भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु आत्मालोचना र आत्मसंयमको भावना विकास गर्नुपर्ने
- कार्तिक १३, २०८३
भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको लागि विश्वासको मत दिएको कारण कानुनी, व्यवहारिक र नैतिकरूपमा प्रतिपक्षको भूमिका खेल्न नसक्ने बताउँदै अब नेपाल मजदुर किसान पार्टी प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो ।
सर्वसुलभ बचत तथा ऋण सहकारी संस्था लि. को आठौँ वार्षिक साधारणसभा उद्घाटन सभामा प्रमुख प्रजापतिले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिकसम्बन्धी ऐन २०७३ ले’ मन्त्रिपरिषद्मा सहभागी तथा समर्थन गर्नेबाहेकका दलमात्र प्रतिपक्षको भूमिकामा रहने स्पष्ट गरेको हुँदा नेमकिपा वैधानिकरूपमै प्रमुख प्रतिपक्ष हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशघाती एमसीसी सम्झौता, एसपीपी साझेदारी, नागरिकता विधेयकलगायतको खारेजीको माग राख्दै आन्दोलन गर्दै आएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसी, नागरिकता विधेयक र एसपीपी समर्थक भएकोले नेमकिपाले उहाँको विपक्षमा संसद्मा मतदान गरेको हो ।”
सत्ता र पदको लागि देशको स्वाभिमान बेच्न तयार शासक दलहरूले देशको हितमा काम नगर्ने प्रस्ट पार्दै प्रमुख प्रजापतिले पार्टी ठूलो र सानो सङ्ख्याको आधारमा नभई विचार र सिद्धान्तको आधारमा हुने बताउनुभयो ।
जनतालाई सहजरूपमा सेवा उपलब्ध गराउन स्थापित सर्वसुलभ सहकारीले व्यापक जनताको हितमा काम गर्न कहिल्यै पछि हट्न नहुने सुझाव दिँदै उहाँले उपभोक्ताको हितमा आधारित संस्थालाई दिगो रूपमा विकास गर्न प्रत्येक सदस्यले आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “संस्थाको विकास र प्रगतिमा सदस्यहरूको साझा दायित्व र कर्तव्य हुन्छ । सदस्यहरूको अपनत्व भएको सहकारी दीर्घकालीन सोचका साथ अगाडि बढ्छ ।”
भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले सर्वसुलभ सहकारीले वस्तुहरू किनबेचभन्दा पनि जनतालाई सहज र सरलरूपमा सेवा उपलब्ध गराउनेतर्फ ध्यान दिन जरूरी छ भन्नुभयो ।
नगरवासी जनताको समस्या र गुनासो सम्बोधन गर्ने प्रयास वडामार्फत भइरहेको उहाँले बताउनुभयो ।
संस्थाका सल्लाहकार कृष्णभक्त लवजूले सर्वसुलभ सहकारी शाखा विस्तारको तयारीमा रहेको अवगत गराउँदै सामूहिक प्रयासबाट भएको कामबाट व्यापक जनताको हित हुने आशा अपेक्षा गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारी संस्थाले बचत र ऋण सङ्कलन र कारोबार भन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवम् सर्वसुलभ सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद लाखा, उपाध्यक्ष बद्रीप्रसाद माक, सिद्धि गणेश साकोसको तर्फबाट राजन लाखा, संस्थाका सल्लाहकार राजेन्द्र दुमरूलगायतले संस्थाको उद्देश्य र प्रगतिबारे आ–आफ्नो धारणा राख्नुभयो ।
सभामा संस्थाका सचिव नारायणमान वनमालाले आ.व. २०७८।७९ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिवराम साँदले आ.व. २०७८।७९ को आर्थिक प्रगति र आ.व. २०७९।८० को अनुमानित बजेट र लेखा सुपरीवेक्षण समितिको तर्फबाट शर्मिला लवजूले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले संस्थाका ज्येष्ठ सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो भने उत्कृष्ट १० जना सदस्यहरूलाई संरक्षित पुँजी फिर्ता कोष रकम वितरण गर्नुभयो ।
Leave a Reply