आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
निर्वाचनको यथार्थ परिणाम नयाँ मन्त्रीमण्डलले देखायो । एक आलोचित, असफल, अति व्यक्तिवादी, पदलोलुप, सिद्धान्तहीन एवम् विदेशी शक्तिको पछि दौड्ने व्यक्तिको नेतृत्वमा केही महिना वा एक–डेढ वर्षको निम्ति देश चल्ने भयो । दुई सिद्धान्तहीन राजनैतिक गठबन्धनको अवसानपछि एक अर्को अघोरी बाबाको सरकार बन्यो । जसरी बैङ्क वा पुँजीवादी संस्थाहरूमा जसको बढी हिस्सा हुन्छ त्यसकै नीति चल्छ भनेजस्तै ज–जसले जसको जसको पुँजी खर्च गरी निर्वाचनमा विजय प्राप्त ग¥यो, त्यस त्यस दलले त्यही पुँजीको साँवा र ब्याज फिर्ता लिन सरकारमा भाग लिएको अर्थ लाग्छ ।
के यी दल र मन्त्रीहरूले निर्वाचनमा सफलता र सरकारमा जानुभन्दा पहिले जनता सामुन्ने कुनै आ–आफ्ना उद्देश्य बताएका थिए ? के कसैले देशमा कृषिलाई प्राथमिकता दिएर दैनिक दुई छाक खाने वस्तु र अन्न, तरकारी, माछा–मासु, दूध–दही–घिउ, औषधि उपचार, स–साना नानीहरू पढ्ने पढाउने पुस्तक र कापीमा आत्मनिर्भर बनाउने कुनै आश्वासन दिए ? भएका सार्वजनिक कलकारखाना पुनः स्थापना गरी थप नयाँ उद्योगधन्दा खोली ६०–७० लाख युवाहरूलाई देशभित्रै काम–माम दिने व्यवहारिक प्रतिज्ञा गरे ? त्यतिमात्रै होइन वर्षको खरबौँ रूपैयाँको गाडी, मेसिनरी सामान, तार–टेलिफोन, मोबाइल आदि आजकल सबैले प्रयोग गर्ने विदेशी सामानको आफ्नै देशमा मर्मत गर्ने उद्योग–व्यवसाय खोल्ने वचन दिए ? जसले अर्बौँ र खर्बौँ देशको धन बचाउनेछ ।
के यी चुनाव जितेर सरकारमा गएका दल र नेताहरूले समाजमा भइरहेको शोषण, मिटरब्याजी र भ्रष्टाचार निर्मूल गर्ने तथा भूमिसुधार गर्ने, बेरोजगार युवाहरूलाई व्यक्तित्व विकासमा समान अवसर दिने तथा ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिने’ वचन दिएका थिए ? अहँ, दिएनन् । यसकारण, यो सरकारबाट यस्ता अत्यन्त जरुरी काम केही हुने छैन, आशा गर्नु पनि व्यर्थ छ । गरेमा सबै आश्चर्य मान्नेछन् ¤
के उनीहरूले निःशुल्क शिक्षा र स्वास्थ्य उपचारको कुनै वचन दिएका छन् ? शिशुशाला, बालोद्यान र ज्येष्ठ नागरिकहरूको सेवाको निम्ति ‘आदर निकेतन’ तथा असक्षम (अपाङ्ग) हरूको सेवाको निम्ति कुनै सुनिश्चितताको कबुल गरेका छन् ? छैनन्, तिनीहरूले धेरै गरे चुनावमा पैसा बाँडेजस्तै ज्येष्ठ नागरिकहरूलाई केही थप पैसा बाँड्ने छन्, बन्दोबस्त गर्ने छैनन् ।
पुँजीवादी र शासक दलका कार्यकर्ताहरूमा आ–आफ्नो स्तरअनुसार वडा, नगर, जिल्ला र प्रदेश स्तरको वडाध्यक्ष, मेयर, उपमेयर, प्रदेश सदस्य, मुख्यमन्त्री, मन्त्री, सभामुख तथा सङ्घीय संसद्, मन्त्री, सभामुख, उपसभामुख एवम् प्रधानमन्त्रीको अवसर दिएन भनी भित्र र बाहिर समेत सुनिने गरी रडाको चल्यो । चुनावको निम्ति के कति देखिने र नदेखिने चन्दा सहयोग तथा देशी र विदेशी व्यापारी ठेकेदार र कम्पनीहरूसँग के कति मोलतोल भयो भन्नेबारे पारदर्शी हुने विषय होइन । त्यो त पुँजीवादी प्रजातन्त्रको उद्गमस्थल भनिएको बेलायत र अमेरिकामा त भइरहेको छैन भने भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, बर्मा र नेपालको के कुरा रह्यो र ¤ त्यसबाट जोगिन दलहरूले अर्थात् नेतृत्वले लाखौँ र करोडौँ खर्च गर्न सक्ने नेता र कार्यकर्ताहरूलाई उम्मेदवार बनाए ।
पुँजीवादी दललाई कम्युनिस्ट र पञ्चहरूलाई हराउन मोटरमा होइन हवाईजहाजबाट यात्रा गर्न र चुनाव जित्न एक विदेशी संस्थाले दिएको सल्लाह स–साना प्रगतिशील र क्रान्तिकारी भनिने प्राध्यापक अध्यक्षहरूलाई समेत प्रभावमा पारी एक हप्ताको जिल्ला भ्रमणमा रु. एक लाख खर्च गरेका कार्यकर्तामा गुनासो हुनु स्वाभाविक बताइयो । त्यस्ता ‘जेन्टलमेन’ र पुँजीवादी कार्यकर्ताको आत्मकेन्द्रित र व्यक्तिवादी चरित्रलाई तल्लो कार्यकर्ताको ‘निःस्वार्थरूपले काम गर्ने भावनामा’ चोट पुग्नु स्वाभाविक थियो ।
अब प्रजातन्त्रको निम्ति भूमिगत काम गरेका गरिब, निम्न मध्यम वर्ग र दुःख पाएका विभिन्न जातजाति, भाषाभाषी र आर्थिक अवस्था कमजोर बुद्धिजीवी कार्यकर्तासमेत लाखापाखा लागे । प्रतिस्पर्धा र इष्र्याले धनी, व्यापारी, ठेकेदार, कालाबजारी र भ्रष्टाचारी कर्मचारीसँग पनि मोलतोल गरी चन्दा र सहयोग लिई साँचो अर्थमा दलहरूलाई पुँजीवादी दलहरूमा खसालियो । यो पश्चिमी प्रजातन्त्रको सन्देश र शिक्षा हो । यसैकारण, देश झन्झन् देशी र विदेशी पुँजीवादी एकाधिकार पुँजीको पञ्जामा फस्दै गयो ।
त्यसको प्रभाव कम्युनिस्ट, प्रगतिशील र क्रान्तिकारी भनिने राजनैतिक दलहरूमा समेत प¥यो । एउटा पुँजीवादी पार्टीको प्राध्यापक सङ्घका अध्यक्षलाई एक राजदूतावासले बोलाएर कम्युनिस्ट र पञ्चहरूसँग बस र मोटरमा यात्रा गरेर निर्वाचन जित्न नसक्ने हुँदा एक ‘पुलिन्दा’ सहयोग गर्न खोज्यो । नयाँ अध्यक्ष विदेशी दूतावाससँग सङ्गत नगरेको हुँदा उनी सल्लाह गरेर उत्तर दिने भन्दै फुत्के । एक जना नेताले सर्त नभए लिए पनि हुने र अर्को नेताले प्राध्यापक सङ्घको निर्वाचनमा विदेशीसँग सहयोग लिनु हुन्न भनी कडा आलोचना गरे । तर, त्यस प्राध्यापक सङ्घका अध्यक्षलाई नेतृत्वले अव्यावहारिक कार्यकर्ता ठहर गरी वषौँसम्म मुख्य प्रवाहबाट पन्छाएको व्यापक चर्चा चलेको थियो ।
पुँजीवादी दललाई कम्युनिस्ट र पञ्चहरूलाई हराउन मोटरमा होइन हवाईजहाजबाट यात्रा गर्न र चुनाव जित्न एक विदेशी संस्थाले दिएको सल्लाह स–साना प्रगतिशील र क्रान्तिकारी भनिने प्राध्यापक अध्यक्षहरूलाई समेत प्रभावमा पारी एक हप्ताको जिल्ला भ्रमणमा रु. एक लाख खर्च गरेका कार्यकर्तामा गुनासो हुनु स्वाभाविक बताइयो । त्यस्ता ‘जेन्टलमेन’ र पुँजीवादी कार्यकर्ताको आत्मकेन्द्रित र व्यक्तिवादी चरित्रलाई तल्लो कार्यकर्ताको ‘निःस्वार्थरूपले काम गर्ने भावनामा’ चोट पुग्नु स्वाभाविक थियो ।
हप्ताको एकदुई दिन कार्यालयमा उपस्थित भई दुई चार पृष्ठ लेखेरै महिनामा केही हजारको माग गर्ने शिक्षक, प्राध्यापक र बुद्धिजीवीहरूसँग साधारण कार्यकर्ताले चित्त दुखाउनु पनि त्यत्तिकै स्वाभाविक हो । हिजो ‘सर्वहारा’ र ‘क्रान्तिकारी’ भनिएका दलहरू पनि एक–एक गरेर पुँजीवादी दलहरूको पुच्छर बनी पुँजीवादी सरकारहरूमा सामेल हुन बाध्य भए । यसकारण, अन्य प्रगतिशील र कामदार वर्गका दलहरूमा पनि ‘जेन्टलमेन’ र ‘पुँजीवादी’ नेता एवम् कार्यकर्ताहरूलाई आलोचना हुँदै छ । यो राम्रो संस्कार हो । तर, केही प्रगतिशील भनिएका राजनैतिक दलहरू पैसा जोड्न नै घर–जग्गाको व्यापार र विदेशमा ज्यामी पठाउने काममा हात हालेको सुन्दा उदेक लाग्छ ।
एक जना कार्यकर्ताको घरमा आएका पाहुनाहरूलाई महिनाको एक–दुई किलो चिनी र चियाको सत्कारकै कारण आफूहरू घरबाट डेरामा सर्नुपर्ने कार्यकर्ताहरू बताउँछन् । समाजवादी क्रान्तिको निम्ति पहिले आफूहरू नै पुँजीपति बन्नुपर्छ भन्ने भावना पूर्णरूपले खोटपूर्ण दृष्टिकोण हो । गत शताब्दीको ६०–७० को दशकमा संशोधनवादी रुसको ऋण तिर्न अध्यक्ष माओ र अन्य चिनियाँ नेताहरूले आफ्नो खानाबाट कति महिना र वर्ष मासुको परिकारमा कमी ल्याएको सुनिएको थियो । आफ्नो आम्दानीको ठूलै भाग पनि पार्टीलाई सघाइरहने मजदुर, किसान, बुद्धिजीवी र व्यापारी साथीहरू आज पनि सूचीमा भएको बताउँछन् । त्यस लाममा युवक र विद्यार्थीहरू पनि छन् ।
आत्मकेन्द्रित र व्यक्तिवादी भावनाबाट नेता र कार्यकर्ताहरू मुक्त हुनुपर्छ । आवश्यकता परेमा हरेक ठाउँमा समर्पणको भावनाबाट तोकिएको क्षेत्र वा चौकीमा सङ्घर्षरत रहनु प्रकाशलाई पर्खनुसरह हुनेछ ।
