प्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञाप्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञा
- कार्तिक १८, २०८३
नयाँ वर्ष सन् २०२३ आइतबारबाट आरम्भ भयो । समयको अखण्डता बुझेर पनि मानिस त्यसलाई खण्ड खण्डमा विभाजित गर्छ र हरेक नयाँ खण्डको आरम्भलाई आगामी यात्राको लागि नवीन ऊर्जा बनाउँछ । नयाँ वर्ष आरम्भसँगै मानिस बितेको समयको एक टुक्रा (वर्ष) लाई फर्केर हेर्छ, कहाँ के भयो, के पुगेन, के बढी भयो, भ्याएसम्म लेखाजोखा गर्छ अनि समयको नयाँ खण्डमा प्रवेश गर्छ र बितेको वर्षका कमी कमजोरी नदोहो¥याउने र राम्रा पक्षलाई बलियो बनाउने सङ्कल्प गर्छ । मानिसका सबै अपेक्षा र सङ्कल्प चिताएजस्तो हुँदैन । चिताएको नपुगेका अपेक्षा समयको अर्को खण्डमा पूरा गर्ने निश्चय गर्दै अघि बढ्छ मानिस । समय यसरी नै प्रवाहित भइरहन्छ ।
मानिसको जीवनमा लागु हुने यो समयको वास्तविकता देशहरूको जीवनमा पनि लागु हुन्छ । विकासको व्यवस्थित बाटोमा अघि हिँड्दै गरेको कुनै देशले निश्चित अवधिमा गर्ने कामको प्रस्ट योजना (ब्लुप्रिन्ट) बनाएको हुन्छ । देशको दीर्घकालीन हितसँग जोडिएका यस्ता योजना सफल बनाउन त्यहाँका जनता एकजुट हुन्छन् । राष्ट्रिय सङ्कल्प बनेका ती योजना पूरा गर्न ‘राजादेखि रङ्कसम्म’ ले होस्टेमा हाइँसे गर्छन् । परिणामतः त्यो देशले फड्को मार्छ । राज्य र जनताबिचको यस्तो एकताकै कारण पुँजीवादी देशले सयौँ वर्ष लगाएर गरेको विकास समाजवादी देशले केही दशकमा पूरा गर्छ ।
समाजवादी देशका जनताबिच बलियो एकता हुनुको मूल कारण विचारप्रतिको आस्था र त्यो विचारको अगुवाइ गर्ने नेतृत्व हो । विचार र नेतृत्वप्रतिको बलियो विश्वासको कारण समाजवादी देशले छोटो अवधिमा उल्लेखनीय प्रगति गर्न सक्छ । आफ्नो आस्था भएको विचार र नेतृत्वको लागि जनताजस्तै बलिदानी सङ्घर्ष गर्न पनि तत्पर हुन्छन् । समाजवादी देशमा नेतृत्व सबैका आदर्श र सम्मानित हुन्छन् । नेतृत्वलाई व्यक्तिको रूपमा होइन, विचारको नेताको रूपमा बुझिएको हुन्छ । समाजवादी देशका नेताहरूले जनतालाई त्यस्तो के गरेका हुन्छन्, जसबाट जनता यति दिलोज्यानले नेतृत्वप्रति समर्पित हुन्छन् ? यसको सहज उत्तर हो–आशा ।
चिकपाका स्थापनाकालीन विचार बोकेर आजको समयको लडाइँ लडिरहेको छ ।
सन् २०२२ मा सीले हङकङको भ्रमण गर्नुभयो । हङकङ भ्रमण स्मरण गर्दै उहाँले शुभकामना सन्देशमा त्यहाँ विगतमा देखिएका समस्या समाधान भइसकेको बताउनुभयो । हङकङमा सन् २०२०–२१ मा ‘नागरिक स्वतन्त्रता’ को नाममा केही समय उपद्रव भएका थिए । तर, हङकङ विशेष स्वायत्त क्षेत्रको सरकार र चीन सरकार मिलेर त्यहाँका जनतालाई सत्यतथ्य बुझाउन र उपद्रव समाप्त गर्न सफल भए । उहाँले ताइवान जलडमरुका दुई किनाराका चिनियाँ जनता मिलेर चीनको आगामी यात्रा तय गर्नुपर्नेमा जोड दिँदै ताइवानलाई उक्साएर चीनमाथि हमला गर्ने पश्चिमा प्रयासलाई निस्तेज बनाउनुभएको छ ।
हो, समाजवादी देशको नेतृत्वले जनतालाई दिने वस्तुनिष्ठ आशा नै नेतृत्वप्रति जनविश्वासको मूल आधार हो । पुँजीवादी नेतृत्वले जनतालाई आश्वासन दिन्छन् । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न दिइने त्यस्तो आश्वासन खासमा कार्यान्वयन गर्ने हेतुले दिइएको हुँदैन । पुँजीवादी देशमा नेतृत्वप्रति अविश्वास हुन्छ र समयान्तरमा त्यही अविश्वास घृणामा परिणत हुन्छ । आफ्नो स्वार्थ पूरा भएपछि पुँजीवादी नेतृत्वले जनता र आफ्नै कार्यकर्तालाई पनि भुल्छन् । फलतः जनता आफूले नेतृत्व मानेका व्यक्तिप्रति नै गहिरो घृणा गर्न थाल्छन् । तर, समाजवादी देशमा यसको ठीक उल्टो हुन्छ । समाजवादले देखाउने आशा र पुँजीवादले दिने आश्वासन फरक कुरा हुन् । समाजवादी देशका नेतृत्वले जनतालाई दिने आशा जनता आफैको सहभागिता र सक्रियतामा पूरा हुने भविष्यप्रतिको भरोसा हो ।
प्रसङ्ग नयाँ वर्षको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले दिनुभएको शुभकामना सन्देशको । निश्चय नै चीन आज संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । सैनिक र विज्ञान प्रविधिमा चिनियाँ जनताले हासिल गरेको सफलता संसारलाई चकित बनाउने खालका छन् । विश्व राजनीतिमा चीनको स्थान उँचो बन्दै छ । कुनै बेला घृणा र अवहेलनाको शिकार बनाइएका चिनियाँहरू आज संसारभर मिहिनेती जनताका रूपमा सम्मानित छन् । तर, संसारकै सबभन्दा ठूलो जनसङ्ख्या भएको देश चीनसामु अझै चुनौतीका विशाल पर्वतहरू भने बाँकी नै छन् । माओ त्सेतुङले सुनाउनुभएको ‘पहाड पन्छाउने मूर्ख बुढोको कथा’ का दुई पर्वत चीनका तीन–चार पुस्ता लागेर पन्छाउन सफल भए । तर, अझै पनि चुनौतीका पहाडहरू भने बाँकी नै छन् । कोभिड–१९ महामारीले चीनलाई नयाँ पहाडसामु उभ्याएको छ । डिसेम्बरबाट चीन सरकारले कोभिड नियन्त्रणका कतिपय प्रावधान खुकुलो बनायो । हिजो जनताको जीवन सुरक्षा र सहजताको लागि लगाइएका प्रावधान आज जनताकै चाहनाअनुसार जीवनको सहजताको लागि खुकुलो बनाइएको हो । तर, कोभिडले फेरि पनि विध्वंसको ताण्डव नाच नाच्न सक्ने सम्भावनाप्रति चिनियाँ नेतृत्व र जनता सजग छन् ।
कोभिडको पहिलो लहरले गाँजेका चीनका सुनसान सहरहरू टेलिभिजनका पर्दामा नियाल्दै वर्ष दिनअघि पश्चिमा विश्वले चीनको अवसानको आरम्भ घोषणा गरेका थिए । तर, चिनियाँ नेतृत्वले जनतालाई देखाएको आशा र त्यो आशा पूरा गर्न जनतासँगै नेतृत्व आफै दिलोज्यान दिएर लागेपछि चीनको अधपतन हेर्न आतुर आँखाहरू निराश भए । चिनियाँ नेतृत्वले त्यो विषाद्को समयमा पनि जनतालाई भविष्यको उज्यालोतिर औँल्याएर आशाका कुरा सुनाइरहे । फलतः कोभिड महामारीको प्रतिकूलतालाई चीनले पचाएन मात्र, बरु त्यही समयावधिमा चीन आर्थिकरूपमा स्थिरताको बलियो धरातलमा टिक्न सफल भयो ।
नयाँ वर्षको शुभकामना सन्देशमा चीनका राष्ट्रपति सीले भन्नुभयो, “इतिहासको विशाल नदी एकपछि अर्को लहरमा लहरिँदै अघि बढ्छ । एकपछि अर्को पुस्ताको दरिलो प्रयासमा हामीले चीनलाई आजको स्थानसम्म पु¥यायौँ ।”
कोभिडको प्रतिकूल परिस्थितिबिच बिदा भएको सन् २०२२ मा चीनले अर्थतन्त्र, विज्ञान प्रविधि, आर्थिक पूर्वाधार आदि क्षेत्रमा फड्को मारेको छ । संसारभर अहिले खाद्यान्न सङ्कट मडारिरहेको बेला चीनले लगातार उन्नाइसौँ वर्षमा पनि कृषि उत्पादन वृद्धिमा सफलता पायो । सन् २०२२ मा चीनको कुलगार्हस्थ उत्पादन १२० ट्रिलियन युआन नाघ्ने अपेक्षा रह्यो । चीनको लागि सन् २०२२ ऐतिहासिक हुनुको अर्को कारण गरिबी निवारणमा उसले हासिल गरेको सफलता हो । चीन निरपेक्ष गरिबीबाट मुक्त हुनुको अर्थ संसारको गरिबी निवारणको यात्रामा फड्को मार्नु पनि हो । सन् २०२२ मा चीनले शीतकालीन पेइचिङ ओलम्पिक र पारालोम्पिकको भव्य आयोजना ग¥यो । खेलकुदको कुम्भमेलामा चीनले संसारको आँखा तिरमिराउने प्राविधिक सफलताका जादु प्रदर्शन ग¥यो । शेनचाओ–१३, शेनचाओ–१४ र शेनचाओ–१५ नामका अन्तरीक्ष यान चीनले सन् २०२२ मा अन्तरीक्षमा प्रक्षेपण ग¥यो । उसले सी ९१९ नामको ठूलो यात्रुवाहक विमान आपूर्ति गर्न थाल्यो । प्रतिकूल परिस्थितिमा पनि चीनले विज्ञान प्रविधिमा हासिल गरेको सफलताले चीनको इन्जिन पश्चिमा देशहरूले सोचेभन्दा निकै बलियो भएको सङ्केत गरेको छ ।
कोभिडपछिको संसारको अर्थतन्त्र अस्थिर र सङ्कटग्रस्त छ । विशेषतः युरोप अहिले आर्थिक सङ्कटको चपेटामा परेको छ । आर्थिक सङ्कटसँगै निम्तिने ऊर्जा सङ्कट, खाद्यान्नलगायत जीविकोपार्जनको लागि आवश्यक वस्तुको अत्याधिक मूल्यवृद्धिले संसारका जनताको जीवन कष्टकर छ । तर, चीनले भने सन् २००८ को आर्थिक सङ्कटमा जस्तै अहिले पनि अर्थतन्त्रलाई सङ्कटको दलदलमा फस्नबाट जोगाएको छ । चिनियाँ अर्थतन्त्र फैलिँदो छ । संसारको कारखानाको रूपमा चीनले बनाएको छवि अझ पुष्टि हुँदै छ ।
नयाँ वर्षको शुभकामना सन्देशमा राष्ट्रपति सीले सन् २०२२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनबाट चीनलाई सबै हिसाबमा आधुनिक समाजवादी देश बनाउने र आधुनिकीकरणको समाजवादी बाटो पछ्याउँदै सबै मोर्चामा चिनियाँ राष्ट्रलाई महान् पुनःजागरणतिर अघि बढाउने महत्वाकाङ्क्षी कार्ययोजना पारित गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । यसलाई उहाँले चीनको नयाँ यात्रालाई अघि बढाउन समयको आह्वानको संज्ञा दिनुभएको छ ।
बीसौँ महाधिवेशन सकिएलगत्तै महासचिव सीसँगै पार्टीका पोलिटब्युरो सदस्यहरूले येनानको भ्रमण गर्नुभएको थियो । येनान भ्रमणलाई सीले सन् १९३० र १९४० दशकमा तत्कालीन पार्टी नेतृत्वले सामना गरेका कठिनाइबाट अभिप्रेरित हुने र चिनियाँ कम्युनिस्ट पार्टीका पुराना पुस्ताबाट भावनात्मक ऊर्जा हासिल गर्ने प्रयास बताउनुभएको छ । एक शताब्दी लामो इतिहासमा चिकपाले सामना गरेका कठिनाइ र छिचोलेका प्रतिकूलताका पहाडबाट सिकेर अहिलेको चिनियाँ नेतृत्वले पनि अघि बढ्नुपर्ने उहाँको जोड थियो । शुभकामना सन्देशमा सीको यो जोड चीनको प्रगति चिनियाँ कम्युनिस्ट पार्टीका स्थापनाकालीन लक्ष्य र विचारको असल र समयानुकूल अनुशरणबाट मात्र सम्भव भएको अभिव्यक्ति हो । कतिपय मानिस चीनमा आज माओको कुनै कदर नभएको र समाजवाद देखौटीमात्र भएको आरोप लगाउँछन् । सीको येनान भ्रमण त्यस्ता आरोप लगाउनेलाई जवाफ हो । परिस्थिति बदलिए पनि चीन र चिनियाँ जनता आज पनि चिकपाका स्थापनाकालीन विचार बोकेर आजको समयको लडाइँ लडिरहेको छ ।
सन् २०२२ मा सीले हङकङको भ्रमण गर्नुभयो । हङकङ भ्रमण स्मरण गर्दै उहाँले शुभकामना सन्देशमा त्यहाँ विगतमा देखिएका समस्या समाधान भइसकेको बताउनुभयो । हङकङमा सन् २०२०–२१ मा ‘नागरिक स्वतन्त्रता’ को नाममा केही समय उपद्रव भएका थिए । तर, हङकङ विशेष स्वायत्त क्षेत्रको सरकार र चीन सरकार मिलेर त्यहाँका जनतालाई सत्यतथ्य बुझाउन र उपद्रव समाप्त गर्न सफल भए । उहाँले ताइवान जलडमरुका दुई किनाराका चिनियाँ जनता मिलेर चीनको आगामी यात्रा तय गर्नुपर्नेमा जोड दिँदै ताइवानलाई उक्साएर चीनमाथि हमला गर्ने पश्चिमा प्रयासलाई निस्तेज बनाउनुभएको छ ।
आफ्नो सन्देशमा सीले संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देश चीनमा अनेकथरी विचार आउनु स्वाभाविक भएको भनेर चीनमा वाक् र अभिव्यक्ति स्वतन्त्रता भएको पुस्ट्याइँ गर्नुभएको छ । चीनलाई नकारात्मक कोणबाट बुझ्ने मानिसहरू चीनमा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको आरोप लगाउँछन् । तर, सीको यो भनाइले चिनियाँ जनता आफ्ना विचार अभिव्यक्त गर्न स्वतन्त्र भएको देखाएको छ । विज्ञान प्रविधि र सामाजिक सञ्जाल तथा मञ्चको विकाससँगै आज चिनियाँ जनता सरकारकै नीतिका आलोचना गर्न स्वतन्त्र र सहज भएका छन् । फरक के भने सीको शब्दमा त्यस्ता अनेक विचारलाई चीनले सरसल्लाह र संवादबाट एकै ठाउँमा ल्याउने गर्छ ।
कोभिड महामारी नियन्त्रणका कतिपय नियमको विरोधमा चिनियाँ जनताले जनाएको आपत्तिलाई चीन सरकारले तत्काल सम्बोधन गरी नियन्त्रण नीतिलाई खुकुलो बनायो । कतिपय पश्चिमा सञ्चारमाध्यमले चिनियाँ जनताको आवाजलाई सरकारविरोधी ‘विद्रोह’ को रूपमा चित्रण गरेर तातो पानीले घर जलाउने प्रयास गरे । तर, जनताको जीवन र स्वास्थ्यकै लागि चालिएको कदम उपयुक्त समयमा खुकुलो पनि बनाइयो । सीले आफ्नो सन्देशमा कोभिडको सामना गरेर चीन अघि बढेको भए पनि अगाडिको बाटो अझ कठिनाइले भरिएको बताउनुभएको छ । अर्थात्, चीनले कोभिडमाथि नियन्त्रण प्रयास हिजोजस्तो पेचिलो नभए पनि जनताको स्वास्थ्यप्रतिको दायित्वबाट चीन सरकारले खेलाँची गर्नेछैन ।
सीले नयाँ वर्षलाई नयाँ पुस्ताप्रतिको आशाको रूपमा पनि व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “चीन आफ्नो युवा पुस्ताप्रति ठूलो अपेक्षा बोकेको देश हो । युवाहरूले प्रगति गरेमात्र देशले प्रगति गर्न सक्छ । चीनको आगामी विकासको लागि हाम्रो युवा पुस्ता अघि सर्नुपर्छ र आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । युवाहरू जोशजाँगरले भरिएका हुन्छन् । उनीहरू आशाले भरिएका हुन्छन् । युवाहरूले मनमा देश राखेर उद्यमशीलताको सिञ्चन गर्नुपर्छ, महान् लक्ष्यसहित युवा भएर बाँच्नुपर्छ र आफूलाई समय र युवा भावनासामु अर्थपूर्ण पुष्टि गर्नुपर्छ ।”
राष्ट्रपति सीका हरेक भाषण र लेख आशाले भरिएका हुन्छन् । उहाँका अभिव्यक्तिमा आउने स–साना वाक्यहरू आशावादी जीवनका सूत्रजस्ता हुन्छन् । नयाँ वर्षको शुभकामना स्वभावतः आशाको सन्देश हो । सीले चिनियाँ जनतालाई शुभकामना सन्देशमार्फत चीनको भविष्यप्रति आशा देखाउनुभएको छ । चीनले हासिल गरेका उपलब्धिको चर्चा गरेर आगामी वर्ष अझ प्रगतिको सम्भावना उजागर गर्नुभएको छ । संसारको उदयीमान देशका राष्ट्रप्रमुखको आशावादी सन्देशले आज संसार जेजस्ता चुनौती सामना गरिरहेको भए पनि भोलि सुन्दर र सुरक्षित भएको सन्देश प्रवाह गरेको छ ।

नीरज लवजू
Leave a Reply