सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
काठमाडौं, २६ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले निर्वाचन विचार र सिद्धान्तको लडाइँ हो भन्नुभएको छ ।
सोमबार सगरमाथा विशेष कार्यक्रममा सञ्चालकसँग कुराकानी गर्दै अध्यक्ष रोहितले निर्वाचन जनतालाई सुसूचित पार्ने अवसर हो, दलका नेता तथा कार्यकर्ताहरू सिद्धान्त, दर्शन र विचारको आधारमा प्रचार प्रसारमा जुट्नुपर्छ भन्नुभयो ।
सबभन्दा ठूलो मन्त्रिमण्डल गठनबारे सोधिएको एक प्रश्नको जवाफमा सिद्धान्त र राजनीतिक मतलब नराख्ने शेरबहादुर देउवाबारे राजनीतिक विश्लेषकहरूले पहिले गरेको विश्लेषण अहिले सावित भएको उहाँले बताउनुभयो ।
सरकारले ल्याएको थ्रेसहोल्ड देश र जनताको सेवा गर्न ल्याएको होइन, विचार र सिद्धान्तलाई एक गर्न होइन –अध्यक्ष रोहितले भन्नुभयो ।
व्यवस्थापिका–संसदमा प्रतिपक्षी कमजोर भयो भने खबरदारी गर्न नपाउने र तानाशाही चल्ने उल्लेख गर्दै उहाँले भन्नुभयो – दलको घोषणापत्र जनतालाई विश्वास दिलाउन हो, निर्वाचनमा घोषणापत्रमार्फत जितिसकेपछि घोषणापत्र लागू नगर्नु धोका हो । धोका दिने दललाई उम्मेदवारी दिन नपाउने बन्दोबस्त थ्रेसहोल्डमा गर्नुपर्छ ।
नेमकिपा सरकारमा किन जाँदैन भन्ने अर्को प्रश्नको जवाफमा अध्यक्ष रोहितले भन्नुभयो, ‘निर्वाचनमा जनताले सरकारमा जान होइन प्रतिपक्षमा बसेर देश र जनताको सेवा गर्न मत दिएका हुन्, नेमकिपाको घोषणापत्रमा सरकारमा जाने उल्लेख छैन ।’
बहुमत जनता अझै सचेत र सङ्गठित नभएको हुँदा पूँजीवादी शासकहरूलाई हराउन नसकेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरू जनतामाझ पुग्न अझै अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।
पैसा बढी बाँड्ने, लोभलालच देखाउने दललाई भोट दिने जनताको वस्तुस्थितिबारे चर्चा गर्दै अध्यक्ष रोहितले सत्तासीन दलका नेताहरूले पञ्चायतकालको काम अहिले दोहो¥याइरहेको बताउनुभयो ।
Leave a Reply