कम्युनिस्ट आन्दोलनमा घरका सम्पन्न नेताहरूलाई ‘वेज’ (पारिश्रमिक) वा ‘पारितोषिक’ दिने गर्दैनथ्यो । आज काठमाडौँमा राजनैतिक नेताहरूको ठूलठूला धेरै भवन, बैङ्कमा मौज्दात, ठूलठूला शेयरको रकम, कम्पनी, होटल, निजी मेडिकल कलेज, विश्वविद्यालय र निजी अस्पतालहरूका हिस्साबारे चर्चामा आइरहेका छन् । आलोचना सहन नसक्नेहरूले दलमा राजीनामा दिँदै छन् भने केही चन्दादाता बुद्धिजीवीहरूले पार्टी र नेताहरूलाई दिइआएको चन्दा र सहयोग बन्द गरिदिएको जानकारीमा आएका छन् । केही सहकारी संस्थामा आएका केही घोटालाहरूमध्ये ठूलाबडा राजनैतिक दल र कार्यकर्ताहरूसँग सम्बन्ध जोडिएको बताइन्छ ।
पुँजीवादको बिउ नै समाजवाद नभई पुँजीवादी समाजभित्रकै अन्तरविरोधले समाजवादी क्रान्तिको निम्ति मलजल पुग्नु स्वाभाविक हो । यसको अर्थ पुँजीपतिवर्ग र पुँजीवादी पार्टीले नै समाजवाद ल्याउँछ भन्ने धारणा पूर्णरूपले खोटपूर्ण हुन्छ । हो, पुँजीपति र सामन्त वर्गबाट आएका केही व्यक्तिहरूले समाजको हितमा, शिक्षा, संस्कृति र राजनीतिक एवम् समाजवादी क्रान्तिको निम्ति सहयोग पु¥याउने महान् व्यक्तित्वहरू पनि नभएका होइनन् । टोल्स्टाय, रवीन्द्रनाथ ठाकुर, सन यातसेन, सुङचिङ–लिन, गोर्की र लुशुनजस्ता सांस्कृतिक र राजनैतिक फाँटका व्यक्तित्वहरूबाट समाजमा आमूल परिवर्तन ल्याउने कार्यका प्रत्यक्ष या अप्रत्यक्ष योगदान पुगेको सर्वविदित छ ।
केही सामाजिक, राजनैतिक नेता तथा कार्यकर्ताहरूको आ–आफ्नो सम्पत्तिप्रतिको लोभ र आशक्तिको कारण तिनीहरू समाजमा गुनासाको एक पोको वा आलोचनाको विषयवस्तु बन्ने गर्छन्, सानो कुराले तिनीहरूको व्यक्तित्वमै ठूलो दाग लाग्नेबारे सचेत हुनैपर्छ किनभने जनताको आँखा दूरबीनसरह हुन्छ, जनतामा अपाच्य विषयबाट कार्यकर्ताहरू जोगिनु भविष्यको निम्ति अत्यन्त सकारात्मक पक्ष बन्नेछ ।
केही महिला र युवा कार्यकर्ताहरूले आ–आफ्ना दलहरूमा आफूले रोजेको पद दिएन र जित्ने क्षेत्रको निर्वाचनमा उम्मेदवार बनाइएन भन्ने गुनासो व्यापक छ । नातावाद र कृपावादबाहेक अन्य विषयमा जनताको माझमा वषौँसम्म काम नगर्ने र सेवामा निरन्तरता नभएका उम्मेदवारहरूलाई मतदाताले पहिलेको चुनावपछि ‘एकपटक पनि गाउँ, जिल्ला र टोलमा पाइला’ नहालेको भनी मुखैमा आलोचना गरेको चारैतिर सुनिन्थ्यो । यसकारण, आत्मकेन्द्रित र व्यक्तिवादी भावनाबाट नेता र कार्यकर्ताहरू मुक्त हुनुपर्छ । आवश्यकता परेमा हरेक ठाउँमा समर्पणको भावनाबाट तोकिएको क्षेत्र वा चौकीमा सङ्घर्षरत रहनु प्रकाशलाई पर्खनुसरह हुनेछ ।
Leave a Reply