क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
लण्डन, ४ माघ (एएफपी) । इङल्यान्डका नर्सहरूले तलबको विषयलाई लिएर बुधबारदेखि दुईदिने हडताल सुरु गरेका छन् ।
नर्सहरूले बढ्दो मूल्यवृद्धिका कारण जीवनयापनको लागतको सङ्कटबाट प्रभावित बेलायती सार्वजनिक क्षेत्रका कामदारहरूको लहरमा सामेल हुँदै हडतालमा उत्रिएका हुन् ।
बुधबार बिहान सार्वजनिक गरिएको मुद्रास्फीतिबारे पछिल्लो वार्षिक तथ्याङ्कले देखाएअनुसार यो मुद्रास्फीति ऐतिहासिकरूपमा उच्च तहमा पुगेको छ । नोभेम्बरमा अघिल्लो महिना १०.७ प्रतिशत रहेको दरहरू डिसेम्बरमा केही कम भएर १०.५ प्रतिशतमा झरेका छन् ।
मुख्य नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारका लागि गम्भीरतापूर्वक वार्ता गर्न नसकेको आरोप लगाएको छ ।
नर्स अन्ना स्विफ्टले मध्य लण्डनमा विरोधमा सहभागी हुनुभन्दा पहिले भन्नुभयो, “हामी भारी मनका साथ हडताल गर्दै छौँ । तर, हामी यसबाट के हासिल गर्न चाहन्छौँ भन्ने विषयमा हामी पूर्णरूपमा स्पष्ट छौँ ।”
उहाँले स्काई न्युजसँग भन्नुभयो, “हामीलाई राम्रो तलब चाहिएको छ, हामीलाई राम्रो अवस्था चाहिएको भनी आवाज उठाउने समय आएको महसुस भइरहेको छ ।”
पछिल्ला हडतालले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई चिसोका कारण हुने रोगका कारण अत्यधिक नर्सहरूको माग भइरहेको समयमा हडताल भएको छ । कोभिड र यससँग सम्बन्धित समस्याका कारण सेवाग्राहीको भीड भइरहेका समय भएको यो हडतालले प्रशासनलाई थप दबाब सिर्जना गरेको छ ।
रोयल कलेज अफ नर्सिङ (आरसीएन) युनियनले आगामी फेब्रुअरी ६ र ७ मा अर्को हडतालको आयोजना हुने बताएको छ ।
यसैबिच, कन्जर्भेटिभ पार्टीको तर्फबाट प्रधानमन्त्री बन्नुभएका ऋषि सुनकले आर्थिक मन्दीको चपेटामा परेको बेलायतले आगामी मार्च ३१ मा समाप्त हुने आर्थिक वर्षका लागि सार्वजनिक क्षेत्रको तलबमानमा पुनः सोच्न नसक्ने बताउनुभएको छ ।
उहाँले आगामी तलब सम्झौतामा थप लचकताको सम्भावना रहने सङ्केत गर्नुभएको छ । सरकारको भनाइले तलवमान पुनरावलोकन निकायहरूको स्वतन्त्र दायरामाथि नै प्रश्न उठेको छ ।
स्वास्थ्य मन्त्री स्टिभ बार्कलेले बुधबार ‘द इन्डिपेन्डेन्ट’ मा प्रकाशित एक लेखमा भन्नुभएको छ, “अपुग तलब वृद्धिको अर्थ बिरामीको हेरचाहमा कटौती गर्नु र मुद्रास्फीतिलाई बढावा दिनु हो जसले हामी सबैलाई गरिब बनाउनेछ ।”
उहाँले थप्नुभयो, “तलब वृद्धिले हामीलाई सबैभन्दा बढी आवश्यक पर्ने सेवालाई माग सम्बोधन गर्नबाट असम्भव बाटोमा लग्नेछ ।”
बार्कलेका अनुसार गत डिसेम्बरमा इङल्यान्ड र वेल्समा नर्सहरूको दुई दिनको हडतालका कारण करिब ३० हजार वैकल्पिक प्रक्रिया र बहिरङ्ग सेवा रद्द गरिएको थियो ।
Leave a Reply