नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्को बलियो नियन्त्रण भएको मानिएको दिल्ली विश्वविद्यालयको विद्यार्थी युनियन निर्वाचनमा परिषद् पराजीत भएको छ । विश्वविद्यालय विद्यार्थी युनियनको सभापति र उपसभापति पदमा भारतीय राष्ट्रिय विद्यार्थी युनियनका उम्मेद्वारहरु विजयी भएका छन् । भारतको राजधानी नयाँ दिल्लीको सबभन्दा पुरानो र ठूलो विश्वविद्यालयमा सत्तासीन पार्टीको विद्यार्थी संगठनको पराजयलाई मोदी सरकारप्रति नयाँ पुस्ताको असन्तोषको मापक मानिएको छ ।
विद्यार्थी युनियनका सचिव र सहसचिव पदमा भने परिषद्कै उम्मेद्वारहरु विजयी भएको घोषणा गरिएको छ । अन्तिम परिणाम घोषणा गर्नुअघि सचिव र सहसचिव पदको धेरै पटक मतगणना गरिएको थियो ।
सभापति पदमा विद्यार्थी युनियनका रक्की टुसिड निर्वाचित भएका छन् । विद्यार्थी परिषद्का रजत चौधरी पराजीत भएका छन् । कुल मतसंख्याको ४३ प्रतिशत मत हासिल गरेर टुसिड चुनावमा विजयी भएका हुन् । सन् २०१६ मा भएको विद्यार्थी युनियनको निर्वाचनमा विजेताले हासिल गरेको मतभन्दा यसपटक टुसिडले १० प्रतिशत बढी मत हासिल गरेका छन् ।
दिल्ली विश्वविद्यालयमा सन् २०१४ र २०१५ मा भएको विद्यार्थी युनियन चुनावमा परिषद्ले चारै वटा पद जितेको थियो । सन् २०१६ मा प्रमुख तीन पद परिषद्ले जितेको थियो ।
मतगणना विवादका कारण दिल्ली अदालतले यसअघि मतगणना कार्य स्थगित गरी सबैमा सिलबन्दी गर्न अन्तरिम आदेश जारी गरेको थियो । मंगलबार अदालतले चुनाव परिणाम घोषणा गर्न आदेश दिए पश्चातमात्र अन्तिम परिणाम घोषणा गरेको थियो ।
Leave a Reply