फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, ७ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घको भक्तपुर आठौँ जिल्ला सम्मेनल तयारी समितिको आयोजनामा नेमकिपाको स्थापना दिवसको अवसरमा शनिबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अग्रज किसानहरूले विगतमा गरेको किसान आन्दोलनले देशभरि नै किसानहरूले अधिकार पाउन सकेको धारणा राख्दै किसानहरूको आर्थिक सुधारले भक्तपुरमा शैक्षिक परिवर्तन आएको बताउनुभयो ।
अग्रज कार्यकर्ताहरूको योगदानबारे नयाँ पुस्तालाई सचेत गराउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देश र जनताको सेवामा आफूलाई समर्पण गर्नु नै पार्टीप्रति बफादारी रहने बताउनुभयो ।
माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त हो । नेमकिपाले स्थापनाकालदेखि नै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्दै देशमा समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले काम गरिरहेको छ, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
अग्रज किसान कार्यकर्ताहरू स्वास्थ्यप्रति सचेत र सजग हुनुपर्नेमा जोड दिँदै उहाँले अग्रज किसान कार्यकर्ताहरू नयाँ पुस्ताका अभिभावक भएको बताउनुभयो ।
पार्टी कार्यकर्ताबिच सङ्गठनको अनुशासनमा रही आलोचना र आत्मालोचना हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देश गर्ने काम नेमकिपाले गरिरहेको स्पष्ट पार्दै उहाँले अन्य शासक पार्टीहरू सत्ता राजनीतिमा मात्र केन्द्रित रहँदा कामदार जनताले आजको स्थिति भोग्न विवश भएको उल्लेख गर्नुभयो ।
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशसभाका सदस्य गीता काफ्लेले पार्टीको सिद्धान्त र निर्वाचन घोषणापत्रअनुसार जनभावनाको कदर गर्दै बाग्मती प्रदेशमा आफूले इमानदारीपूर्वक भूमिका निभाउने बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले बारामा हुने नेक्राकिसङ्घको राष्ट्रिय सम्मेलनबारे जानकारी गराउनुभयो ।
उहाँले जमिन जोत्नेको व्यवस्था नगरेसम्म, वैज्ञानिक भूमिसुधार लागू नभएसम्म किसान समस्या समाधान नहुने धारणा राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालले नेमकिपाको स्थापनाको जग नेक्राकिसङ्घ रहेको बताउनुभयो ।
कार्यक्रममा केशवप्रसाद तिमिल्सिना, सूर्यबहादुर फोजूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply