भर्खरै :

जनगणतन्त्र चीनका नयाँ राजदूत चेन सोङ काठमाडौँमा

जनगणतन्त्र चीनका नयाँ राजदूत चेन सोङ काठमाडौँमा

काठमाडौँ, २५ पुस । नेपालका लागि जनगणतन्त्र चीनका नयाँ राजदूत चेन सोङ आइतबार काठमाडौं आइपुग्नुभएको छ । नेपालका लागि २२ औँ राजदूतका रूपमा चेन सोङ नियुक्त हुनुभएको हो ।
राजदूत चेनलाई नेपालस्थित चिनियाँ राजदूतावासका अधिकारीहरू र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
नेपालका लागि नयाँ राजदूतका रूपमा चीनले नोभेम्बरमै आफ्ना वरिष्ठ कूटनीतिज्ञ चेनलाई पठाउने प्रस्ताव गरेको थियो । चेनअघि होउ याङ्छी नेपालका लागि चिनियाँ राजदूत हुनुहुन्थ्यो । होउ याङ्छी आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी अक्टोबरमै चीन फर्किसक्नुभएको छ ।
चेन चीनको परराष्ट्र मन्त्रालयको नेपाल हेर्ने डेस्कमा रहनुभएको र नेपाली नेताहरूसितको भेटवार्तामा सहभागी रहिसक्नुभएको बताइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसित कुराकानी गर्दै राजदूत चेनले आफू दुई देश र समुदायबिचको सम्बन्ध प्रगाढ बनाउन र साझा भविष्यको लागि केन्द्रित हुने बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “यस गौरवान्वित मिसन र महान् जिम्मेवारीबारे म गहनरूपमा सचेत छु । म चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली नेताहरूबिचको महत्वपूर्ण सहमतिलाई अनुसरण गर्नेछु र दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन समर्पित हुनेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *