भर्खरै :

लोकेश्वर साकोसमा ब्याडमिन्टन प्रतियोगिता

लोकेश्वर साकोसमा ब्याडमिन्टन प्रतियोगिता

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को १८ औँ स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा अन्तरसदस्यीय पुरुष एकल ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सुरु भयो ।
प्रतियोगिताको उद्घाटन गर्दै भनपा साविक १५ वडाका पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले युवाहरू खेलकुद र शिक्षामा आबद्ध गराउन सके सभ्य समाजको निर्माण हुने र स्वस्थ रहन कुनै न कुनै खेलमा लाग्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले सहकारीहरू समुदायमा आधारित रहेर वित्तीय कारोबारसँगै अतिरिक्त क्रियाकलापहरू पनि गर्दै लैजानुपर्ने बताउनुभयो ।
युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको सो कार्यक्रममा सदस्य इन्द्रभक्त पञ्चले पनि प्रतियोगिताको महत्वबारे स्पष्ट पार्नुभयो ।
शुक्रबार भएको क्वार्टर फाइनल खेलमा विकास पञ्चले विष्णुप्रसाद कर्माचार्यलाई, पुण्यराम स्वंगमिखाले प्रेमसुन्दर पक्कालाई, राज खुसुले रामकृष्ण खुसुलाई र प्रशान्त देशेमरुले अनुभव पञ्चलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । संयोजक छुकांले सेमिफाइनल र फाइनल खेल पुस ३० गते हुने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *