भर्खरै :

लोकेश्वरमा रक्तदान तथा स्वास्थ्य शिविर

लोकेश्वरमा रक्तदान तथा स्वास्थ्य शिविर

भक्तपुर, २३ पुस । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८ औँ वार्षिक उत्सवको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनामा रक्तदान, हाड जोर्नी तथा नसासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले भक्तपुरमा समुदायमा आधारित सहकारीले सामाजिक दायित्व निर्वाह गर्दै आएकोमा खुसी व्यक्त गर्दै गैरसमुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको तथा वित्तीय बजारमा देखिएको आर्थिक मन्दीको मार जनस्तरमा दैनिक विभिन्न घटनाबाट छर्लङ्ग भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित संस्थाको महत्व र संस्थाले हालसम्म वित्तीयका अलावा सामुदायिक दायित्व निर्वाह गर्दै आएका गतिविधिबारे जानकारी दिनुभयो ।
२८ जना रक्तदाताले रक्तदान गरेको थिए भने ६५ जनाले हाडजोर्नी तथा नसासम्बन्धी चेक जाँच गरी स्वास्थ्य लाभ लिएको उक्त कार्यक्रममा निःशुल्क औषधि वितरणसमेत गरेको जानकारी स्वास्थ्य उपसमितिका संयोजक प्रज्ज्वल खत्रीले बताउनुभयो ।
संस्थाको १८ औँ वार्षिक उत्सव कार्यक्रमकै अवसरमा यही पुस ३० गते अन्तरसदस्यीय महिला डोरी तान्ने प्रतियोगिता, पुरुष ब्याडमिन्टन प्रतियोगिता तथा बाल बचतकर्ताहरूबिच नेपालभाषामा सस्वर वाचन कार्यक्रम हुने जानकारी संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *