भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २० पुस । आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक कार्यतालिका २०७९ अनुसार समितिस्तरीय व्याडमिन्टन र दौड प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
समाज सुधार माविको संयोजनमा भएको व्याडमिन्टन प्रतियोगिताको उद्घाटन समारोहमा समितिका अध्यक्ष दीपक माकले खेललाई हारजीतमा मात्र सीमित नगरी स्वास्थ्य, अनुशासन, मित्रता र देशभक्ति भावना विकास गर्ने माध्यमको रूपमा पनि खेल्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्ने, सामुदायिक विद्यालयको स्तर अभिवृद्धि गर्ने, शिक्षकहरूको हक हितको लागि आवाज उठाउने उद्देश्यका साथ स्थापना भएको बताउनुभयो ।
समाज सुधार माविका प्रधानाध्यापक जगनाथ प्रजापतिले विद्यार्थीहरू पाठ्यपुस्तकमा मात्र सीमित नभई अतिरिक्त क्रियाकलापहरूमा पनि सहभागी भएर आफ्नो प्रतिभा र सिर्जनशीलताको प्रस्तुति गर्नुपर्ने बताउनुभयो ।
निर्णायकमण्डलका विवेक प्रजापतिले खेलका नियमबारे जानकारी गराएको सो कार्यक्रममा शिक्षक कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
सोही दिन नवीन आधारभूत विद्यालयको संयोजनमा सम्पन्न भएको दौड प्रतियोगिताको अवसरमा भएको कार्यक्रममा अध्यक्ष दीपक माक, नवीन आविका प्रधानाध्यापक प्रकाश गोसाई, निर्णायक राधेश्याम मचामसी, समितिका कोषाध्यक्ष कृष्णभक्त श्रेष्ठले खेलसम्बन्धी आफ्नो धारणा राख्नुभएको थियो ।
प्रावि छात्रतर्फ भएको व्याडमिन्टन प्रतियोगितामा नवीन आविका इफ्रान मन्सुरी प्रथम, गणेश माविका समिर अलि खान द्वितीय, समाज सुधार माविका गणेश तामाङ र ज्ञानविजय आविका शैलेश यादव तृतीय भए । त्यसैगरी प्रावि छात्रतर्फ ज्ञानविजय आविका सुनिता तामाङ, नवीन आविका नानु दुवाल, भीम आदर्श आविका मनिषा सिन्चुरी र गणेश माविका आरती भुजेल क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
निमावि तह छात्रतर्फ भएको सो प्रतियोगितामा नवीन आविका कृष्टल शाही प्रथम, तारा माविका अलिक माक द्वितीय, समाज सुधार माविका कृष प्रजापति र बाल सेवक आविका विशन फैजू तृतीय भए । साथै छात्रातर्फ नवीन आविका सविना ध्वजू प्रथम, समाज सुधार माविका दीया दुवाल द्वितीय, तारा माविका चन्द्र कुमारी दमोली र बरदायणी आविका रीसु नगरकोटी तृतीय भए ।
त्यसैगरी दौड प्रतियोगिताको १०० मिटर दौड छात्रतर्फ भारती आविका विक्रम तामाङ प्रथम, बालसेवक आविका प्रवेश मोक्तान द्वितीय, ज्ञानविजय आविका विमल रोका तृतीय र बरदायणी आविका आयुष बजगाई र समाज सुधार माविका श्रवण कार्की सान्त्वना भए । छात्रातर्फ ब्रह्मायणी आविका एन्जिला तामाङ प्रथम, शारदा आविका ज्योति भुजेल द्वितीय, भीम आदर्श आविका सुजिता कार्की तृतीय, गणेश माविका सलिना श्रेष्ठ र चण्डेश्वरी आविका जानवी शाह सान्त्वना भए ।
२०० मिटर दौड प्रतियोगिता छात्रतर्फ ज्ञानविजय आविका सुभास तामाङ प्रथम, समाज सुधार माविका विवेक चौधरी द्वितीय, भीम आदर्श आविका आकाश तामाङ तृतीय, गणेश माविका विजय सिजापति र शारदा आविका सन्जीव तामाङ सान्त्वना भए । छात्रातर्फ बरदायणी आविका निरुता तामाङ प्रथम, सन्तति आविका रजनी थापामगर द्वितीय, समाज सुधार माविका प्रतिमा लामा तृतीय, शारदा आविका गोमा तामाङ र तारा माविका रीतु भुजेल सान्त्वना भए ।
४०० मिटर दौड छात्रतर्फ समाज सुधार माविका प्रवेश तामाङ प्रथम, गणेश माविका युनिश थापा द्वितीय, भीम आदर्श आविका अमिर मन्सुरी तृतीय र बालसेवक आविका आयुष भट्टराई सान्त्वना भए । छात्रातर्फ ज्ञानविजय आविका वास्ना थापा प्रथम, दत्तात्रय आविका उषा सापकोटा द्वितीय, समाज सुधार माविका युनिसा बाजी तृतीय र बालसेवक आविका गंगा मोक्तान सान्त्वना भए ।
प्रतियोगितामा भक्तपुर नगरका २० ओटा सामुदायिक विद्यालयका १२७ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
Leave a Reply