भर्खरै :

नेमकिपा प्रखर र प्रमुख प्रतिपक्षी !?

नेमकिपा प्रखर र प्रमुख प्रतिपक्षी !?

काठमाडौँ, २६ पुस । प्रमुख प्रतिपक्षी नेकाले समेत एमाले समर्थित माओवादीका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि अबको प्रखर र प्रमुख प्रतिपक्षी नेपाल मजदुर किसान पार्टी भएको नेपालको राजनीतिक मञ्चमा चर्चा चल्यो । एमालेका नेता ओलीले प्रमुख प्रतिपक्षी नेका प्रम दाहालको समर्थनमा आए पनि नेका हिँडेको खोल्सामा माछा नभेटिने उल्लेख गर्नुभयो ।
पुँजीवादी पार्टीको अराजकतालाई तत्काल र सटिकरूपमा खण्डन गर्ने र जनताको माझमा उदाङ्ग्याउने नीतिलाई नेपाल मजदुर किसान पार्टीले प्रखर प्रतिपक्षीको भूमिका बनाएको छ ।
प्रमुख प्रतिपक्षी नेकासमेतले प्रम प्रचण्डलाई समर्थन गरेपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायत पद भागबन्डामा फरक पर्ने समाचार छ । यसअघि एमालेलाई राष्ट्रपति र सभामुख भाग लगाइएको चर्चा थियो । अब नेकाले कुन कुन पद भाग लिने हो भन्ने आगामी दिनमा थाहा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *