका धावनमार्गलाई ट्रन्क रुट मानिन्छ, जहाँ ठूला जहाजहरूले उडान भर्छन् । चिनियाँ जहाज एम ए ६० यस्ता धावनमार्ग भएका हवाई अड्डाको लागि उपयुक्त ठहर गरेको थियो ।
नेपाल वायुसेवा निगमको हकमा माथिका सबै तत्वहरूले कार्य गरेको देखिन्छ । अझ चिनियाँ जहाज जहिलदेखि नेपालभूमिमा उत्रियो, त्यतिबेलादेखि नै यसको खोइरो खन्ने क्रम सुरु भएको यस पङ्क्तिकारको अनुभव छ । पोखराको एक व्यापारीले चिनियाँ जहाजको खिल्ली उदाउँदै – जहाजको पङ्खा नघुमेर यता र उता ढ्याङढ्याङ र ढुङढुङ गरेपछि बल्ल पङ्खा घुम्यो भनेर यसलाई खेत जोत्ने ट्याक्टरसँग तुलना गर्दै थियो । आज जति पनि कारण देखाएर चिनियाँ जहाज उडाउन नसकिने भनिएको छ त्यो निराधार वा केटाकेटी पाराको तर्क हो । ती सबै कुराहरूको निक्र्योल जहाज किन्नुपूर्व नै हुनुपर्ने हो । यी सबै कुराको लेखाजोखा नगरी किन जहाज हतारमा किनियो त भन्ने प्रश्नको जवाफ एउटैमात्र पाइन्छ – कमिसनको लागि । कमिसन खानेको स्वार्थ पूरा भयो र जहाज थन्काइयो । यस मुद्दामा जहाज नेपालको लागि उपयुक्त छ भनी सिफारिस गर्ने प्राविधिक टोलीदेखि बिजिनेस प्लान बनाउने अधिकारीहरूसम्म कोही जवाफदेही हुनुपर्दैन ? चिनियाँ जहाजको कुरामात्र होइन, बोइङदेखि एअरबससम्म किनेको र चलाएको निगम अझै पनि घाटाको घाटामै छ । नेपाल एअरवेजका सम्बन्धमा आज भर्खरैको एउटा समाचारले व्यवस्थापकीय कमजोरीले न्यारोबडि विमान किलो एक्सरे (लुम्बिनी) जहाजको ११ नम्बरको सिटको हात भाँचिएको कारण दुई महिनामा रु.९० लाख बराबरको आम्दानी गुमाउनु परेको समाचार छाप्यो (‘कान्तिपुर’ दैनिक, ७ पुस) । यहाँ प्राविधिक कुरा कम र व्यवस्थापकीय कुरा, भागबन्डामा राजनैतिक नियुक्ति, सेबोटेजको रूपमा कर्मचारी हडताल र प्रतिस्पर्धी निजी कम्पनीको चालबाजीले निगमलाई असफलताको भूमरीमा धकेल्न ठूलो भूमिका खेलेको देखिन्छ ।
नेपालमा भारतीय एकाधिकार पुँजी
नेपाल वायुसेवा निगमलाई असफल बनाउन माथि उल्लेखित कारणहरूमध्ये नेपालको हकमा अर्को प्रबल तत्व छिमेकी भारतको जालसाजी हो । उसले नेपाल कहिल्यै आत्मनिर्भरको बाटोमा हिँड्न सफल होस् भन्ने इच्छा गरेको छैन । अझ चीनसँगको हिमचिमलाई उसले फुटेको आँखाले पनि सहँदैन । प्राविधिकरूपमा चिनियाँ जहाजहरू त्यस्तो कमजोर हो र भन्ने प्रश्नमा नेपालमा जहाज र हिमालका बारेमा जानकारी राख्ने पत्रकार कुन्द दिक्षीत भन्नुहुन्छ त्यस्तो नहुनुपर्ने हो, आज कुनै पनि एउटा सिङ्गो मेसिन एउटै देशमा बन्दैन, त्यस मेसीनको पार्टपुर्जा विभिन्न
देशमा बनेको हुन्छ । हुन पनि युरोपको विश्वप्रख्यात बोइङ विमानको पखेटा र अरु सामान र अन्तिम एसेम्ब्लीङ चीनमै गरिन्छ । चिनियाँ सामानलाई नेपाल भित्रिनबाट असफल गर्ने षड्यन्त्रमा कुनै न कुनै भूमिका भारतकै रहेको धेरै प्रमाण भेटिन्छ । नेपाली व्यापारीहरूले धेरैपल्ट चिनियाँ विद्युतीय मोटर र मोटरसाइकल नेपाल भित्याउने प्रयास गरे तर विफलका नानाथरी बहाना बनाएर नेपालकै मन्त्रालयबाट त्यस्तो प्रस्ताव अस्वीकार गराइन्छ । जलविद्युत्को क्षेत्रमा पनि भारतले यस्तै नीति अख्तियार गर्यो । भारतको लगानी भएको जलविद्युत् आयोजनाबाट मात्र नेपालको बिजुली किन्ने भारतको नीतिले प्रस्टैरूपमा चिनियाँ लगानीमा बनेको वा नेपालीको लगानीमा बनेको आयोजनाको बिजुली नकिन्ने भनेको हो ।
चिनियाँ सामानलाई नीच देखाउने, चिनियाँ परियोजना लागु गर्न नदिने र लागु भएकालाई असफल बनाउन नियोजितरूपमै भारतले नेपालमा गिरोह तयार गरेको अनुमान लगाउन गाह्रो छैन । यस्तो गिरोहका सदस्यहरू मन्त्रालयका कर्मचारी र पिउनदेखि सचिवसम्म, राजनैतिक पार्टीका नेतादेखि मन्त्री र प्रधानमन्त्रीसम्म भएको अनुमान गरिन्छ । भारतको एकाधिकार पुँजीमात्र नेपालमा स्थापित गर्न र नेपाल, भारतकै आर्थिक प्रभुत्व भित्र होस् भन्ने भारतको नियोजित षड्यन्त्रलाई निस्तेज पार्न नसकुञ्जेल नेपाल उँभो नलाग्ने प्रस्ट छ ।
Leave a Reply