फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
सुर्खेत, ७ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवस (माघ १०) को अवसरमा कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगरमा शनिबार समसामयिक विषयमा विद्यार्थीहरूमाझ समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपा स्थापनाका आधारहरूमाथि प्रस्ट पार्दै माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई अझ माथि उठाउन २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको विधिवतरूपमा स्थापना भएको बताउनुभयो ।
कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार व्यापक जनतामाझ पु¥याउने काम नेमकिपाले अविचलित ढङ्गले गर्दै आइरहेको बताउँदै उहाँले देशमा समाजवादी व्यवस्था स्थापना गर्ने स्पष्ट विचारका साथ पार्टी अगाडि बढिरहेको धारणा राख्नुभयो ।
भारतीय विस्तारवादबाट नवलपरासीको सुस्तामा भएको भूमि अतिक्रमणविरूद्ध सबभन्दा पहिले विरोध गर्ने दल नेमकिपा भएको चर्चा गर्दै केन्द्रीय सदस्य प्रजापतिले अवसरवादी माओवादीहरू आज ट्रोजन हर्स सावित भएको बताउनुभयो ।
उहाँले क्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि विश्वविद्यालय तहसम्मका कलेजहरू सञ्चालन गरी देशभरिका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरिरहेको बताउनुभयो ।
शिक्षा सेवाको विषय हुनुपर्नेमा छोटो समयमा धेरै धन आर्जन गर्ने व्यापारमा रूपान्तरित भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले पुँजीवादी शिक्षा व्यवस्थाले गरिब जनता शिक्षाबाट वञ्चित हुँदै गएको बताउनुभयो ।
संविधानले आधारभूत शिक्षा निःशुल्क भनी व्यवस्था गरेको भए पनि नेपालमा त्यसको व्यावहारिक कार्यान्वयन हुन सकिरहेको छैन, उहाँले भन्नुभयो ।
युवाहरू सचेत र सङ्गठित हुन राजनैतिक विचारमा आबद्ध हुनुपर्छ भन्दै उहाँले युवाहरूको सक्रियता र क्रियाशीलताले देशलाई सही दिशातर्फ दोहो¥याउन मद्दत पु¥याउँछ भन्नुभयो ।
नेक्राविसङ्घमा आबद्ध विद्यार्थीलाई अन्यायको विरोध गर्न, प्रगतिशील विचारबाट प्रेरित हुन, विशेषज्ञता हासिल गर्न र गलत कामको विरोध गर्न मार्गनिर्देश गर्दै प्रमुख प्रजापतिले विद्यार्थी अध्ययन सँगसँगै सामाजिक सेवामा पनि आबद्ध भई राजनीतिक कार्यकर्ताको रूपमा रूपान्तरित हुन प्रेरित गर्नुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेत जिल्ला समितिका अध्यक्ष हरिबहादुर बोहराले पार्टी स्थापनाको ४९ वर्षमा प्रवेश गर्दा पार्टीले देशको लागि गरेको योगदानको चर्चा गर्नु आवश्यक रहेको बताउँदै नेमकिपामा आबद्ध विद्यार्थी तथा कार्यकर्ताले पार्टीको सिद्धान्त र विचारमा प्रतिबद्ध भई अगाडि बढ्न प्रेरित गर्नुभयो ।
समाजवादी व्यवस्थाले देश र समाजको भलाइ गर्ने बताउँदै उहाँले युवा र विद्यार्थीहरूले पुँजीवाद र समाजवादको भिन्नता बुझी जनताको सेवामा लाग्न आह्वान गर्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य ऐनबहादुर शाहीले भेरी र कर्णालीजस्ता विकट भूभागमा नेमकिपाले पहिलोपल्ट कम्युनिस्ट आन्दोलनको बीउ रोपेको स्मरण गर्दै नेमकिपा देशको एक मात्र सच्चा कम्युनिस्ट पार्टी हो ।
समाजवादउन्मुख सिद्धान्तलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा लिई अगाडि बढिरहेको नेमकिपाले भेरी कर्णालीमा कम्युनिस्ट आन्दोलनलाई जनताको घर आँगनसम्म पु¥याउने काममा नेमकिपाले महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले नेक्राविसङ्घ स्थापनाका उद्देश्यहरूमाथि प्रस्ट पार्दै नेमकिपाले भारतीय एकाधिकार पुँजीका कुकृत्य एवं हेपाहा प्रवृत्तिको निरन्तर विरोध गर्नुका साथै देशको सार्वभौमिकता रक्षाको विषयमा पार्टी अग्रस्थानमा रहेको बताउनुभयो ।
नेक्राविसङ्घले अहिलेको पुँजीवादी शिक्षा व्यवस्था अन्त्यको माग गर्दै उहाँले समाजवादी शिक्षा व्यवस्था ल्याउनको निम्ति सङ्घर्षरत रहेको बताउँदै जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न जरूरी रहेको बताउनुभयो ।
विदेशीको इसारामा नेपालको शिक्षा व्यवस्था खत्तम गर्ने चलखेल हुँदै गरेको उदाहरण दिँदै अध्यक्ष गुरूङले शासक दलले शिक्षालाई व्यापार गर्ने थलोको रूपमा विकास गरिरहेकोेमा आपत्ति जनाउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नेमकिपा स्थापनाकालदेखि नेपाल र नेपाली जनताको सेवामा समर्पित भएर लागेको पार्टी भएको बताउँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य तथा विकास निर्माणमा गरेका विविध गतिविधिबारे जानकारी गराउनुभयो ।
उहाँले दुर्गम तथा विकट जिल्लाहरूमा नेमकिपाले जनतासमक्ष राजनीतिक चेतना फैलाउन सङ्घर्ष जारी राखेको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेक्राविसङ्घ सुर्खेत जिल्ला सम्मेलन तयारी समितिका संयोजक राजन विक, सदस्य उत्तम थापामगर र रवीन्द्र भण्डारीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा उपस्थित विद्यार्थी तथा कार्यकर्ताले समय सान्दर्भिक मुक्तक र गजल प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply