भक्तपुर नगरपालिकाको क्षयरोग वार्षिक समीक्षा
- कार्तिक १३, २०८३
भक्तपुर, २८ पुस । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान गुरूहरू स्तालिनको १४४ औँ र माओ त्सेतुङ्गको १२९ औँ जन्मदिवसको अवसरमा बिहीबार युवा भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले राजनीतिक जीवनमा सङ्गठनको महत्वबारे प्रशिक्षण दिनुभयो ।
नेक्रायुसङ्घ केन्द्रीय समितिका अध्यक्ष मीनबहादुर बाटाले वर्तमान सरकारलाई खिचडी सरकारको सङ्ज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो, “माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको लागि नेपाली काङ्ग्रेसले विश्वासको मत दिएको कारण कानुनी, व्यवहारिक र नैतिकरूपमा नेपाली काङ्ग्रेस प्रतिपक्ष रहेन । अब नेपाल मजदुर किसान पार्टी प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहनेछ ।” अहिलेको सरकारले पनि नागरिकता विधेयक ल्याउन खतरा भएकोले हिजो जसरी नागरिकता विधेयक, एमसीसी, र एसपीपीको विरोध गरेका थियौँ त्यसरी नै युवाहरूले आँउदा दिनमा पनि सचेत भएर लाग्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामेश्वर मचामसी, रविन सुवाल, सुतेज दुवाल, कृष्ण गरू, प्रकाश गोसाई, पुण्यराम स्वंगमिखालगायतले बोल्नुभएको थियो ।
Leave a Reply