प्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञाप्रजग कोरियाद्वारा साइबर चोरीको आरोपलाई उक्साहटको संज्ञा
- कार्तिक १८, २०८३
७ अगस्ट १९२७ पछि पार्टी केन्द्रमा देखापरेको जवाबी हमला (प्रत्याक्रमण) र बदला लिने, जीत र सफलताको अलिकति पनि सम्भावना नहुँदा पनि विद्रोह गराउने र जबरजस्ती मजदुरहरूलाई हड्ताल गराउनेजस्ता दुस्साहसवाद र आदेशवाद, चीन लगातार क्रान्तिको स्थितिमा छ भन्ने खोटो ठम्याइ अघि सार्ने र प्रजातान्त्रिक क्रान्ति र समाजवादी क्रान्तिको भेदलाई नै बिराउने खालका ‘वामपन्थी’ नीति (लाइन) र चेन तु– श्यूको दक्षिणपन्थी आत्मसमर्पणवाद दुवै खोटो विचारसँग महाधिवेशनले सङ्घर्ष ग¥यो । त्यो राम्रो कुरा थियो । तर, त्यो महाधिवेशन पनि कमी र बिरामहरूबाट मुक्त थिएन । बीचका (मध्यम) वर्गहरूको दोहोरो स्वभाव र प्रतिक्रियावादी शक्तिहरू माझको भित्री झगडा, महान् क्रान्तिको हारपछि व्यवस्थितरूपले पछि हट्नुपर्ने आवश्यकताको समझदारी, गाउँलाई आधार इलाका बनाउने र प्रजातान्त्रिक क्रान्तिलाई रक्षा गर्नेजस्ता सम्झाइ र राजनीतिको कमी थियो । एक प्रकारको उत्ताउलो विचारलाई अस्वीकार गर्दा गर्दै सहरी क्रान्तिलाई बढी जोड दिने अर्को उग्रवाद वा ‘वामपन्थी’ विचारबाट त्यो महाधिवेशन मुक्त हुनसकेन ।
मस्कोमा छैटौँ महाधिवेशन भइरहँदा माओ त्सेतुङ छैटौँ महाधिवेशनबाट स्वीकार गर्ने खालका नीतिहरूलाई लागू गर्दै र विकास गर्दै हुनुहुन्थ्यो । त्यतिमात्रै होइन त्यस बैठकले छँदै नछोएको वा नमिल्ने ढङ्गले छोएको भूमि क्रान्ति, इलाकाको स्थापना, मध्यम वर्गलाई आफूतिर तान्ने, जनतालाई सशस्त्र पार्ने र आधार सेनालाई पुनःसङ्गठन गर्ने र सेना र जनतामा प्रजातन्त्र लागू गर्नेजस्ता समस्याहरूलाई समेत उहाँले वैज्ञानिक माक्र्सवादी–लेनिनवादी ढङ्गले लागू गर्दै र विकास गर्दै हुनुहुन्थ्यो । क्रान्तिकारी सेना र हुनान क्याङसी सीमा इलाकाको पार्टी नीतिअनुसार प्रतिक्रियावादी इलाकामा पनि पार्टी बिस्तारै विकास हुँदै थियो । अप्रिलदेखि जुलाईसम्म ४ महिनामा क्रान्तिकारी सेनाले आफूभन्दा धेरै गुणा ठूलो शक्तिहरूलाई एक एक गरी हराउँदै हुनान र क्याङसीमा आधार इलाकाको प्रभाव फैलाउँदै अघि बढ्यो ।
चिङकाङको भिडन्त
प्रतिक्रियावादी शासकहरूको निम्ति चिङकाङ पहाडको आधार इलाका (क्रान्तिकारी सरकार) मुटुको किलो भयो । यसकारण, त्यसलाई ध्वस्त पार्न आफ्नो सेना पठाउन थाल्यो ।
सन् १९२८ अगष्टको महिना थियो, शत्रुहरूको बिचमा अस्थायीरूपले झगडा साम्य भयो । त्यसैबेला क्रान्तिकारी सेनाले दक्षिणी हुनानमा अगाडि बढ्ने गल्ती ग¥यो, जसले गर्दा दक्षिणी हुनानमा क्रान्तिकारी सेनाले हार भोग्नुप¥यो । त्यसै मौकामा राजुले चिङकाङ पहाडमा पनि धावा बोल्यो ।
चिङकाङ पहाडका क्रान्तिकारी जनता र किसानहरूले शत्रुको हमलासँग जुझ्न बाँसका भालाहरू तिखार्दै खाडले धरापहरू थाप्न थाले । शत्रुको टाउकैमा बज्रिने गरी धारैधार भएको ढुङ्गाहरू थुपारेर नयाँ नयाँ धरापहरू बनाए । २९ अगष्टको दिन शत्रुले हमला गर्यो ।
रातो पल्टन र किसानहरू एक भएर शत्रुसँग लडे । हुई धरापका डोरीहरू तानिदिए, बुट्टाहरू गुडेर शत्रुमाथि बज्रिन पुगे । राइफल, बम र भरुवा बन्दुकहरूले पनि शत्रुलाई जवाफ दियो । ३० अगष्टको दिन शत्रु रिसले बहुला हुँदै हमना ग¥यो । घमासान लडाइँ भयो । राति पल्टनले पनि तोपले हान्यो । तोप इकिनासाथै शत्रुहरू भागाभाग भए । तर, तिनीहरू जनताले चापेका धरापहरूमा फसे । शत्रुले ३–४ चोटि हमला ग¥यो । तर, जनताको लडाइँको अगाडि तिनीहरूको केही लागेन ।
क्रान्तिकारी सरकार किन कायम हुनसक्छ ?
ठूल्ठूला सहरहरू पहिले कब्जा गरेर क्रान्तिलाई अगाडि बढाउन सकिन्छ वा गाउँले इलाकालाई पहिले कब्जा गरेर पछि सहरलाई समेत जितेर क्रान्तिमा विजय प्राप्त गर्न सकिन्छ भन्ने नै त्यसबेलाको एउटा जल्दो प्रश्न थियो ।
रूसी क्रान्तिजस्तै सहरहरू पहिले कब्जा गरेरमात्रै क्रान्ति हुन्छ भन्ने सोच्नेहरू र रूसी क्रान्तिलाई जस्ताका तस्तै नक्कल गर्नेहरूको आँखामा त्यो सानो आधार इलाकाको क्रान्तिकारी सरकार अड्न सक्छ भन्ने लाग्दैनथ्यो । ५ अक्टोबर १९२८ को दिन पार्टी रिपोर्टको एक खेस्रामा माओले क्रान्तिकारी सरकार कायम रहन सक्नुको वैज्ञानिक कारणहरू प्रस्टसित राख्नुभयो –
पहिलो, चीन धेरै साम्राज्यवादी शक्तिहरूको अर्धउपनिवेश भएको हुनाले र तिनीहरूको आफ्नो प्रभाव क्षेत्रको निम्ति चीनको दलाल पुँजीपति वर्ग र जमिनदार वर्गको बिचमा स्थायी मेल हुन सक्दैन । तिनीहरूको युद्धले गर्दा क्रान्तिकारी राजनैतिक सरकार रहनसक्छ । चीन विभिन्न साम्राज्यवादी देशहरूको एक अर्धउपनिवेश र सामन्ती स्थानीय अर्थतन्त्र भएको देश पनि हो ।
दोस्रो, क्रान्तिकारी राजनैतिक सरकार सन् १९२६–२७ को महान् क्रान्ति र त्यसपछि पनि जमिनदार र पुँजीपति वर्गको विरोधमा व्यापक आर्थिक र राजनैतिक सङ्घर्ष गरेको इलाका छ र त्यसको सेना मजदुर किसानको प्रभाव र प्रजातान्त्रिक राजनैतिक तालिमले सुसज्जित छ ।
तेस्रो, अन्तर्राष्ट्रिय पुँजीपति वर्ग र चीनको दलाल पुँजीपतिवर्ग र जमिनदारवर्गको आपसी फुट र युद्धहरू भइरहेको र देशमा क्रान्तिकारी परिस्थिति तयार भइरहेको हुनाले क्रान्तिकारी राजनैतिक सरकार कायम हुनसक्छ ।
चौथो, एक क्रान्तिकारी राजनैतिक सरकार कायम गर्न चाहिने नियमित सेना पनि छ ।
पाँचौँ, माथिका महत्वपूर्ण अवस्थाबाहेक क्रान्तिकारी सरकारलाई बचाउन सक्ने र विकास गर्नसक्ने कम्युनिस्ट पार्टीको बलियो सङ्गठन पनि छ । तर, त्यसको सही नीति पनि आवश्यक छ ।
दोस्रो माउपिङ सम्मेलन
१२ अक्टोबर १९२८ को दिन सीमा इलाकाको दोस्रो पार्टी महाधिवेशन माउपिङमा भयो । तीन दिनसम्म चलेको बैठकमा १४ अक्टोबरको दिन माओले प्रस्तुत गर्नुभएको ‘सीमा इलाकाको पार्टी सङ्गठनको राजनैतिक समस्या र त्यसका कार्यहरू’ भन्ने प्रस्ताव पारित भयो र १९ सदस्य भएको एक दोस्रो विशेष समिति पनि चुन्यो । समितिमा माओ, चु तेह र चेन यि पनि हुनुहुन्थ्यो । त्यसमा ५ जनाको एक स्थायी समिति पनि गठन गरियो जसको सचिव एक मजदुर र सहसचिव एक बुद्धिजीवी राखियो ।
चिङकाङ पहाडमा लालसेनाले अनुशासनका तीन साधारण नियमहरू पालन गर्नुपर्दथ्यो । ती हुन् – १) आदेशलाई तुरून्तै पालन गर, २) गरिब किसानहरूबाट कुनै पनि वस्तु जफत नगर र ३) जमिनदारहरूबाट जफत गरिएका सबै सामान तुरून्तै क्रान्तिकारी सरकारलाई बुझाऊ । किसानहरूको समर्थन प्राप्त गर्न माउपिङ सम्मेलनले माथिका तीन नियममा ८ वटा नयाँ नियमहरू थप्यो । तीन हुन् १) घर छोड्दा ढोकाहरूलाई ठाउँमा राख । (चीनमा ढोकाका खापाहरू झिकेर राति सुत्ने काममा प्रयोग गर्ने चलन थियो ।) २) आफू सुतेको सुकुल वा पराल सम्याएर फर्काऊ । ३) जनताप्रति भद्र र नम्र होऊ र समय पाउनासाथै मद्दत गर । ४) पैँचो लिएका सबै सामानहरू फिर्ता गर । ५) बिगारेको सबै सामानहरूको क्षतिपूर्ति देऊ । ६) किसानहरूको सबै हिसाबकिताबहरूमा इमानदार होऊ । ७) किनेका सबै सामानको पैसा तिर । ८) स्वास्थ्य र सरसफाइमा ध्यान देऊ, विशेष गरेर चर्पीलाई जनताको घरभन्दा अलि टाढै बनाउने गर ।
त्यसपछि सेनाको निमित्त तीन कर्तव्य पनि सिकाइयो । पहिलो, शत्रुसँग सङ्घर्ष गर, दोस्रो जनतालाई सशस्त्र पार र तेस्रो सङ्घर्षलाई टेवा दिन पैसा उठाऊ ।
६ नोभेम्बरको दिन एक युद्ध समिति पनि गठन गरियो जसमा ५ जना सदस्यहरू थिए– माओ त्सेतुङ्ग (सचिव), चु तेह, ता चे–लिन (स्थानीय पार्टी केन्द्रको सचिव), युङ्ग च्याउ शेङ (एक मजदुर कामरेड) र माऊको वेन (एक किसान कामरेड) । १४ नोभेम्बरको दिन २३ जवानको एक सैनिक समिति र ५ जवानको एक स्थायी समिति गठन गरियो । चु तेह त्यसको सचिव चुनिनुभयो । शत्रुहरूको बरोबर हुने हमलालाई धकेल्दै क्रान्तिकारी इलाका विकास गर्दै गयो । दलाल पुँजीपति वर्ग र जमिनदार वर्गको आपसी लडाइँ जनतामा राम्रो आधार, एक राम्रो पार्टी सङ्गठन, एक बलियो क्रान्तिकारी सेना, सैनिक गतिविधिको निम्ति अनुकूल जग्गा र पुग्दो आर्थिक स्रोत हुनु नै प्रतिक्रियावादी शासनको बिचमा एक क्रान्तिकारी सरकार कायम हुनसक्नु हो । यसबारे २५ नोभेम्बर १९२८ मा माओले पार्टी केन्द्रीय समितिलाई दिनुभएको एक रिपोर्ट (चिङकाङ पहाडको सङ्घर्ष) मा प्रस्ट्याउनुभयो ।
क्रान्ति माथि उठिरहेको बेलामा बिचको वर्ग (मध्यम वर्ग र स–साना साहुमहाजनहरूलाई समेत कुनै भेदभाव नगरिकनै आगो लगाउने र मार्ने कार्यहरू भएको थियो । ती बिरामहरूले क्रान्ति तल झर्दा गरिबहरू एक्लिए । यसकारण, ती बिरामहरूलाई सच्याउन माओले नोभेम्बर १९२८ मा भएको क्रान्तिकारी सेनाको छैटौँ पार्टी महाधिवेशनमा मध्यम वर्गलाई आफूपट्टि तान्ने प्रस्ताव राख्नुभयो । ‘जथाभावी आगो लगाउने र मार्ने काम रोक’ तथा ‘मध्यम र स–साना साहुमहाजनहरूको हितको रक्षा’ उक्त प्रस्तावको नाउँ थियो । त्यसअनुसार जनवरी १९२९ मा चौथो क्रान्तिकारी सेनाले क्रान्तिकारी सरकारलाई स्वीकारेसम्म सहरका साहु महाजनलाई केही नगर्ने घोषणा गर्यो ।
सन् १९२८ मा हुनान क्याङसी सीमा इलाकामा सबै जग्गा जफत गर्ने र वितरण गर्ने भूमि नियम लागू गरिएको थियो । पछि माओ त्सेतुङ्गले त्यो एक विराम सम्झनुभयो । जमिनदारहरूको मात्रै जग्गा जफत गर्नुपर्दथ्यो भन्ने अनुभव गर्नुभयो । यसकारण, अप्रिल १९२९ मा क्याङसी प्रान्तको सिको अञ्चलको भूमि नियममा नयाँ नीति लागू गरियो । ‘सबै जग्गा जफत गर्ने’ ठाउँमा ‘जनताको (सार्वजनिक) जग्गा र जमिनदार वर्गको जग्गा जफत गर्ने’ गरियो ।
चिङकाङ १२० कोसको घेरामा फैलिएको थियो । त्यो इलाका सानो सेनाको निम्ति पर्याप्त थियो । सन् १९२८ को जाडोमा शत्रु सेनाको बिचमा विद्रोह भयो, विद्रोही सेना एकएक गरेर चिङकाङ पहाडमा पुग्यो र क्रान्तिकारी सेना फेरि नयाँ ढङ्गले सङ्गठित गरियो । चु तेह कमान्डर बनाइनुभयो, माओ राजनैतिक निर्देशक र पेङ्ग तेह–ह्वाईको कमान्डरी (मातहत) पाँचौँ क्रान्तिकारी सेना बनाइयो । लडाइँको नारा थियो – (१) शत्रु अगाडि बढ्छ, हामी पछि हट्छौँ २) शत्रु रोकिन्छ र बास बस्छ, हामी दुःख दिन्छौँ ३) शत्रु लडाइँबाट बच्न खोज्छ, हामी हमला गर्छौँ । ४) शत्रु पछाडि हट्छ, हामी लखेट्छौँ ।

