न्हुदँ ११४७ को कार्यक्रममा सहभागी हुन तः मुंज्याको आग्रह
- कार्तिक १६, २०८३
भक्तपुर, २५ पुस । दक्षिण अमेरिकी देश ब्राजिलमा दक्षिणपन्थी तत्वले गरेको अप्रजातान्त्रिक कूको दुष्प्रयासको विश्वभर निन्दा गरिएको छ । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले सुरक्षा अवरोधहरू तोडेर आइतबार ब्राजिलको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको सीएनएनले ब्राजिलका सञ्चारमाध्यमहरूमा देखाइएका तस्बिरहरू उद्धृत गर्दै उल्लेख गरेको छ ।
लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि बोल्सोनारोका समर्थकहरू ब्राजिलियामा उपद्रोव गरिरहेका छन् । विरोधका कारण संसद्को दुवै सदन चल्न सकेको छैन ।
दक्षिणपन्थीहरूले राष्ट्रपति भवनमा आक्रमण गर्दा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा भने भवनमा अनुपस्थित हुनुहुन्थ्यो । त्यसैले, उहाँ सुरक्षित रहनुभएको टेलेसुरले जनाएको छ ।
ल्याटिन अमेरिकी देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र राजनीतिक सङ्गठनहरूले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारविरुद्ध उक्त अप्रजातान्त्रिक सत्ताविप्लवको दुष्प्रयासको कडा निन्दा गरेका छन् ।
क्युवाली राष्ट्रपति मिग्वेल डियाज कानेलले ट्विटरमा लेख्नुभएको छ, अराजकता सिर्जना गर्ने र राष्ट्रपति लुलालाई निर्वाचित गर्ने जनताको इच्छालाई अनादर गर्ने उद्देश्यले ब्राजिलमा भइरहेको हिंसात्मक र प्रजातन्त्रविरोधी क्रियाकलापको कडा शब्दमा निन्दा गर्न चाहन्छौँ । हामी राष्ट्रपति लुला र उहाँको सरकारप्रति हाम्रो पूर्ण समर्थन जाहेर गर्न चाहन्छौं ।
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले स्पष्ट शब्दमा बोल्सोनारोका नवफासीवादी समूहहरूले मच्चाएको हिंसा र प्रजातान्त्रिक संस्थाहरूप्रति गरेको अपमानको विरोध गर्नुभएको छ र ब्राजिलियाली जनताले प्रजातन्त्र, शान्ति र आफ्ना राष्ट्रपतिको रक्षाका लागि सक्रिय हुने विश्वास गर्नुभएको छ ।
अर्जेन्टिनी राष्ट्रपति अल्वर्टो फर्नान्डेजले प्रजातन्त्रको रक्षाका लागि आफू ब्राजिलियाली जनता र राष्ट्रपति लुलासँग रहेको बताउनुभएको छ र दषिणपन्थीहरूको सत्ताविप्लवको भूत कहिल्यै सफल हुन नसक्ने बताउनुभएको छ ।
मेक्सिकोका राष्ट्रपति आन्ड्रेज म्यानुअल लोपेज ओब्राडरले पनि सत्ता विप्लवको दुष्प्रयासको घोर निन्दा गर्दै लुला एक्लो नभएको र मेक्सिकोका प्रगतिशील शक्तिहरूको समर्थन उनलाई रहेको स्पष्ट पार्नुभएको छ ।
त्यस्तै निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा, चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक, होन्डुरसकी राष्ट्रपति जियोमारा क्यास्ट्रो जेलाया, क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिगेज, अल्बा टीसीपीका महासचिव फेलिक्स प्लासेनसियालगायतले पनि सत्ता विप्लवको दुष्प्रयासको घोर विरोध गरेका छन् ।
ब्राजिल मजदुर पार्टीका अध्यक्ष ग्लेइसी होफम्यानले दक्षिणपन्थीहरूको दुष्प्रयास सफल हुन नसक्ने जनाउँदै ब्राजिल मजदुर पार्टीले सबैखाले उपाय गरेर राष्ट्रपति लुलाको कार्यकाल सफल बनाउने बताउनुभएको छ ।
त्यसैगरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘ब्राजिलको प्रजातान्त्रिक संस्थाहरूमा भएको आक्रमणको’ निन्दा गर्नुभएको छ । उहाँले ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाको इच्छालाई सम्मान गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।
“आज भएको ब्राजिलको लोकतान्त्रिक संस्थाहरूमा भएको आक्रमणको म निन्दा गर्दछु । ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाहरूको इच्छालाई सम्मान गर्नुपर्छ । मलाई पूर्ण विश्वास छ कि यो हुनेछ । ब्राजिल एक महान् लोकतान्त्रिक देश हो,” गुटेर्रेसले ट्वीटमा लेख्नुभएको छ ।
Leave a Reply