भर्खरै :

स्वयम्सेविकाहरू सेवामुखी हुनुपर्ने

स्वयम्सेविकाहरू सेवामुखी हुनुपर्ने

भक्तपुर, २६ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वयम्सेविकाहरू सेवामुखी हुनुपर्नेमा जोड दिँदै स्वयम्सेविकाहरू समाजका सामाजिक कार्यकर्ता भएको हुँदा गम्भीरतापूर्वक काम गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपाले घरदैलो नर्सिङ कार्यक्रममार्फत गरेको नगरबासीहरूको स्वास्थ्यसम्बन्धी तथ्याङ्क सङ्कलनले नपालाई काम गर्न सजिलो भएको बताउँदै सोही तथ्याङ्कअनुसार नपाले यस वर्ष श्वासप्रश्वाससम्बन्धी शिविर १० वटै वडामा सञ्चालन गरेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले दीर्घकालीन सोच लिएर काम गर्दै आइरहेको बताउँदै जनतासँगको सहकार्यले नगरपालिकालाई काम गर्न सहज भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरप्रति सामाजिक उत्तरदायित्व बहन गर्ने सामाजिक कार्यकर्ताको रुपमा महिला स्वयम्सेविकाहरूले भूमिका खेलिरहेको चर्चा गर्दै नगरबासीहरूसँग स्वयम्सेविकाहरूले सामाजिक दूतको रुपमा आफ्नो काम इमानदारीपूर्वक गर्न प्रेरित गर्नुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरको स्वास्थ्य सुधार र प्रवद्र्धनमा उल्लेखनीय काम गर्दै आएका महिला स्वयम्सेविकाहरू धन्यवादका हुन् भन्नुभयो ।
महिला स्वास्थ्य स्वयम्सेविका तारादेवी धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पेमा शिल्पकारले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *