भक्तपुर–रत्नपार्क खण्डमा मेट्रो रेल सञ्चालनबारे छलफल
- कार्तिक १८, २०८३
भक्तपुर, १७ पुस । विश्व कम्युनिस्ट आन्दोलनका नेताहरू स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी, काँक्राबारी एकाइ समितिले आइतबार अपराह्न विचार गोष्ठीको आयोजना ग¥यो ।
कार्यक्रममा वक्ताहरूले स्तालिन र माओको जीवन, सङ्घर्ष र योगदानबाट सिकेर देशको आमूल परिवर्तनको निम्ति सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । समाजवादी क्रान्तिले मात्र मजदुर र किसानले सम्मानपूर्ण जीवन पाउने वक्ताहरूको भनाइ थियो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले माक्र्सले मजदुर क्रान्तिको कुरा राख्नु भए तापनि माओले किसान क्रान्ति गर्नुभएको भनाइ राख्दै देशको परिस्थितिअनुसार क्रान्तिका बाटाहरू फरक हुनसक्ने बताउनुभयो । उहाँले समाजवादी व्यवस्थामा मात्र किसान र मजदुर स्वतन्त्र हुनसक्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेपालका तथाकथित कम्युनिस्ट पार्टीहरूले नेपाली जनतालाई धोका दिएर कम्युनिस्ट आन्दोलनलाई पछाडि धकेलेको भनाइ राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले स्तालिनको नेतृत्वमा विश्वको पहिलो सफल समाजवादी व्यवस्थाको अभ्यास भएको भन्दै स्तालिनको जीवनबाट सिक्न सकिने बताउनुभयो ।
आयोजक समितिका प्रेम तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वाती, नेक्राकिसङ्घका राजेन्द्र बखुन्छे, मनिषा लामालगायतले विचार राख्नुभएको थियो ।
Leave a Reply