भर्खरै :

अध्यक्ष रोहितको निवासमा राष्ट्रपति भण्डारी

अध्यक्ष रोहितको निवासमा राष्ट्रपति भण्डारी

भक्तपुर, ७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को निवास पुग्नुभई समसामयिक विषयमा छलफल गर्नुभयो ।
राष्ट्रपति भण्डारीले कामरेड शोभा प्रधानको दुःखद निधनबाट आफू मर्माहत भएको बताउँदै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “धेरै अगाडि नै भेट्ने इच्छा हुँदाहुँदै सम्भव भएन । मलाई आज माइती आएको अनुभव भयो ।”
अध्यक्ष कामरेड रोहित र राष्ट्रपति भण्डारीबिच शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा संरक्षणबारे छलफल भयो । अध्यक्ष रोहितले ऐतिहासिक धरोहर तथा सम्पदाहरूको संरक्षणमा सरकारले पनि अगुवाइ गर्नुपर्ने विचार राख्नुभयो । उहाँले विदेशीको भर नपरी मौलिक सम्पदा संरक्षणमा जोड दिनुभयो ।
अध्यक्ष रोहितले रासायनिक मल कारखाना स्थापनामा सरकारको बरोबर ध्यानाकर्षण गरेको स्मरण गर्नुभयो । औषधि उत्पादन स्वदेशमै गर्ने र औषधिको अभावमा कुनै नागरिकले ज्यान गुमाउने स्थितिमा तत्काल परिवर्तन गर्न आवश्यक रहेको अध्यक्ष रोहितले उल्लेख गर्नुभयो । उहाँले औषधि उत्पादन विभाग संवेदनशील नहुँदा ठूलो क्षति पुगिरहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले शिक्षा तथा स्वास्थ्यमा जोड दिएर भक्तपुरमा काम भइरहेकोमा खुसी व्यक्त गर्दै संस्कृति र सम्पदा संरक्षणमा भइरहेको प्रयास सराहनीय भएको विचार राख्नुभयो । अपराह्न ४ः१० मा रोहित निवास पुग्नुभएका राष्ट्रपति भण्डारीले अपराह्न ४ः५० सम्म छलफल गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *