भर्खरै :

गणित तथा विज्ञान विषयको शैक्षिक सामग्री निर्माण तालिम सुरु

गणित तथा विज्ञान विषयको शैक्षिक सामग्री निर्माण तालिम सुरु

भक्तपुर, २८ पुस । वागीश्वरी मावि कमलविनायकमा नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत गणित तथा विज्ञान विषयको शैक्षिक सामग्री निर्माण तालिम बिहीबारदेखि सुरु भएको छ ।
वागीश्वरी माविको आयोजनामा भएको सो तालिममा प्रमुख अतिथि एवम् इन्द्रेश्वर माविका पूर्वप्रधानाध्यापक माधवप्रसाद अधिकारीले विद्यालय शिक्षामा सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक विधिद्वारा शिक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका अर्का अतिथि भक्तपुर नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले सामग्री कक्षाकोठामा प्रयोग गर्नुका साथै विद्यार्थीलाई प्रोजेक्ट वर्कको रूपमा शैक्षिक सामग्री बनाउन दिने तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाल धन्छाले कार्यक्रम प्रभावकारी बनाउन प्रशिक्षार्थी शिक्षकहरूले पनि प्रशिक्षकहरूले झैँ गणित र विज्ञान विषयका शैक्षिक सामग्री निर्माण गरी अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले दैनिक जीवनमा विज्ञान र गणितको प्रयोग गर्नुपर्ने महत्वबारे चर्चा गर्नुभयो ।
जोरपाटी माविका गणित शिक्षक कृष्ण गोसाईले खेलको माध्यमबाट सिकाउन सजिलो हुने बताउनुभयो ।
सरस्वती विद्यागृहका विज्ञान शिक्षक हेमन्त ढुङ्गाना, दत्तात्रय आधारभूत विद्यालयका गणित शिक्षक रामप्रसाद लवजु र पीयुषराज गोसाईले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका संयोजक एवम् विद्यालयका सहायक प्रधानाध्यापक उकेश सुवालले स्वागत मन्तव्य दिनुभयो ।
तालिम पुस २९ र माघ २ गते पनि हुने सो तालिम विज्ञान र गणित विषयका मावि तहका शिक्षकहरूको लागि आयोजना गरिएको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *