इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
चीनबारे बोल्टन के भन्छन् ?
बहुध्रुवीय बनिरहेको वर्तमान विश्वमा बोल्टन चीनसँगको अमेरिकाको सम्बन्धले एक्काइसौँ शताब्दीको विश्व परिवेश निर्धारण गर्ने बताउँछन् । सारमा उनको विचार यसप्रकार छ ः “सन् १९७९ मा देङ स्याओ पिङले चीनलाई परम्परागत माक्र्सवादभन्दा फरक बाटोमा लगे । यसका दुई असर देखिने अमेरिकीहरूको आकलन थियो । एक, विदेशी लगानी भित्र्याएर चीन बजार अर्थतन्त्रमा प्रवेश गर्नेछ र अन्तर्राष्ट्रिय आर्थिक नियमको पालन गर्नेछ अथवा खुला अर्थनीतिमा आउनेछ । दोस्रो, अर्थतन्त्र उकासिएपछि चीनले पश्चिमा प्रजातन्त्र अपनाउनेछ, आवधिक निर्वाचनमा जानेछ, आर्थिक–राजनीतिक स्वतन्त्रता बढ्नेछ र मध्यम वर्गको उदय हुनेछ । यसका साथै चीनले क्षेत्रीय वा विश्व प्रभुत्वमा आँखा गाड्नेछैन, अन्तर्राष्ट्रिय होडबाजीमा भाग लिनेछैन ।”
बोल्टन अमेरिकाले लिएको यो अपेक्षा पूरा नगरेको गुनासो गर्छन् । मानौँ यी सबै सर्त पालन गराउन रिचर्ड निक्सनले माओसँग हात मिलाएका थिए । आर्थिक सङ्कटमा फसेको अमेरिकाले बाध्य भएर चीनसँग सम्बन्ध जोडेको घामजत्तिकै छर्लङ्ग छ । बोल्टन थप आरोप लगाउँछन् – “चीनले विश्व व्यापार सङ्गठनको नियम मिच्यो । बौद्धिक सम्पत्ति चो¥यो, विदेशी लगानीकर्ताहरूलाई विभेद ग¥यो, भ्रष्ट व्यवहार ग¥यो र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ मार्फत ऋण कुटनीति लागू गर्न खोज्यो । घरेलु अर्थतन्त्रमा हेरफेर गरेन, निरंकुश पाराले चल्यो । चीनको नीति अमेरिकालक्षित रह्यो । ऊ युरोप, जापानलगायत औद्योगिक प्रजातन्त्रहरूविरुद्ध लाग्यो । चीनले खुला बजार अर्थतन्त्रलाई आफ्नो राजनीतिक र सैन्य अभिष्ट पूरा गर्न प्रयोग ग¥यो । चीनका निजी कम्पनीहरू उसको सेना र गुप्तचर विभागका हतियार मात्र हो । यी दुवै निकाय विदेशी सरकार मात्र होइन, निजी कम्पनीहरूविरुद्ध साइबर युद्धमा क्रियाशील छन् ।”
बोल्टन थप लेख्छन् – “चीनले पश्चिमी प्रजातन्त्र अपनाएन । उल्टो माओपछिकै शक्तिशाली राष्ट्रपति सी चिनफिङलाई सत्तामा ल्यायो । हङकङका बासिन्दाले अस्तित्वको सङ्कट भोग्नुप¥यो । ठूलो मात्रामा जातीय र धार्मिक अत्याचार भयो । चीनको सैन्य शक्ति बढ्यो । साइबर क्षेत्रमा उसले सबैभन्दा आक्रमक कार्यक्रम चलाइरहेको छ । नौसेनामा पाँच सय वर्षकै उच्च विकास ग¥यो । गठ्ठाघरमा क्षेप्यास्त्र र पनडुब्बीहरू थुपा¥यो । अमेरिकी हतियारलाई निस्तेज पार्ने खालका भूउपग्रहविरोधी हतियारहरू निर्माण ग¥यो । ऊ अमेरिकालाई एसियाली समुद्री किनारबाट धपाउन उद्यत छ । जनसेनाले परम्परागत युद्धनीतिभन्दा धेरै ठूलो सामथ्र्य हात पारिसकेको छ । यी विकास अमेरिकी स्वार्थ र विश्वभरिका अमेरिकी मित्र देशहरूको निम्ति खतरा हो ।” अमेरिकालाई पछि पार्नुमा राष्ट्रपति ओबामाको कार्यकाललाई पनि बोल्टन दोष दिन्छन् ।
बोल्टन निष्कर्ष दिन्छन्, “चीनले हाम्रो नियमअनुसार खेल खेलेन । चिनियाँ चुनौतीअनुसार अमेरिकाले नीति निर्माण गर्न आवश्यक छ ।” बोल्टन जापानी एड्मिरल इसोरोकु यामामोटोको भनाइ सम्झिन्छन् । पर्ल हार्बरमाथिको आक्रमणपछि यामामोटोले भनेका थिए, “हामीले सुतेको भूतलाई जगाएका छौँ र उसमा भयानक प्रतिशोधको भावना भरेका छौँ ।” चीनसँग हात मिलाएर अमेरिकाले भूतलाई जगाएको बोल्टनको निष्कर्ष छ ।
चीनको विषयमा ट्रम्पको धारणा स्पष्ट थियो । उनले अर्थतन्त्र बलियो नहुँदासम्म राजनीतिक र सैन्य हिसाबले देश बलियो हुन नसक्ने बुझेका थिए । अर्थतन्त्र सबल तुल्याएपछि मात्र भेगीय प्रभुहरूसँग जुध्न सकिने ट्रम्पको विचार थियो । चीनको अस्वाभाविक आर्थिक वृद्धि रोके उसको सैन्य विकासलाई पनि रोक्न सकिन्छ भनी ट्रम्पले सोचे । यी विचारले गर्दा वासिङटन प्रशासन विभाजित भयो । ट्रम्पको सरकारमा मनुचिनजस्ता ‘चीनप्रेमी’, केभिन हासेट र कड्लोजस्ता खुला व्यापारका पक्षपाती र चीनविरोधी रोस, लाइटहाइजर र नाभारो थिए ।
बोल्टनले चिनियाँ रणनीतिअनुसार चिनियाँ व्यापार नीति बनाउन खोजे । त्यसै अनुसार नारा तय भयो, “स्वतन्त्र र खुला हिन्द प्रशान्त” क्षेत्र । दक्षिणपूर्वी एसिया र दक्षिण एसियामा सबथोक चीनको वरिपरि घुम्दैन भनी देखाउन पनि यस्तो नीति बनाएको बोल्टन सगर्व लेख्छन् ।
‘जेटिइ’ कम्पनी प्रकरण
बोल्टन ह्वाइट हाउस पस्दा ट्रम्प आफ्नै सुरले अघि बढ्दै थिए । व्यापार घाटामा जानु देशले हार्नु हो र व्यापार नाफामा जानु देशले जित्नु हो भन्ने ट्रम्पको स्पष्ट विचार थियो । चीनसँगको व्यापारमा घाटा हुनुको कारण बौद्धिक सम्पत्तिको चोरी हो भन्ने बोल्टनले सोचे । मालसामानको मूल्य कम राख्न चीन सरकारले अनुदान दिएकोलाई उनी अर्को कारण ठाने । चीन र अन्य देशको सस्तो श्रमशक्तिका कारण अमेरिकामा रोजगारीका अवसरहरू घटेको उनको अर्को निष्कर्ष थियो । तर व्यापार घाटालाई बोल्टनले लक्षण मात्र ठाने । ठूलो दृश्य ट्रम्पले पनि नबुझेको हुनसक्ने उनको अनुमान थियो ।
२०१८ को मध्य अप्रिलमा रोसले बोल्टनलाई फोन गरेर ‘जीटीइ’ कम्पनीको विषयमा सल्लाह मागे । ‘जीटीइ’ चीनको टेलिकम कम्पनी थियो । अमेरिकाले इरान र उत्तर कोरियामाथि लगाएको नाकाबन्दी मिचेर कारोबार गरेको आरोप अमेरिकाले ‘जीटीइ’ माथि लगायो । बोल्टनले कानुन अनुसार कारबाही गर्न रोसलाई भने । ‘जीटीइ’ माथि कारबाही गरे चीन रिसाउला भन्ने उच्च अधिकारीहरू पनि प्रशासनमा थिए । उनीहरूले कारबाहीमा भाँजो हाल्दै थिए । ट्रम्प आफै पनि रोससँग असन्तुष्ट भए । अर्थमन्त्री मनुचिन ट्रम्पकै समर्थनमा गए । ‘जीटीइ’ को ‘अपराध’ क्षमा गरेकोमा बोल्टन चिढिए ।
‘जीटीइ’ को विषयलाई लिएर ट्रम्प र सीबीच फोनवार्ता भयो । इरानसँगको आणविक सन्धि भङ्ग भएको घोषणा गर्नुअघि यो कुराकानी भएको थियो । सुरुमा ट्रम्पले चिनियाँ व्यापारबारे गुनासो गरे र अमेरिकाका कृषि उपजहरू खरिद गर्न भने । राष्ट्रपति सीले ‘जीटीइ’ को कुरा उप्काए । ट्रम्पले अमेरिकी प्रशासन निकै कडा र कठोर भएको बताए र रोसलाई कारबाही नगर्न भनेको बताए । राष्ट्रपति सीको लागि मात्र आफूले कारबाही नगर्न भनेको ट्रम्पले थपे । चीनलाई सहुलियत दिएकोमा बोल्टन मुर्मुरिए । यता रोसको पारो तात्यो । ‘जीटीइ’ माथि कारबाही हुन्थ्यो भने ऊ टाट पल्टिने निश्चित थियो । तर ट्रम्पकै ‘मुड’ का कारण त्यो हुन नसकेको बोल्टन खुलाउँछन् ।
मे १३ गते ट्रम्पले एउटा ट्वीट गरे – “चीनमा धेरै रोजगारी गुम्ने थियो । मैले राष्ट्रपति सीसँग कुरा गरेपछि चीनको ठूलो फोन कम्पनी ‘जीटीइ’ सुचारु हुँदै छ । वाणिज्य मन्त्रालयलाई सोही अनुसार गर्न निर्देशन छ ।” चीनमा रोजगारी गुम्ने समस्या लिने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति भएको बोल्टन व्यङ्ग्य गर्छन् । ट्रम्पले विश्व अर्थनीति अव्यवस्थित राखेको उनी लेख्छन् । ट्रम्प थोरै मान्छेहरूलाई वरपर राखेर काम गर्थे । दिनदिनै कुरा फेर्थे । यता उनका आसेपासेहरू थरीथरी थिए । लाइटहाइजरले चीनबाट निर्यात हुने मालसामानमाथि भन्सार कर बढाए अमेरिकालाई नाफा हुने देखे । नाभारोले चीनले आफ्नो मुद्रालाई नियन्त्रित गरेको बताए । मनुचिनले यी कुरा स्वीकार गरेनन् । मनुचिन अर्थमन्त्रीभन्दा पनि व्यापारिक सौदागरजस्तो बनेकोमा बोल्टन रुष्ट थिए । उनलाई बोल्टन चीनपक्षधर भन्छन् ।
मे १४ मा ट्रम्पले पुनः ट्वीट गरे – “‘जीटीइ’ चीनको ठूलो कम्पनी हो । त्यसले धेरै पार्टपुर्जा अमेरिकी कम्पनीहरूबाट लिन्छ । यो म र मेरा मित्र राष्ट्रपति सीबीच भएको ठूलो व्यापार सम्झौता हो ।” यो ट्वीटले पनि बोल्टनको मन छियाछिया भयो । ट्रम्पले निजी र औपचारिक सम्बन्धबीच भेद नगरेको बोल्टन आरोप लगाउँछन् । मे १६ मा ट्रम्पले पुनः आफ्नो बचाउ गरे । यसरी उनले न्याय र वाणिज्य मन्त्रालयको काममा भाँजो हालेको बोल्टन लेख्छन् । ट्रम्पले राष्ट्रपति सीलाई हस्तलिखित पत्र लेखेर ह्वाइट हाउस कन्सुलको अधिकार क्षेत्र मिचेको बोल्टनको अर्को चित्तदुखाइ छ । एउटा ठूलो चिनियाँ कम्पनीको घाँटी च्याप्ने मौका गुमेकोमा भने बोल्टनले कहिल्यै ट्रम्पलाई माफ नगरेको स्पष्ट देखिन्छ ।
ब्युनस आयर्समा
सन् २०१८ र सन् २०२० मा हुने अमेरिकी निर्वाचनमा रुसजस्तै चीनले हस्तक्षेप गर्न सक्ने अनुमान रिपब्लिकन पार्टीको अनुमान थियो । किनभने, रिपब्लिकन पार्टीका ट्रम्पले नै व्यापार युद्ध तीव्र पारेका थिए । व्यापार युद्धको कुरा गर्दै गर्दा ‘संरचनात्मक’ युद्ध ओझेल परेको थियो । यस विषयमा ट्रम्पले धेरै केही भनेनन् ।
ट्रम्पको साटो उपराष्ट्रपति पेन्सले त्यो कुरामा जोड दिने भए । निजी भलाकुसारीमा ट्रम्पले चीन र रुसलाई नै सम्भावित खतरा भन्थे । त्यसैले पेन्सको वक्तव्यबारे छलफल हुँदा ट्रम्पले निकै चासो लिए । पेन्सले चीनले अमेरिकी निर्वाचनमा चिनियाँ प्रभावबारे कडा शब्दमा बोले । ती शब्द ट्रम्पका पनि थिए ।
यस्तैमा ब्युनस आयर्समा जी–२० को सम्मेलन हुने भयो । युरोपेली देशहरूलाई पन्छाएर ट्रम्पले राष्ट्रपति सी चिनफिङलाई भेट्ने भए । बैठकको तयारीका लागि बोल्टनले चिनियाँ राज्य काउन्सिलर याङ जेइचीसँग भेटे । जेइचीले भने – चीन सामरिक आश्वासन चाहन्छ, कसैलाई चुनौती दिन वा अमेरिकालाई विस्थापित गर्न चाहन्न, द्वन्द्व वा मुठभेड चाहन्न, बरु दुवैले जित्ने ‘विन–विन’ समाधान चाहन्छ । अर्थमन्त्री मनुचिनले चिनियाँ अर्थनीति हेर्ने लिउ हेसँग भेटे । मनुचिनले लिउका सबै कुरामा सही थापेको बोल्टन लेख्छन् ।
अमेरिकी अधिकारीहरूको छलफलमा लाइटहाइजरले भने – “चीनसँग ‘खुला व्यापार नीति’ को कुरा गर्नु घाँटीमा पासो लगाएर मर्नु बराबर हो ।” अर्थमन्त्री मनुचिनको विचार भने फरक थियो । चीनले अमेरिकी मस्यौरालगायत कृषि उपज र खनिज पदार्थ किन्ने भएकोमा उनी खुसी थिए । मनुचिनले अमेरिकालाई कच्चा पदार्थ निर्यात गर्ने तेस्रो विश्वको देशमा झारेकोमा बोल्टन रिसाए । बोल्टन व्यापार युद्धलाई दुई व्यवस्था (वा पुँजीवादी र कम्युनिष्टहरू) बीचको लडाइँको रूपमा हेर्थे । बोल्टनले अलिकति पनि बौद्धिक चोरीको आशङ्का लागेका सम्पूर्ण चिनियाँ मालसामान र सेवालाई अमेरिकामा बन्देज लगाउनुपर्ने प्रस्ताव राखे । ट्रम्पले पनि त्यसमा सहमति जनाए । तर मुनचिनले आफ्नो अडान छोडेनन् ।
ट्रम्प र राष्ट्रपति सीबीच भेट भयो । सीले ट्रम्पसँग अझ ६ वर्ष सँगै काम गर्न चाहेको बताए । ट्रम्पले आफ्नो लागि अमेरिकी जनताले दुई कार्यकालको प्रबन्ध हटाउनुपर्ने माग राखेको बताए । ट्रम्पले सीप्रतिको ईष्र्याभावले त्यसो भनेको बोल्टन लेख्छन् किनभने चीनमा राष्ट्रपति सीको सम्बन्धमा फरक निर्णय भएको थियो । (पछि डिसेम्बर २९ को कुराकानीमा राष्ट्रपति सीले ट्रम्पलाई संविधान संशोधन गरेर राष्ट्रपति बन्न सल्लाह दिएको बोल्टन दाबी गर्छन् ।) राष्ट्रपति सीले चीनले अमेरिकाको विश्व प्रभुत्वको ठाउँ लिन नचाहेको, बरु एकआपसमा सम्मानभाव राखेर चीनका साढे एक अर्ब जनतालाई स्तरीय जीवन दिन चाहेको बताए ।
बैठकमा मुनचिनले पहिले नै तय भएका विषय राखे । त्यसमा भन्सार कर घटाउनुपर्ने, मुद्राको मूल्य तलमाथि गर्न छोड्नुपर्ने र साइबर चोरी बन्द गर्नुपर्ने विषय थिए । सीले व्यापार युद्धले कसैलाई फाइदा नहुने, त्यसैले थपिएको भन्सार कर हटाउनुपर्ने बताए । ट्रम्पले २५ प्रतिशतबाट पुरानै १० प्रतिशतमा झार्ने आश्वासन दिए । उनले अमेरिकी कृषि उपजहरू खरिद गरिदिन भने । ट्रम्पलाई धेरै भोट किसानहरूले दिएको हुनाले उनले सो प्रस्ताव राखेको बोल्टन लेख्छन् । बौद्धिक सम्पत्तिको कुरा पछिलाई थाती राखियो । यो देखेर बोल्टन आत्तिए । सम्झौताको विस्तृत खाका तयार पार्न ९० दिनको म्याद राखियो । लाइटहाइजरले व्यवस्थासँग जोडिएका प्रश्न उठाउन र चिनियाँ प्रस्ताव च्यातचुत पार्न सक्दो गरे । तर ट्रम्पले बीचमा व्यापारकै कुरा जोडे । उनले फेन्टानिल रसायन अमेरिका नपठाउन राष्ट्रपति सीसँग अनुरोध गरे । त्यस्तै केही चिनियाँ बन्दीहरूलाई रिहा गर्न भने । राष्ट्रपति सीले ती बन्दीहरू चिनियाँ नै भएको उत्तर दिए ।
सम्झौता लेख्ने जिम्मेवारी लाइटहाइजर र ट्रम्पका ज्वाइँ कुश्नरले पाए । ट्रम्पले आफ्ना अधिकारीहरूको परिचय गराए । उनले लाइटहाइजर र नाभारोलाई चील भने, मनुचिन र कड्लोलाई ढुकुर भने र बोल्टन–पोम्पेओको जोडीलाई “यिनीहरूलाई पैसाको मतलब हुन्न” भने । तीन–चार घन्टा भोज चल्यो । ट्रम्पले आफ्ना सफलताहरूको बेलिबिस्तार लगाए ।
Leave a Reply