भर्खरै :

नेमकिपालाई कानुनबमोजिम प्रमुख विपक्ष दल तोकिदिनुपर्नेमा जोड

नेमकिपालाई कानुनबमोजिम प्रमुख विपक्ष दल तोकिदिनुपर्नेमा जोड

काठमाडौँ, ४ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको सभामुखको जिम्मेवारीमा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा र सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलगायत सचिवालयका अधिकारीहरूसँग संसद् भवन बानेश्वरमा भेट गरी माघ ५ गतेको प्रतिनिधिसभाको बैठक अगाडि नै नेमकिपालाई कानुनबमोजिम प्रतिनिधिसभाको प्रमुख विपक्ष दल तोकिदिन ताकेता गर्नुभयो ।
सांसद सुवालले माघ २ गते सङ्घीय संसद् सचिवालयको नाउँमा इमलेमार्फत कानुनी बन्दोबस्तअनुसार नेमकिपालाई प्रमुख प्रतिपक्ष तोकिदिन लिखित अनुरोध गर्नुभएको थियो ।
सांसद सुवालले संसद्ले बनाएको कानुन संसद्भित्रै कार्यान्वयन नभए त्यसमा अराजकता फैलिने भएकोले कानुनको पालना गर्नेतर्फ सचिवालयको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले बलमिचाइ कसैले गर्न नहुने र प्रमलाई विश्वासको मत दिने नेका प्रमुख प्रतिपक्षी दल हुननसक्नेतर्फ जोड दिनुभयो ।
ज्येष्ठ सदस्य राणाले सचिवालयका महासचिवको सल्लाहअनुसार निर्णय गर्ने बताउनुभयो ।
महासचिव गौतमले सल्लाह गरेर निर्णय दिने उल्लेख गर्नुभयो ।
सांसद सुवालले कानुनअनुसार नेमकिपा प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल हुनुपर्ने, आलटाल गर्न नहुने रसचिवालयले लिखितरूपमै नेमकिपालाई जवाफ दिनुपर्नेमा जोड दिनुभयो ।
यसैबिच काठमाडौँ क्षेत्र नं. ६ र ९ का जनतालाई धन्यवाद दिने क्रममा सांसद सुवालले एमसीसी सम्झौता, एसपीपी साझेदारी र नागरिकता विधेयकको विरोध नगर्ने राजनीतिक दल, सरकार, मन्त्री र सांसदहरू देशभक्त नहुने स्पष्ट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *