भर्खरै :

बेखाल पोखरीको दक्षिण पश्चिमतर्फको पाटी शिलान्यास

बेखाल पोखरीको दक्षिण पश्चिमतर्फको पाटी शिलान्यास

भक्तपुर, १७ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० मा अवस्थित बेखाल पोखरीको दक्षिण—पश्चिमतर्फको पाटी पुनःनिर्माण कार्यको आइतबार बिहान एक कार्यक्रमबिच शिलान्यास गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले पुर्खाहरूले सयौँ वर्ष पहिले निर्माण गरी छाडेर गएका कला—संस्कृति र सम्पदाहरूलाई व्यवस्थितरूपमा संरक्षण र संवद्र्धन गर्ने कार्यलाई भक्तपुर नपाले प्राथमिकताका साथ अगाडि बढाउँदै आइरहेको बताउनुभयो ।
जनताको साथ र सहयोगमा पहिलो कार्यकालमा १२४ वटा सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको अवगत गराउँदै उहाँले मौलिक प्रविधि, स्रोत र साधनको अधिकत्तम प्रयोग गरी कला–संस्कृति संरक्षणमा निरन्तर साथ दिने भक्तपुरवासी जनता धन्यवादका पात्र हुन् भन्नुभयो ।
देशका विभिन्न क्षेत्रका सम्पदाहरू पुनःनिर्माणमा पनि भक्तपुरकै कालिगढहरूको खोजी हुने क्रम सुरु भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले ठेकेदारीभन्दा उपभोक्ता समितिलाई जोड दिँदै आइरहेको बताउनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले स्थानीय जनताको पहलबाटै पाटी पुनःनिर्माणको काम गुणस्तरीय ढङ्गले समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै सामुदायिक भावनाले गरेको काममा स्थानीय जनताको अपनत्व रहने विचार राख्नुभयो ।
कार्यक्रममा १० वडाकै देवकुमार अवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *