फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
भक्तपुर, ६ माघ । “राजनैतिक परिवर्तन नभइकन सामाजिक परिवर्तन आउँदैन । हरेक परिवर्तनमा राजनैतिक पार्टीहरू नै परिवर्तनका बाहक हुन् ।” उक्त भनाइ नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईँको हो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ देवी माध्यमिक विद्यालय एकाइ समितिको आयोजनामा भएको शिक्षक भेलामा प्रमुख अतिथि गोसाईले शिक्षकहरूले पनि उत्पादनलाई श्रमसँग जोड्न चिन्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नयाँ पुस्तामा आइरहेको उदासीनता हताउन शिक्षकले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक राजाराम छुकांले राजनीति सही भयो भनेमात्र सबै क्षेत्रको विकास हुने भएकोले आमूल परिवर्तनको लागि सही राजनीतिको खाँचो भएको प्रस्ट्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णहरि फैजुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शिक्षकहरू राजेन्द्रकुमार साखकर्मी र चन्द्रबहादुर थुयाजुले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा बासुमा शिक्षक भेला भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नैतिकता नभए राजनीति अपराधजस्तै हुने बताउनुभयो ।
देशका ठूला दलका नेताहरूमा पदको लोभ भएको र त्यही लोभको कारण नैतिकता गुमाउँदै गएको उहाँले उल्लेख गर्नुभयो ।
नेमकिपाले स्थापनाकालदेखि देश र जनताको पक्षमा गरेका योगदानले गर्दा राजनीतिक इज्जत कमाएको बताउँदै उहाँले देशभक्त पार्टी नेमकिपालाई अझ बलियो बनाउन शिक्षकहरूले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्राध्यापक समाजका सदस्य अमर दलीले समाजमा वर्ग रहेसम्म माक्र्सवाद कहिल्यै पुरानो नहुने धारणा राख्नुभयो ।
नेक्राशिसङ्घका अम्बिका न्याइच्याईको सभापतित्वमा भएको उक्त भेलामा शिक्षकहरू विष्णुप्रसाद दुमरू र सुनिता घटुवाले पनि बोल्नुभएको थियो ।
यसैबबिच गणेश माविमा पनि शुक्रबार शिक्षक भेला सम्पन्न भयो ।
भेलामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा सम्पन्न उक्त भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले राजनैतिक दल सिद्धान्त र दर्शनको आधारमा चल्ने बताउँदै नेपालको पछिल्लो राजनैतिक घटनाक्रमले ठूला राजनैतिक दलहरूमा कुनै किसिमको सिद्धान्त, दर्शन र नैतिकता नरहेको उल्लेख गर्नुभयो ।
उहाँले प्रजातन्त्रको अर्थ सिद्धान्तहीन एकता र गठबन्धन, सत्ता भागबन्डा, पक्षपात होइन भन्दै नेमकिपाले कहिल्यै सिद्धान्तमा सम्झौता नगरेको प्रकाश पार्नुभयो ।
उहाँले नेमकिपाले स्थापनाकालदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको चर्चा गर्दै किसान सङ्घर्षको चरण, सरसफाइको अभियान, देशको सार्वभौमिकता रक्षाको सन्दर्भमा आन्दोलन हुँदै स्थानीय निकायमार्फत शैक्षिक जागरणको आन्दोलन तथा स्वास्थ्य सेवामा प्राथमिकता दिएर जनताको सेवा गरिरहेको बताउनुभयो ।
प्राध्यापक समाजका उपाध्यक्ष प्रकाश श्रेष्ठले पटकपटक राजनैतिक व्यवस्था परिवर्तन भए तापनि जनताको मूलभूत विषयवस्तुमा कुनै किसिमको परिवर्तन नभएको चर्चा गर्दै नेमकिपाले देखाएको समाजवादी व्यवस्थाबाट मात्रै आमूल परिवर्तन सम्भव हुने विचार राख्नुभयो ।
चुनावी एजेन्डा र भाषणहरूमा ठूल्ठूला आश्वासनहरू दिएर ठूला राजनैतिक दलहरूले जनताको चेतनास्तरमाथि खेलबाड गरेको चर्चा गर्दै उहाँले राजनैतिक भ्रमलाई चिर्नको लागि शिक्षित र सचेतवर्ग लाग्नुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुरका अध्यक्ष जगनाथ सुजखूले नेमकिपाको स्थापनाका आधारहरूमध्ये भारतीय एकाधिकार पुँजी र विस्तारवादप्रति हेर्ने दृष्टिकोण पनि रहेको चर्चा गर्दै भारतीय विस्तारवादले नेपाललाई चरणबद्धरूपले अधीनमा राख्न खोजेको बताउनुभयो ।
कार्यक्रम नेक्राशिसङ्घ भनसका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा सम्पन्न भयो ।
Leave a Reply