संरा अमेरिकी सरकार ४०० खर्ब डलर ऋणमा !
- कार्तिक १३, २०८३
नेपालको राष्ट्रिय राजनीतिमा कामदार वर्गको पक्षमा लागिरहेको नेमकिपा अहिले जनताको प्रजातन्त्रको निम्ति सङ्घर्षरत छ । राष्ट्रिय राजनीतिमा नेमकिपा कामदार वर्गको पक्षमा परिचित छ भने अन्तर्राष्ट्रियरूपमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरोधी, विदेशी थिचोमिचो तथा असमान सन्धि सम्झौताको विपक्षमा या समाजवादको पक्षमा रहेको छ । नेमकिपा कुनै पनि विदेशी शक्ति राष्ट्रको हस्तक्षेप स्वीकार गर्दैन । नेमकिपा देश जोगाउने अभियानमा लागेको देशभक्त दल हो । देश जोगाउन आम जनतालाई देशभक्त बनाउनुपर्छ भन्ने मान्यताअनुसार नेमकिपाले जनजागरण या जनसचेतना अभियान थालेको छ ।
नेमकिपा शोषण र विदेशी एकाधिकार पुँजीको विरोधमा छ । देशका मजदुर र किसानहरूको हकहितको निम्ति सङ्घर्षरत नेमकिपा राष्ट्रिय पुँजीपति वर्ग एवम् प्रगतिशील बुद्धिजीवी समुदायको पक्षमा छ । उनीहरू पनि देश र जनताको हितमा सामेल हुनुपर्छ भन्ने नेमकिपाको धारणा हो । नेमकिपा विदेशी पुँजीपति वर्ग या विदेशी दलालको पक्षमा छैन । वर्गसङ्घर्षको माध्यमबाट पुँजीवादी सत्ता समाप्त गर्ने नेमकिपाको उद्देश्य हो । यो माक्र्सवादले सिकाएको शिक्षा हो । नेमकिपा कानुनी र गैरकानुनी सङ्घर्ष गरेर देश र जनताको सेवा गर्छ । यो लेनिनवादले सिकाएको पाठ हो । जातीय राज्य र वर्गसमन्वयको विचार पुँजीवादी विचार हो । अहिलेको सरकार पुँजीपति वर्गको सरकार हो । जुन दलको नेतृत्वमा सरकार बने पनि यो पुँजीवादी गणतन्त्र हो । अहिले तुरुन्तै समाजवाद स्थापना नहुने हुँदा नेमकिपाले समाजवादउन्मुख संविधानको अवधारणा अघि ल्याएको हो । संविधानतः देश समाजवादउन्मुख छ । तर, सत्तामा कम्युनिस्ट भनिने दलको नेतृत्व पटक–पटक सरकारमा गए पनि संवैधानिक व्यवस्थाअनुसार समाजवादउन्मुख देश बनाउनेतर्फ वर्तमान गठबन्धन दलको दृष्टि पुगेको देखिँदैन ।
कहिलेकाहीँ सत्तासीन दलका नेताहरू समाजवादको उच्चारण गर्छन्, समाजवाद ल्याउने बखान गर्छन् । तर, वर्गसङ्घर्षको कुरा चुइँक्क बोल्दैनन् । पुँजीवादी बन्दोबस्त भएको यो देशमा निर्वाचनको माध्यमबाट देशमा समाजवाद सम्भव छैन । सरकारमा सामेल भएर कसरी पुँजीवादको विरोध गर्छन् या समाजवादी आन्दोलनमा सङ्घर्ष गर्छन् ? यसकारण, नेमकिपाले अन्य दलसँग सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्दै आएको हो । पुँजीवादी सरकारमा सामेल नभई काम गरी खाने वर्गको हितमा लागिरहेको नेमकिपा अहिले पनि समाजवादउन्मुख देश बनाउन, समाजवादउन्मुख संविधान निर्माण गर्न र समाजवादउन्मुख सरकारी नीति तथा कार्यक्रम लागु गर्न सरकारको ध्यानाकर्षण गरिरहेको छ । शोषक, सामन्त, प्रतिक्रियावादी, पुँजीपति, जालीफटाहा, भ्रष्टाचार, कमिसनखोरहरूको आँखामा कसिङ्गर बनिरहेको नेमकिपा समाजवाद स्थापना नभएसम्म सङ्घर्ष गरिरहनेछ । नेमकिपा देश विखण्डन हुने खालको कुनै पनि असमान सन्धि सम्झौता र विधेयकको विरोध गर्छ । नेमकिपा जातीय र साम्प्रदायिक राजनीति गर्दैन । नेमकिपा नेपाल र नेपालीको एकता कायम गरी देशको छिटो विकास गर्न चाहन्छ ।
Leave a Reply