खोटो विचारको खण्डन
पार्टी र क्रान्तिकारी सेनामा सर्वहारा वर्गभन्दा बाहिरका विभिन्न वर्गीय विचारहरू पनि थियो । केही क्रान्तिकारीहरू सैनिक विचारलाई मात्रै राम्रो र सबभन्दा माथिल्लो विचार सम्झन्थे । तिनीहरू राजनैतिक गतिविधि, प्रचार र जनताको सुख–दुःखबारे महत्व दिँदैनथे । केही क्रान्तिकारीहरू तलदेखि माथिसम्म सबै कुरामा प्रजातन्त्र र समानताको माग गर्थे । त्यसो गर्दा अनुशासन, गुप्तता र सही नीति लागू हुनमा बाधा हुन सक्थ्यो । व्यक्तिगत सुख सुविधा हेर्ने, नातावाद र सानो गुट कायम गर्ने व्यक्तिवाद, पार्टीभित्र स–साना कुरामा सिद्धान्तहीन झगडा गर्ने, ठूल्ठूलो कुरामा ध्यान नदिने, शङ्का उपशङ्का गरेर पार्टीको मुख्य कामलाई बिर्सनुजस्ता एकोहोरोपना, आधार इलाकालाई बलियो बनाउनुभन्दा घुमीघुमी गुरिल्ला युद्ध गरेरै राजनैतिक प्रभाव पार्नेजस्ता घुमन्तु विद्रोही विचार र ठोकठाक र भिडन्त गर्नेजस्ता विचारहरू पार्टी र सेनामा काम गर्दै थियो । केही मानिसहरू आफ्ना साथीहरूलाई कुटपिटजस्ता खराब व्यवहारसमेत गर्थे । त्यो सैनिकतन्त्रको बाँकी बक्यौता थियो ।
माओले त्यस्ता पूरै सैनिक हेराइ, अति जनवाद र अति समानतावाद, स्वार्थी र व्यक्तिवाद, एकोहोरोपना, घुमन्तु विद्रोही र भिडन्तवादजस्ता खोटा विचारहरूसँग सङ्घर्ष गर्नुभयो । यसबारे माओले डिसेम्बर १९२९ मा क्रान्तिकारी पल्टनको चौथो सेनाको नवौँ पार्टी महाधिवेशनको निम्ति तयार गर्नुभएको प्रस्ताव ‘पार्टीभित्र खोटा विचारहरू सच्याउनेबारे’ मा ती बिरामबारे राम्रोसँग देखाइदिनुभयो । डिसेम्बर १९२९ मा फुकेन प्रान्तको कुटिन भन्ने ठाउँमा चौथो लालसेनाको नवौँ पार्टी सम्मेलन भयो ।
त्यस बैठकमा विभिन्न विचारहरूलाई सच्याउनेबारे छलफल गरियो र धेरै गलत सम्झाइहरूलाई प्रस्ट पारियो । क्रान्तिकारी सेनामा उँचो सैद्धान्तिक नेतृत्वको जग बसाल्नेबारे योजना बनाइयो पार्टी र सैनिक नेतृत्वमा त्रोत्स्कीवादीहरूको एक गुट पनि थियो । त्यस गुटले लाल इलाकाको शक्तिलाई नै फुटाउन चाहन्थ्यो र त्यसको एक मुख्य कमान्डर ल्यु इन–काङ भन्ने थियो । उनी लालसेनालाई ध्वस्त पार्न बडो गा¥हो स्थितिमा शत्रुसँग भिडाउन चाहन्थे । त्यस गुटले माओको लाल इलाकाको कार्यक्रम र सबै कुराको विरोध गथ्र्यो । त्यस गुटको विरोधमा माओले ठूलो सङ्घर्ष गर्नुभयो र पार्टी सेनाको मुख्य मुख्य पदहरूबाट तिनीहरू हटाइए । कुटिन सम्मेलनपछि तिनीहरूको प्रभाव समाप्त हुँदै गयो ।
कुटिन सम्मेलनपछि क्याङसीमा लाल इलाका (सोभियत सत्ता) स्थापना गर्न लालसेनाले एकपछि अर्को लडाइँ जित्यो । दक्षिणी क्याङसीको सबै इलाका लालसेनाले कब्जा गर्यो र त्यहाँ लाल इलाका अर्थात् सोभियत इलाकाहरूको केन्द्र स्थापना गरियो । लालसेनालाई केन्द्रित गरेर शत्रुको मुख्य शक्तिमाथि हमला गर्ने र तुरून्त तितरबितर हुने, स्थिर लडाइँ नलडी हिँड्डुल गरेको बेलामा शत्रुलाई हान्ने, आधार बनाई फाटफुट अगाडि बढ्ने वा उफ्रेर जानेभन्दा छालजस्तै अलि अलि अगाडि बढ्ने नीति नै लालसेनाको लड्ने तरिका थियो । फेरि छोटो आक्रमणको शैलीको पनि विकास गयो ।
माओ क्याङसीमा
सन् १९२९ माओको नेतृत्वमा लालसेनाले दक्षिणी क्याङसी र पश्चिमी फुकेनमा प्रवेश गर्यो । लालसेनाको हेडक्वाटर मुख्य कार्यालय क्याङसी प्रान्तको युङफङ अञ्चलको पाएशा भन्ने एक गाउँमा बनाइयो ।
माओ क्याङसी प्रान्तको स्थानीय ढङ्गको एक काठको घरमा बस्नुभयो । घरमा दुईवटा स–साना कोठा थिए । एउटा कोठामा कार्यालयको काम सुरु गरियो र अर्कोचाहिँ माओको सुत्ने कोठा बन्यो । सुत्ने कोठामा एउटा साधारण खाट थियो र त्यसमाथि एउटा सत्रन्जामात्रै ओछ्याएको हुन्थ्यो, तकिया थिएन । उहाँ त्यसबेला खैरो रङ्गको पल्टनकै पोशाक लगाउनुहुन्थ्यो । साधारण पोशाकभन्दा पल्टनको पोशाकको खल्ती अलि ठूल्ठूलो हुन्थ्यो ।
गोरो मुखमा उहाँको कालो कपाल खुब सुहाउँथ्यो । उहाँ एकदमै दुब्लो पातलो देखिनुहुन्थ्यो । उहाँको आँखा ठूलठूला र चम्किला थिए । त्यसबेला उहाँ ३७ वर्षको हुनुभयो र हात हल्लाएर मधुरो स्वरमा कुराकानी गर्नुहुन्थ्यो । उहाँ आफ्ना सिपाहीहरूको लेखाइ पढाइमा खुब ध्यान दिनुहुन्थ्यो सबैसँग हाँसेर कुराकानी गर्नुहुन्थ्यो । सधैँ उहाँ रात–रातभर काम गर्नुहुन्थ्यो । रातको खानापछि उहाँ एउटा सानो बत्ती बालेर काममा लागिहाल्नुहुन्थ्यो ।
सम्पत्तिको नाममा उहाँसँग २ वटा कम्बल, एउटा ओढ्ने, खैरो रङ्गका दुई जोर पोशाक, एउटा स्वीटर थियो । त्यसबाहेक एउटा भाँचिएको छाता, भात खाने एउटा कचौरा, किताब, कागजपत्र र नक्सा राख्ने नौ वटा खल्ती भएको एउटा थैलो थियो । राति काम गर्दा गर्दै थाक्नु हुँदा उहाँ दिउँसो या साँझमा बाँकी रहेको खाना खानुहुन्थ्यो र चिसो पानीले हात मुख धोएर आफूलाई फेरि ताजा पार्नुहुन्थ्यो । त्यसबेला उहाँको जीवन सा¥है सादा थियो ।
Leave a Reply