भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, १४ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको लागि आयोजना गरिएको तीनदिने लेखा तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले आफूसँग भएको ज्ञान र सीप अरूलाई सिकाउनु नै आफ्नो उपलब्धि भएको बताउँदै आफूले प्राप्त गरेको तालिम व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
आफूले इमानदारीपूर्वक गरेको कामबाट अरुलाई प्रभावित गर्न सके सफलता प्राप्त हुने बताउँदै उहाँले विद्यार्थीको योग्य र क्षमताअनुसार विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्न शिक्षकहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लेखा समिति संयोजक एवम् भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले शिक्षक र कर्मचारीहरू प्रविधिसँगसँगै अगाडि बढ्न र आर्थिक क्षेत्रमा मितव्ययिता अपनाउन तालिमको आवश्यकता हुने बताउनुभयो ।
समापन कार्यक्रममा तालिमका प्रशिक्षक टङ्कप्रसाद उपाध्याय, वडा सदस्य पुरुषोत्तम तमखु, शिक्षक दीपक माक र शिक्षिका रीतामैंया सुवालले पनि बोल्नुभयो ।
Leave a Reply