भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, पुस २० । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आधारभूत सिलाइ, बुटिक, पाक शिक्षा र हेयर कटिङसम्बन्धी तालिमको संयुक्त रूपमा बुधबार उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले नगरवासी जनतालाई सीपयुक्त बनाउन बर्सेनि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै सांस्कृतिक बाजा प्रतियोगिता, सांस्कृतिक गुरु सम्मानलगायतका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
उद्देश्य स्पष्ट बनायौँ भने आफ्नो लक्ष्य प्राप्त गर्न सहज हुने बताउँदै प्रमुख प्रजापतिले हातमा सीप भएको व्यक्ति कहिल्यै भोको रहँदैन, समाजमा स्वाभिमानी र आत्मनिर्भर बन्न सक्छन् भन्नुभयो ।
प्रमुख प्रजापतिले श्रमलाई माया गर्नेहरूलाई समाज र परिवारले पनि इज्जत दिन्छ भन्दै सिक्न र सिकाउने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले गरेको फरक शैलीको काम नै ख्वप मोडलको रूपमा परिचित भएको उल्लेख गर्दै उहाँले भक्तपुरलाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्न नगरपालिका तत्परताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले आफूले सिकेको तालिमलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउदै जनतालाई आत्मनिर्भर बनाउने उद्देश्यले यी तालिमहरू सञ्चालनमा ल्याएको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैंया सुवालले तालिमका प्रशिक्षार्थीहरूलाई नियमितरूपमा तालिममा सहभागी भई आफूले सिकेको सीप देश र समाजको निम्ति प्रयोग गर्न प्रेरित गर्नुभयो । तालिममा आवेदन दिएका सबैलाई तालिममा सहभागी गराएको बताउँदै उहाँले आफू तालिम प्राप्त गरी आत्मनिर्भर हुन्छु भन्ने भावनाले काम गर्न हौसला प्रदान गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैंया सुजखु र वडा सदस्य हेरा ख्याजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply