भर्खरै :

राखिने मामिलामा बेइजिङ म्यानमार सरकारको पक्षमा

चीनले म्यानमारको राखिने राज्यमा भएको हिंसात्मक हमलाको भत्र्सना गरेको छ र ‘शान्ति र स्थायित्व रक्षाको लागि’ म्यानमारको अग्रसरताप्रति समर्थन जनाएको छ । म्यानमारका राखिन्गा मुसलमान समुदायलाई म्यानमारको भूमिबाट धपाएको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा भइरहेको सन्दर्भमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ शुआनले मंगलबार चीनको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।
विदेशमन्त्रालयका प्रवक्ता शुआनले बेइजिङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले अन्तर्राष्ट्रिय समुदायले विकास र स्थायित्व रक्षाको लागि म्यानमारलाई समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नुपर्ने र राखिने राज्यको समस्या समाधान गर्न उपयुक्त बाह्य वातावरण बनाउनुपर्नेमा जोड दिए ।
राखिनेमा रोहिन्गा समुदायलाई म्यानमारले गरेको व्यवहारलाई अन्तर्राष्ट्रिय समुदायमा कसैले जातीय संहार पनि भन्ने गरेका छन् ।
गएको सातासम्ममा मात्र झण्डै ३ लाख ७० हजार रोहिन्गा मुसलमान समुदायका जनता म्यानमार छोडेर बंगलादेश भूमिमा पुगेका छन् ।
बौद्धमार्गीहरुको बहुमत भएको म्यानमार सरकारले आफ्नो सेना राखिने प्रान्तमा हिंसा भड्काइरहेको रोहिन्गा विद्रोहीहरुलाई नियन्त्रण गर्न कार्वा¥ही गरिरहेको र सर्वसाधारणलाई क्षति नपु¥याउन सकेको प्रयत्न गरिरहेको बताइरहेको छ ।
म्यानमार सरकारले दोहोरो भीडन्तका क्रममा झण्डै चार सय मानिस मारिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *